
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको निवेदक कल्याण बुढाथोकीले जानकारी दिनुभयो।

आज सुनुवाइ नहुने र भोलि पेसीको जानकारी पाएको उहाँले बताउनुभयो। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले हेर्न नभ्याउने भएको हो।
प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गर्नुभएको थियो।
सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध रिट दायर गरिएको हो। सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो।
प्रशासनविरुद्ध दायर भएको दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ताको आदेश भएको थियो। गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दर्ता गर्न आदेश गरेको थियो। लगत्तै मंगलबार निवेदकहरूले रिट दायर गर्नुभएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर