
मिन बहादुर खड्का बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाले १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्ने खेलाडीहरुलाई एक औपचारिक कार्यक्रमका बिच बधाई ज्ञापन गरेको छ । एक औपचारिक कार्यक्रमका बिच बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काको प्रमुख आथित्यतामा बधाई ज्ञापन गरिएको हो ।

जिल्ला स्तरको राष्टपती रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका खेलाडीले प्रथम स्थान हासिल गरेपछि उक्त अवसरमा खुसियालीका साथ बधाई ज्ञापन गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । सदरमुकाम मार्तडी भित्रका बिभिन्न बिद्यालय का विद्यार्थीहरुको सहभागिता बिजयी जुलुस सहित मार्तडी बजार परिक्रमा गरी खुलामञ्चमा औपचारिक कार्यक्रम गरिएको बताइएको छ । १३ औं राष्ट्रपति रनिङ शिल्ड खप्तड छेडेदह गाउपालिकाको दशरथ मावीको खेलमैदानमा फागुन १२ गते देखि संचालन भएको शिल्ड सोमवार सम्पन्न भएको हो ।

उक्त रनिङ शिल्डमा बडिमालिका नगरपालिका २३ स्वर्ण,७ रजत ५ कास्य सहित पहिलो स्थान हासिल गर्न सफल भएको छ । प्रथम स्थानहासिल गर्नेलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै ८ स्वर्ण सहित त्रीवेणीले नगरपालिका दोर्सो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिती बाजुराले जनाएको छ । जिल्लाका ९ वटा पालिका मध्य ८ वटा पालिका मात्र राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका थिए ।
एक औपचारिक कायक्रमका बिच बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काको अध्यक्षतामा सुरु भएको बधाई कार्यक्रमा बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, जिल्ला खेलकुद बिकास समितिका पदाधिकारी, सदरमुकाम मार्तडी भित्रका बिभिन्न बिद्यालयमा प्रधानाध्यापक, शिक्षक बिद्यार्थी लगायतको उपस्थित रहेको थियो ।कार्यक्रममा उपस्थित प्रायले आफ्ना भनाइहरु राख्दै खेलाडीलाई बधाई दिएका छन् । खेलकुदमा बडिमालिका नगरपालिका अन्य स्थानीय तहको हकमा अगाडि छ भन्ने कुरा प्रमाणित भएको दावी गर्दै खुसी समेत व्यक्त गरेका हुन् । खेल क्षेत्रको बिकासका लागि स्थानिय तहहरु थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने सुझाव समेत वक्ताहरूको थियो ।
सदरमुकाममै उपयुक्त खेलमैदानको अभाव खेल क्षेत्रको बिकास गर्ने जनप्रतिनिधिको प्रतिबद्धता
कार्यक्रममा बोल्दै बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले खेलमा सहभागी खेलाडीलाई बधाई दिनुका साथै थप सफलताको शुभकामना व्यक्त गरेकी थिइन् । बडिमालिका को नाम उच्च राखेकोमा गर्व महसुस भैरहेको बताउदै नगरपालिकाको तर्फबाट खेल क्षेत्रको बिकासका लागि विशेष कार्यक्रम आगामी आर्थिक बर्षमा ल्याउने तयारी रहेको बताइन् ।यतिमात्र होइन उपप्रमुख थापाले खेल क्षेत्रको बिकास मात्र नभई नगर भित्रका बिद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न आवस्यक रहेको कुरामा जोड दिएकी छन् । नगरपालिका भित्रका विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागी स्थानीय तहले के कस्ता नीति तथा कार्यक्रम ल्याउन आवस्यक छ भन्ने बिषयमा आवस्यक सुझाव सल्लाह र सहकार्य अपरिहार्य रहेको बताएकी हुन् बिद्यालयमा शैक्षिक गुणस्तर सुधारका निमित्त शिक्षक अभिभावक बिद्यालय व्यवस्थापन समिति र स्थानीय साझा सहमति र सहकार्यका माध्यमबाट अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।
यस्तै सोही कार्यक्रम बोल्दै बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले सिङ्गो नगरपालिकाको गरिमा बचाउने उदेश्यले उत्कृष्ट खेल प्रर्दशन गरि जिल्ला स्तरको उपाधी जितेको भन्दै खेलाडीलाई बधाई दिएका छन् । साथै आगामी दिनमा पनि खेल क्षेत्रमा प्रगति हुँदै जाओस् भन्ने कामना समेत व्यक्त गरे । खेल क्षेत्रको बिकासका लागि स्थानीय तहहरुले नितिगत रुपमा अगाडि बढ्न सकेमा मात्र खेल क्षेत्रको बिकासमा टेवा पुग्ने नगर प्रमुख खड्काको भनाई थियो । नगरभित्रका खेलाडीको खेल क्षेत्रमा क्षमता बिकास गर्न र नगरपालिकालाई खेल क्षेत्रमा अन्य स्थानीय तह भन्दा अगाडि बढाउन नगरपालिकाको तर्फबाट गर्नुपर्ने प्रयास र सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
नगरपालिकाका जनप्रतिनिधिले खेल क्षेत्रको बिकासका लागि नगरपालिकाको तर्फबाट आफुहरु लागिरहेको बताएपनि नगरपालिका भित्र उचित खेल मैदानको व्यवस्था नभएको खेलाडीहरुको गुनासो छ ।
यसरी हरेक खेलकुद अन्तरगतका कार्यक्रममा जनप्रतिनिधिले खेल क्षेत्रको बिकास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आएका भएपनि बिद्यालयमा खेल मैदान बाहेक अन्य ठाउँमा छुट्टै खेल खेल्नका लागि उपयुक्त खेल मैदान सदरमुकाममा समेत छैन । खेल खेल्नका लागि विद्यालयकै खेल मैदान धाउनुपर्ने बाध्यता छ । बिगतमा हुँदै आएका खेलकुद प्रतियोगिताहरु पनि बिद्यालयमा आयोजना हुँदै आएका थिए । उसो त बिगतका बर्षहरुमा सधै प्रायजसो जिल्ला सदरमुकाम मार्तडी मै आयोजना हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो बर्ष खेलमैदान नभएको भन्दै खप्तड छेडे दह गाउँपालिकाको वडा न । ७ मा रहेको दशरथ माविमा आयोजना भएको थियो ।
स्थानिय तहले एक उपयुक्त खेल मैदान समेत बनाउन नसकेको खेल प्रेमिहरुले अर्थात सर्वसाधारणले बताउदै आएका छन् । वडा न । ८ मा ठेक्का प्रक्रिया पूरा भैसकेको खेलमैदान समेत अलपत्र अवस्थामा रहेको सर्वसाधारणको गुनासो छ । यो गुनासो बडिमालिका नगरपालिकाका खेलाडीहरुको मात्र नभई अन्य स्थानिय तहको पनि हो । अन्य स्थानिय तहमा समेत खेल खेल्नका लागी उपयुक्त खेल मैदानहरू छैनन् । जिल्लाका तीन वटै तहको नेतृत्व गर्ने जनप्रतिनिधिहरुले रोष्टममा उभिएर खेल क्षेत्रको बिकासका लागि उठाएका सवालहरु र जनाएका प्रतिबद्धताहरूले पूर्णता पाएको देखिदैन । उपयुक्त खेलमैदानको अभाव, खेलाडीहरु अभ्यासको कमीका कारण क्षेत्रीय तथा राष्ट्रिय स्तरमा बाजुराका खेलाडीले अन्य जिल्लाका खेलाडी संग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको एथलेटिक्स की राष्ट्रिय खेलाडी मालिका नमुना माविकी खेलाडी पुजा थापाले बताएकी छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर