
काठमाडौँ – तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ति जारी गर्दै मनोनयन सूची सार्वजनिक गरेको हो । अवार्डका लागि आवदेन दिएका गीत संगीतबाट उत्कृष्ट पाँच सूची तयार गरिएको हो । ‘भाषा, साहित्य कला र संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा ३२ विधा समेटिएको छ ।

आगामी वैशाख ९ गते शनिवार भव्य समारोहबीच आयोजना हुने अवार्ड समारोहमा उत्कृष्ट पाँच मध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने अवार्ड संयोजक गीता अधिकारीले बताइन् । अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याउने एकजना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनुका साथै गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संगीतकर्मीलाई विशेष सम्मान गरिनेछ । अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी दिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर