
मिन बहादुर खड्का बाजुरा – जिल्लाको बडिमालिका नगरपालिका वडा न . ६ कोर्धमा रहेको सहरी स्वास्थ्य चौकीमा चिकित्सक नहुँदा बिरामीहरु अस्पताल सम्म पुगेर उपचार नपाई घर फर्किने गरेको पाइएको छ । उपचारका लागी स्वास्थ्य चौकी सम्म पुगेका बिरामीहरु चिकित्सक नभेटेपछि उपचारबाट बन्चित भैई घर फर्किने गरेका हुन् । सहरी स्वास्थ्य चौकीमा रहेका चिकित्सकहरु कोही बिदामा र कोही तालिममा गएपछि कार्यालय सहयोगीले उपचार गरिरहेको एक श्रोतले बताएको छ ।

चिकित्सक लामो समय घर बिदामा बसेको हुँदा हाल सम्म नफर्किएकाले उपचारका लागी स्वास्थ्य पुगेका बिरामीहरु घर फर्किने गरेको त्यहाँका स्थानीयले बताएका छन् । वडा न . ६ को वडा कार्यालयका अनुसार सहरी स्वास्थ्य चौकीमा कार्यरत इन्चार्ज सुरेन्द्र ल्वार परिक्षा दिन गएका र अनमी हिमा शाही बडुवाल तालिममा गएपछि केही दिन स्वास्थ्य चौकीमा चिकित्सक उपस्तिथ हुन नसकेको जनाएको छ । एक जना स्वास्थ्य कर्मी भने आज उपस्थित भैईसकेको र स्वास्थ्य चौकी इन्चार्ज भने अवको केही दिनमा आउने वडा सदस्य परे बडुवालले बताएका छन् ।
स्वास्थ्य इन्चार्ज सुरेन्द्र ल्वार कार्यालयमा उपस्थित नभएको करिव एक महिना बित्नै लागेको र अनमी हिमा शाही बडुवाल तालिममा गएपछि कार्यालय उपस्थित नभएको एक साता बितिसकेको एक श्रोतले जनाएको छ । यता वडा सदस्य परे बडुवालले भने १५/१६ दिन मात्र भएको दावी गरेका छन् ।एक जना स्वास्थ्य चौकी इन्चार्ज सुरेन्द्र चदारा, अनमी हिमा बडुवाल र एक जना कार्यालय सहयोगी खडक बडुवाल गरि तीन जना कर्मचारी रहेको उक्त सहरी स्वास्थ्य चौकी कोर्धमा अहिले एक जना कार्यालय सहयोगगी मात्र रहेका छन् । स्वस्थ्य चौकीमा चिकित्सक नहुदा कार्यालय सहयोगीले उपचार गरिरहेको तस्वीर बाहिरिएको छ ।
कार्यालय सहयोगीले उपचार गर्दै गरेको यो एक तस्वीर

कार्यालय सहयोगी खडक बडुवाल भन्छन् , अस्पताल सम्म पुगेका घाउ चोट लागेका बालबालिकालाई सामान्य आफुले बुझेको औसधि दिने गरेको छु । अन्य भने बिरामीहरु भने बाहिर जाने गरेका छन् ।
उपचारका लागि स्वास्थ्य सस्था सम्म पुगेका बिरामीहरु चिकित्सक नहुँदा बिरामीहरु उपचारका लागी टाढाको स्वास्थ्य सस्था सम्म धाउनुपरेको एक स्थानीय तहले बताएका छन् । स्वास्थ्य चौकी नै खाली गरी बिरामीहरुलाई उपचारबाट बन्चित गराई स्वास्थ चौकी इन्चार्ज परिक्षा दिन गएका र अन्य चिकित्सकहरु तालिममा गएको स्थानीयको आरोप रहेको छ ।
जनताको स्वास्थ्य माथी खेलवाड गरि चिकित्सकहरु पनि स्वार्थ पुर्तीमा लागेको आक्रोश स्थानीयको छ । स्वास्थ्य चौकिमा चिकित्सक उपस्थित नभएको करिव एक साता बितिसक्दा पनि सम्बन्धित सरोकारवाला निकाय नै मौन बसेको एक श्रोतले बताएको छ । जनताको स्वास्थ्य क्षेत्रमाथी नै खेलवाड गरेको श्रोतको दावी छ ।
उपचारका लागी स्वास्थ्य चौकीमा दैनिक १० जना भन्दा बढी उपचारका लागि पुग्ने भएपनी सामान्य घाउ चोट लागेकाहरुलाई कार्यालय सहयोगीले उपचार गरेपनि अन्य बिरामीहरु भने करिब डेढ घण्टा बढीको बाटो हिडेर जडाङ्गा र अन्य स्वास्थ्य सस्था जानुपर्ने बाध्यता रहेको पुर्व वडा सदस्य जङ्ग साउदले बताएका छन् । वडा कार्यालयको भवन संगै जोडिएको सहरी स्वास्थ्य चौकीमा चिकित्सक नहुँदा बिरामी घर फर्किने गरेको भएपनि वडाका जनप्रतिनिधि समेत बेखबर बनेको स्थानीयले आरोप लगाएका छन् । यता वडा अध्यक्ष कृष्ण बहादुर खड्का भने वडा सदस्य प्रेम बडुवालाई कार्यबाहक सुम्पिएर बिदामा गएको बताइएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर