• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

आफु माथी झुटा आरोप लगाई समाचार सम्प्रेषण गरिएको अध्यक्ष कार्कीको भनाई

खप्तड मालिका न्युज February 23, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – जिल्ला अस्पता बाजुराका व्यवस्थापनसमितका अध्२यष मान बहादुर कार्कीले आफु माथी झुटा आरोप लगाई समाचार सम्प्रेषण गरिएको बताएका छन् । बिहिवारजिल्ला अस्पताल बाजुरामा एक पत्रकार सम्मृलनको आयोजना गरि अध्यक्ष कार्कीले बस्तो बताएका हुन् । । जिल्लामा एमडिजीपी डाक्टर आउने तयारी भएदेखि हालसम्म जिल्ला अस्पताल व्यवस्थापन समिति माथी लगाइएका आरोपहरु बारे प्रष्ट पार्न पत्रकार सम्मेलनको आयोजना गरेको  उनले बताए ।

एमडिजिपी डाक्टप्रेरित देवकोटाको बिषयलाई लिएर जिल्ला अस्पताल बाजुरा व्यवस्थापन समितिका अध्यक्ष लगायतको सिङ्गो टिममाथी विभिन्न आरोपहरु लगाइएको थियो । केही दिन यता विभिन्न अनलाइन मिडियामा सम्प्रेषण भएक समाचार प्रश्चात व्यवस्थापन समितिका अध्यक्षको चर्को आलोचना समेत सर्वसाधारणले गरेक थिए । यस अघि विभिन्न मिडियामा सम्प्रेषण भएका समाचारहरु आफू माथी मिथ्या आरोप लगाउन खोजेको व्यवस्थापन समिति बाजुराका अध्यक्ष मान बहादुर कार्कीले जिकिर गरेका छन् । आवस्यक बजेट माग गर्न मन्त्रालय पुगेको बताउदै उनले एमडिजीपी डाक्टर सरुवा गर्न त्यहाँ पुगेको भनी सम्प्रेषण भएको समाचार झुटो रहेको दावी गरेका छन् ।

सुरुवाती देखि नै जिल्लामा एमडिजिपी डाक्टर ल्याउन आफुले नै पहल गरेको दावी गर्दै उनले एमडिजीपी डाक्टरको बिषयलाई लिएर आफुमाथी लगाइएका विभिन्न आरोपहरु प्रती आफ्नो आपत्ति रहेको बताए । यतिमात्र होईन उनले समाचार सम्प्रेषण गर्दा सत्य तथ्य कुरा के हो बुझेर मात्र सम्प्रेषण गर्न आग्रह गरे। सत्य तथ्य के हओ भन्ने कुरा नबुझी भ्रामात्मक समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् । सर्वसाधारणमा गलत सूचना प्रवाह हुने गरि सम्प्रेषण भैरहेका समाचारहरुले आफ्नो नैतिकता माथी सर्वसाधारणले प्रश्न उठाउनु स्वभाविक भएको बताएका छन् ।

व्यवस्थापन समितिका अध्यक्ष सहितको टोली मन्त्रालय पुगेर सरुवा गरिदिन अनुरोध गरेको भनेर मन्त्रालयका सचीवले दिएको सूचनामा जिल्ला फरक हुन गएको उनले बताए । मन्त्रालय पुगेको उक्त टोली दार्चुलाको रहेको उनले दावी गरे । दिइएको जिल्ला अस्पताल बाजुराको हित समग्रमा उपचारकै अभावमा जिल्ला वासिले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले सुरु देखि आफू लागिपरेको जानकारी गराएका छन् ।जिल्ला अस्पताल बाजुरा बाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सवैले साथ सहयोग गर्न र आवस्यक सुझाव सल्लाह दिनुपर्नेमा जोड दिएका छन् । आपसी सहकार्य सहमतिका माध्यमबाट मात्रै जिल्ला वासिलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न सकिने उनले बताए ।

म बिरामीको उपचारका लागि आएको हुँ, मलाई पदको लालच छैन,  डाक्टर देवकोटा

यता जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखको जिम्मेवारी समालिरहेका डाक्टर प्रेरित देवकोटा माथी कार्यालय प्रमुखको जिम्मेवारी नपाएपछि लामो समय बिदामा बसेको र सरुवा समेत मागेको आरोप लगाइएको थियो ।पत्रकार सम्मेलनमा आफू माथी लगाइएका आरोपहरु बारे संचारकर्मीले उठाएका प्रश्नको संक्षिप्त्तमा जवाफ दिदै एमडिजीपी डाक्टर प्रेरित देवकोटाले जिल्लामा आफुलाई बस्ने वातावरण नभएकाले सरुवा मागेको कुरा सत्य नभएको बताए । आमा बिरामी भएकाले अवस्था झन जटिल बन्दै गएपछि एक साता नबित्दै सरुवा माग्नुपर्ने बाध्यता भएको डाक्टर देवकोटाको भनाई छ ।

आफुलाई जिल्लामा आउने वातावरण मिलाउन जिल्ला अस्पताल व्यवस्थापन समिति बाजुराले सहयोग गरेको भन्दै जिल्ला अस्पताल बाजुरा व्यवस्थापन समितिको तर्फबाट कुनै असहज परिस्थिति सिर्जना नभएको उनले बताए । बिचमा आफ्नै पारिवारिक समस्याले जानुपर्ने बाध्यता सिर्जना भएपनि पहिले देखि दुर्गम जिल्ला बाजुरा आएर उपचार गर्ने आफ्नो धोको पूरा भएकोले अब जिल्ला वासिलाई प्रभावकारी सेवा दिने डाक्टर देवकोटाले बताएका छन् ।आफ्नो कार्यकाल सकिएपछि पनि पुनः जिल्लामै बसेर सेवा गर्ने आफ्नो चाहाना रहेको बताए । कार्यालय प्रमुखको जिम्मेवारी नपाएर बाहानामा सरुवा मागेको भनेर आफू माथी लगाइएको आरोप सत्य कुरा नभएको उनले दावी गरे । आफु बिरामीको उपचारका लागि आएको हुँदा कार्यालय प्रमुख बन्नैपर्छ भन्ने अडान र पदको लालच नभएको स्पष्ट पारेका छन् ।

 

जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी गिरिका अनुसार एमडिजिपी डाक्टर देवकोटा जिल्लामा गत पुष १३ गते पुगेका थिए भने पुष २७ गते नै बिदामा घर जाने भन्दै एक साताको बिदा लिएका थिए । बिदामा गएका उनले सरुवा गरिदिन भन्दै मन्त्रालयलाई निवेदन दिएका थिए । डाक्टर देवकोटा लामो बिदामा बसेर पुन। जिल्लामा फर्केका थिए । जिल्लामा सेवा दिनका लागी पुगेका एमडिजिपी डाक्टर देवकोटा ११ दिन मात्रै बसेर फर्किएपछि एमडिजिपी डाक्टर बारे पहिला पनि बिभिन्न टिका टिप्पणी समेत भएको थियो । उनलाई जिल्लामा बस्ने सहज वातावरण नभएपछि उनी बिदाको बाहानामा गएको हुन सक्ने पनि सुन्नमा आएको थियो । तर त्यतिवेला डाक्टर देवकोटाले कसैको दवावका कारण सरुवा नमागेका ेबताउदै घरमा आमा बिरामी भएका कारण हेरचाह गर्नुपर्ने अर्को कोही मान्छे नभएको कारण सरुवा मागेको स्पष्ट पारेका छन् ।

 

यतिमात्र होृइन डाक्टर देवकोटालाई बाजुरा ल्याउने की नल्याउने भन्ने कुरामा सुरु देखी नै मतभेद चलेकै हो । सुरुमा बाजुरा आउनका लागी तयारी अवस्थामा रहेका डाक्टर देवकोटालाई राजनीतिकरण गरेर रोक्ने प्रयास भैरहेको भन्ने समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएको थियो । डाक्टर देवकोटालाई रोक्न जिल्ला अस्पतालमा कार्यरत प्रमुख डाक्टर मिलन नै सक्रिय देखिएको आरोप समेत डाक्टर जोशीलाई लगाइएको थियो । डाक्टर जोशीले आफ्ना नातेदार रहेका बझाङबाट निर्वाचित एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीमार्फत देवकोटालाई रोक्न दबाब दिएको र दक्ष तथा आफू भन्दा वरिष्ठ चिकित्सक आउँदा आफ्नो हालीमुहाली नहुने भन्दै उनी रोक्न सक्रिय भएका आरोप उनि माथि लगाइएको थियो । तर यि सव भ्रमात्मक सुचनाहरु भएको जिल्ला अस्पताल बाजुरा व्यवस्थापन समितले दावी गरेको छ ।

 

यस अघि बाजुरामा एमडिजिपी डाक्टर नहुदा जटिल रोगका बिरामीहरु जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता थियो । अव यो समस्या हट्ने भन्दै जिल्ला बासि हरु खुसी भएका थिए। बाजुरामै एमडिजिपी डाक्टरबाट सेवा संचालन भएपछि बाजुरा वासी खुसी बेडाका बाजुरा बासीमा एमडिजिपी डाक्टर जिल्लामा आएको एक महिना नबित्दै सरुवा गर्ने खेल सुरु भएपछी जिल्ला बासिमा पुनः निरास भएका छन् । यदि एमडिजिपी डाक्टर जिल्लामा नहुने हो भने जिल्लामा जुन परिस्थिति पहिला थियो त्यहीँ परिस्थिति पुनः दोहोरिने देखिन्छ । ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑