
काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरी शक्तिशाली कम्युनिष्ट केन्द्र बन्ने बताउनुभएको छ।आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताउनु भएको हो।
प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने खुलासा गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले माओवादी धाराका कम्युनिष्ट घटकबीच समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहेको र त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने बताउनुभयो।
एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा रहेपनि त्यस पार्टीभित्रका अधिकांश नेता कार्यकर्ताहरु पार्टी एकताकै पक्षमा रहेको उहाँको दावी छ। एमालेभित्र ठूलो पंक्ति वामपन्थीहरूको एकताकै पक्षमा रहेको दोहोराँउदै उहाँले हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ रहेको जिकिर गर्नुभयो।
प्रधानमन्त्री ‘प्रचण्ड’ले त्यो प्रवृत्तिलाई पराजित गर्दै फेरि एकताका निम्ति बहस गर्ने बेला आएको बताउनुभयो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर