
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने आश्वासन दिएका छन् ।

आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्य सचिव, शिक्षा तथा स्वास्थ्य सचिव लगायत सँगको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् । यस सम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।
सचिवालय सदस्य गोकर्णप्रसाद भट्टले भने, ‘यो सुदूरपश्चिम र सिँगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो । नेपालमा आजसम्म पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पुरा गर्ने सबैले विश्वास लिएका छौं ।’
६०० शैयाको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य सहित कैलालीको गेटामा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र छ । तर सरकारले यहाँ मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानुन नबनाउँदा संरचना जीर्ण हुँदै गएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर