• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

सुदूरपश्चिममा एमाले एक्ल्याउन काँग्रेस नेता बलायरको दौडधुप

खप्तड मालिका न्युज February 8, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी: सुदूरपश्चिम प्रदेशमा एमालेलाई एक्ल्याउने प्रयास सुरु भएको छ।एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री राजेन्द्रसिँह रावलले विश्वासको मत पाउने वातावरण तयार भएको छैन्। नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरु धनगढीमा छैनन्।

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताएका बेला काँग्रेसका नेता वीरबहादुर बलायरले भने आफ्नो भूमिका बढाएका हुन्। पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य बलायरले बुधवार काँग्रेसका प्रदेश सभा सदस्यहरु, नेकपा ९एकीकृत समाजवादी० दलका नेता दीर्घबहादुर सोडारी, माओवादीका दलका नेता खगराज भट्टलगाएतसँग भेटघाट तथा छलफल गरेका छन्। काँग्रेस प्रदेश सभापतिसमेत रहेका बलायर एमालेलाई एक्ल्याउने प्रयासमा देखिएका हुन्।

उनले बुधवार सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पत्रकारसँग काँग्रेस नेतृत्वमा सुदूरपश्चिम सरकार गठन हुनेसमेत बताएका छन्। एमालेबाहेक सबैसँग सरकार गठन र सञ्चालनको विषयमा छलफल थालेको उनले बताए। उनले भने, ‘सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्छ। माओवादीसमेत सरकारमा सहभागि हुन्छ।’ सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने दाबी बलायरको छ। उनले नागरिक उन्मुक्तिका संरक्षण रेशम चौधरीसँगसमेत सुदूरपश्चिमको सरकार गठन तथा सञ्चालनको विषयमा छलफल भएको खुलाएका छन्। उनले भने, ‘उहाँसँग ९रेशम चौधरी०सँग कुरा भएको छ। उहाँहरु लगत्तै नयाँ निर्णय लिनुहुन्छ।’ मुख्यमन्त्री रावलले बुधवार दिउसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची थियो।

तर विश्वासको मत पाउने वातावरण नभएपछि बिहीवार १ बजेसम्मका लागि बैठक सारिएको छ। यता माओवादीका नेता खगराज भट्टले भने मुख्यमन्त्री रावलले विश्वासको मत पाउने बताएका छन्। शतप्रतिशत विश्वस्त छु। भोलिसम्म उहाँहरु सरकारको पक्षमा मत हाल्नुहुछ।’ सुदूरपश्चिममा एमालेका १०, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ तथा एक जना राप्रपाका प्रदेश सभा सदस्यको समर्थनमा सरकार गठन भएको हो।

प्रदेशमा काँग्रेसका १९, समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु बिपक्षमा छन्। प्रदेशका मुख्यमन्त्री रावलले विश्वासको मत नपाए, काँग्रेसको नेतृत्वमा प्रदेश सरकार गठनको नयाँ प्रक्रिया सुरु हुनेछ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑