
बाजुरा :- नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराकाे २० औं जिल्ला सभा तथा अधिवेशन सम्पन्न भएकाे छ । यस अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले विपदका बेला राहत र उद्धार कार्यमा खटिएका सात जनालाई शुक्रबार सम्मान गरिएको छ ।
शाखाको २० औं जिल्ला सभा तथा अधिवेशनमा एक जना कार्यलय कर्मचारी र विपदको उद्धारमा खटिएका जिल्ला शाखाका सदस्यलाई प्रमाण पत्र दिएर सम्मान शाखाका सभापति रमबहादुर शाहीले बताएका छन् ।
अधिवेशनमा सम्मानित हुनेमा शाखाकी सह–कोषाध्यक्ष विष्णु पाध्याय,जिल्ला कार्य समिति सदस्य विजयराज पण्डित,तुलाबहादुर थापा,विर्खराज पाण्डे, वाई उप शाखाका कर्णवीर बुढा,छतारा उप शाखाका पूर्णप्रसाद न्यौपाने,दहकोट उप शाखाका मदनरा रोकायालाई प्रमाण पत्रले सम्मान गरेको शाखाका सभापति शाहीले बताए ।
यस्तै कार्यालयमा कार्यरत कर्मचारी सुनिता रावतलाई पनि सम्मान गरिएको छ ।
यस्तै संस्थागत विकासमा उलेख्य भूमिका निर्वाह गरेका दुई उप–शाखालाई पनि प्रमाण पत्रले सम्मान गरिएको छ ।
सम्मानित हुनेमा रुगिन र बाह्रविस उप शाखा रहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुरामा मन्त्री मेघराज जैशीले जानकारी दिएका छन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराका सभापति रमबहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानी रहेकी थिइन् ।
कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का,हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्ल,खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत,नेपाली काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल,नेकपा एमाले सचिव भरत थापा विशिष्ट अतिथी रहेका थिए ।
यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादी जिल्ला अध्यक्ष पुर रावत,प्रमुख जिल्ला अधिकार पुष्कर खड्का,नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश अध्यक्ष दीलबहादुर बुढा,उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया,राष्ट्रिय भूमि आयोग बाजुराका अध्यक्ष जनक रोकाया विशिष्ट अतिथी रहेका थिए ।
रेडक्रस शाखा बाजुराका मन्त्री मेघराज जैशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य शाखाका उपाध्यक्ष दीपकबहादुर शाहले गरेका थिए ।
२० औं जिल्ला सभा तथा अधिवेशनमा २१ उप शाखाका जिल्ला प्रतिनिधी सहभागी छन् । उद्घाटन समारोपछि आजै बन्द सत्र संचालन गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका मन्त्री जैशीले बताए ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर