
हेमराज उपाध्याय / बाजुराः जिल्लाको बडिमालिका नगरपालिका–४ रिला स्थायी घर भएका २७ वर्षिया दल बहादुर उखेडाको मृत्यु पश्चात उनका छोराछोरी र श्रीमती लाई आर्थिक अवस्थामा निकै कम्जाेर भए पश्चात पेट पाल्न समेत धौधौ भएको छ ।

उखेडाको गत महिना भारतको दिल्ली स्थित रोहिनि नजिकै स्कुटर दुर्घटनामा परि अल्प आयु मै निधन भएको थियो । उखेडाको निधन पश्चात उनका श्रीमती र ३ छोराछोरी शाहारा विहिन बनेका छन ।
मृतक उखेडा विगत लामो समय देखि भारतको दिल्लीमा रहेको पिजि कम्पनीमा काम गरि चार जनाको परिवार पाल्दै आएका थिए । कमाउने व्यक्तिको नै मृत्यु भएपछि अहिले उनका छोराछारी र श्रीमतीलाई खाना ,लाउन समेत समस्या भएको स्थानीय शंकर उखेडाले बताएका छन।
स्थानीय शंकर उखेडाले मृतका छोरीछोरी र श्रीमतीलाई खान , लाउन र छोरीछारीको पढाईका लागि सबैले सक्दो सहयोग गरिदिन समेत आग्रह गरेका छन ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर