
काठमाडौं- बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको बताएको छ ।

इन्टर सर्भिसेज पब्लिक रिलेसन्स आईएसपीआर ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टर सहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार केही ब्यापारीहरुले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानतर्फ गएको देखिए पनि केहीले आफ्ना सामान जोगाउन नसकेको समाचारमा उल्लेख छ । बंगबजार बिभिन्न खालका कपडा पाइने बजारको रुपमा परिचित छ । त्यहाँ आगो लाग्नुको कारण खुलेको छैन । आगो तीव्ररुपमा फैलिएकाले मानिसको हताहती भए नभएको पनि एकीन छैन ।
आगो निभाउनका लागि बजार क्षेत्र वरपरका सडकमा यातायात सेवा बन्द गरिएको छ । बंगबजार हुँदै हाईकोर्ट चोकबाट गुलिस्तानतर्फ जाने सडक बन्द गरिएको छ । साथै गुलिस्तान देखि उत्तर दक्षिणको सडक पनि बन्द रहेको छ । ढाका मेडिकल कलेज अस्पताल नजिकको फ्लाइ ओभरमा पनि यातायातका साधन सन्चालनमा रोक लगाइएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर