• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा कांग्रेस निरीह जस्तै बनेको प्रतिनिधि सभा सदस्य शाहीको आरोप

खप्तड मालिका न्युज February 1, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा- प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै नेकपा एमालेबाट समानुपातिक प्रतिनिधि सभा सदस्य दयाल बहादुर शाहीले बाजुरामा कांग्रेस पागल जस्तै बनेको आरोप लगाउनु भएको छ । स्थानिय निर्वाचनमा एमाले टुक्रियका कारण सजिलै चुनाव जितिहाल्ने भन्दै चुपचाप बसेको कांग्रेस मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका बेला भने चुनाव जित्ने दाउमा पागल जस्तै बनेको प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै शाहीले आरोप लगाउनु भएको हो ।
जिल्लाको त्रिवेणी नगरपालिका नेपाली कांग्रेस  जहिले अगाडी आउने गरेको बताउदै अन्य दललाई अगाडी आउन दिने बातावरण नै नभएकाे बताउनुभयो । यदि कोही त्यस्तो व्यक्ति अन्य दलको जन्मियो भने  सो व्यक्तिलाई त्यहाँका कांग्रेसहरुले मार्ने गरेको आरोप समेत शाहीले लगाउनुभयो । २१ बर्ष अगाडी एमालेका नेता मनिराम खत्रिलाई कांग्रेसले मारेको पनि उहाँको आरोप थियो । सो पालिकामा एमाले अर्थात अन्य कुनै दल अगाडी आउन खाेजेमा त्यहाँका कांग्रेसहरुलाइ सिद्ध्याउने षड्यन्त्र रच्ने गरेको शाहीको भनाई थियो । कांग्रेसले सो ठाँमा विपक्षलाई जन्मिनै नदिने गरेको उहाँले बताउनुभएको छ ।
नेता शाहीले निर्वाचनका दिन नेपाली कांग्रेसले चुनाव जितनका लागी धादलीको स्थिति सिर्जना गरेका बताउनुभयो । नेता शाहीले निर्वाचनका दिन कांग्रेस कार्यकर्ताको कुटपिट पछि ज्यान गुमाएका चेतन अयडी प्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै अयडीलाई नेपाली कांग्रेसले हजुरआमाको काखमा सुतिरहेको अवस्थामा कांग्रेस कार्यकर्ताले बाहिर तानेर निर्मम पुर्वक कुटपित गरी हत्या गरेको सरकारलाई जानकारी गराउनुभयो । यसका साथै शाहीले नेता अयडीका हत्याराहरु र मुख्य डिजाइनरहरु अझै फरार रहेको बताउदै अयडीको न्यायको माग गर्नुभयो ।घटनाक्रम अनुसार अयडीलाई काेठा भित्र लुकिरहेको अवस्थामा बाहिर तानेर कुटपिट गरेको  यस अघि बिभिन्न संञ्चार  माधयममा प्रकाशित भएको थियो तर शाहीले भने हजुरआमाको काखमा सुतिरहेको अवस्थामा तानेको कुटपिट गरेर हत्या गरेको बताउनुभएको छ ।
जिल्ला बासिका जनजिविकाका सवालहरुलाई अर्थात जिल्ला बासिको आवाजलाई संसदमा बुलुन्द गर्छु भनेर संसदमा गएका शाहीले मंसिर चार गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा बाजुरामा चुनावका क्रममा भएको धादली बारे जानकारी गराउदै समय खर्चिनुभएको छ । प्रतिनिधि सभा सदस्य शाहीले आफ्नो ८ मिनेटको समय अवधि निर्वाचनको दिनमा भएको घटना बारे जानकारी गराँउदै सकिएको थियो । बाजुराका प्रतिनिभि सभा सदस्य शाहीको संसदमा बोलेको उक्त अभिब्यक्ति संगठन प्रतिको चिन्तालाई र कांग्रेस प्रतिको आक्रोसलाई मात्र दर्साउन्छ ।
८ मिनेटको समय लिएर बोलेका शाहीले कांग्रेसको बिरोध गर्दै जाँदा उहाँले जिल्ला बासिका समस्या र विकासका  सवालमा भने बोल्नु भएको छैन । कांग्रेसबाट निर्वाचित पाण्डेले निर्वाचनको दिन ज्यान गुमाएका सञ्जिप अयडी र चेतन अयडीको लागी संसदमा आवाज नउठाएको आरोप उनि माथि लगाइदै आएको छ । आजको प्रतिनिधि सभा बैठकमा पनि सो बिषयमा पाण्डेले बोलेका छैनन् । नेता शाहीले भने निर्वाचनको दिन दुई जनाले ज्यान गुमाएको भएपनि चेतनको बिषयमा बोल्दै चेतनको लागी मात्र न्यायको माग गरेका छन् । चेतनले न्याय पाउनुपर्ने नेता शाहीको माग थियो । यता  संञ्जिप  न्यायका लागी भने न पाण्डे बोलेका छन् नत शाही नै बोलेका छन् । यतासंञ्जिप शुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका थिए भने चेतनले कांग्रेस कार्यकर्ताको कुटपिट पछी ज्यान गुमाएका थिए ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑