
बैतडी- बैतडीमा जिप दुर्घटना भएकाे छ ।उक्त जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

देहीमाण्डौं गिरेगडा सडकखण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा सोमबार से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा पञ्चेश्वर ५ कै ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रेमबहादुर शाहीले भट्टको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार चालक सहित जिपमा सवार अन्य १२ जना घाइते भएका छन् ।
उनीहरु मध्ये पञ्चेश्वरकै कुन्ति भट्ट गम्भीर घाइते छन् भने अन्यको अवस्था खतरामुक्त रहेको छ । जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर