
मिन बहादुर खड्का बाजुरा – नसर्ने रोग सम्बन्धि निशुल्क शिविर जगन्नाथ गाउँपालिकाको जुड्डिमा सुरु भएको छ । स्वास्थ कार्यालय बाजुराको आयोजनामा एक दिने निशुल्क शिविर सुरु भएको हो । नसर्ने रोग सम्बन्धि निशुल्क शिविर जिल्लाको जगन्नाथ गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका र गौमुल गाउँपालिकामा संचालन हुनेछ । यस्तै यहीँ फाल्गुन १५ गते खप्तड छेडेदह गाउँपालिकामा र १६ गते गौमुल गाउँपालिकामा शिविर संचालन हुने स्वास्थ कार्यालय बाजुराले जनाएको छ ।


सोही अनुसार आज जगन्नाथ गाउँपालिकाको जुड्डिमा सुरु गरिएको हो । बिहान ९ बजेबाट सुरु भएको शिविरमा जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख एमडिजिपी डाक्टर प्रेरित देवकोटा र स्त्री रोग विशेषज्ञ सुनिल शाहले विभिन्न नसर्ने रोग सम्बन्धि उपचार र परामर्श गरिरहनु भएको छ । गाउँपालिकाको ६ वटै वडाबाट विभिन्न नसर्ने रोगका संक्रमक बिरामीहरु गाउँपालिकाको कार्यालय सम्म उपचारका लागि पुगेका छन् । यतिबेला सेवा ग्राहीको भिड लागेको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर