
काठमाडौं -ए डिभिजनको जावलाखेल युथ क्लबले सुनिल श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै जावलाखेलले श्रेष्ठलाई मुख्य प्रशिक्षक बनाएको हो । क्लबले सुनिललाई मुख्य प्रशिक्षक नियुक्त गरेको बताए ।
उमेर समूहको राष्ट्रिय टिम समेत हेरिसकेका सुनिल श्रेष्ठ जावलाखेल युथ क्लबका पुराना खेलाडी समेत हुन् । यस्तै जावलाखेलले नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।
गत सिजन किशोर केसीको प्रशिक्षणमा जावलाखेलले ए डिभिजन लिग खेलेको थियो । जावलाखेल युथ क्लब हाल सर्लाहीमा भइरहेको सातौं राजर्षी जनक कप खेलिरहेको छ । नयाँ सिजनको लिग यही फागुन १९ गतेदेखि सुरु हुँदैछ । नयाँ सिजनको लिग आउनुअघि अहिले क्लबहरु खेलाडी अनुबन्ध गर्ने र प्रशिक्षक नियुक्त गर्ने काममा व्यस्त छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर