• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा एमडिजिपी डाक्टर सेवा दिन आएका हुन् वा भेटघाट गर्न ?

खप्तड मालिका न्युज January 31, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा- जिल्ला अस्पताल बाजुरामा एमडिजिपी डाक्टर आइपुगेको एक महिना करिव बितिसकेको छ । जिल्लामा लामो समय पछिको सकस प्रयास पश्चात् एमडिजिपी डाक्टर प्रेरित देवकोटा आइपुगेका थिए ।एक महिना अगाडी नै जिल्ला अस्पताल बाजुरामा एमडिजिपी डाक्टर पुगेर सेवा सुचारु भएको भियतनामपनि एमडिजिपी डाक्टर देवकोटाले भने जिल्ला बासीलाई सेवा भने नदिएको पाइएको छ ।

सेवा सुचारु भएपनि डाक्टर देवकोटाले भने एक जनाको पनि उपचार नै नगरी बिदामा बसेको पाइएको छ । अस्पताल बाजुराका सुचना अधिकारी नृप गिरीका अनुसार डाक्टर देवकोटा जिल्लामा पुगेको तिन चार दिनमै सेवा सुचारु भएको थियो । सेवा सुचारु भएको केही दिनमै डाक्टर देवकोटा एक साताको बिदामा घर फक्रिएको बताइएको छ । सुचना अधिकारी गिरिका अनुसार एमडिजिपी डाक्टर देवकोटा जिल्लामा गत पुष १३ गते पुगेका थिए भने पुष २७ गते नै बिदामा घर जाने भन्दै एक साताको बिदा लिएका थिए । तर डाक्टर देवकोटा भने बिदामा बसेको करिव १९ दिन बितिसकेको छ । उनि आउने की नआउने भन्ने पनि एकिन नभएको अस्पतालका चिकित्सक निकट एक श्रोतले बताएको छ । उनि जिल्लामा आएपछि सेवा सुचारु भएपछि ११ दिनमात्र बसेको देखिन्छ ।

यस अघि बाजुरामा जीपीएसम्म डाक्टर नहुदा जटिल रोगका बिरामीहरु जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता थियो । अव यो समस्या हट्ने भन्दै जिल्ला बासि हरु खुसी भएका थिए। बाजुरामै एमडिजिपी डाक्टरबाट सेवा संचालन हुने भएपछि बाजुरा वासी खुसी बेडाका बाजुरा बासीमा एमडिजिपी डाक्टर जिल्लामा आएर सेवा नै नदिएर अर्थात एक जनाको पनि उपचार नगरी फर्किएपछि पुनः निरासा छाएको छ । जिल्लामा जुन परिस्थिति पहिला थियो त्यहीँ परिस्थिति पुनः दोहोरिएको छ ।

एक साताको बिदामा घर गएको एमडिजिपी डाक्टर पुनः बाजुरा आउला की आउलान् ?

अस्पताल बाजुराका अनुसार एमडिजिपी डाक्टर प्रेरित देवकोटा जिल्लामा ११ दिन मात्र बसेको पाइएको छ । जिल्लामा सेवा दिनका लागी पुगेका एमडिजिपी डाक्टर देवकोटा ११ दिन मात्रै बसेर फर्किएपछि एमडिजिपी डाक्टर बारे बिभिन्न टिका टिप्पणी हुन थालेको छ । टिकाटिप्पणी मात्र होइन डाक्टर देवकोटा बाजुरा नआउने गरी फर्किएको हुने सक्ने कतिपयको धारण छ । उनलाई जिल्लामा बस्ने सहज वातावरण नभएपछि उनी बिदाको बाहानामा गएको हुन सक्ने पनि सुन्नमा आएको छ । उनलाई राजनीतिकरण गरेर जिल्लामा बस्ने वातावारण बाट बञ्चित गराइएको एक श्रोतले बताएको छ । जिल्लामा डाक्टर ल्याउने कुरामा राजनीतिकरण हुँदै आएको पनि श्रोतको दावी छ । यहि राजनीतिकरण गरेका कारण एमडिजिपी डाक्टर देवकोटा जानुपरेको श्रोतको आरोप छ ।

बाजुरा पुगेका डाक्टर देवकोटालाई पहिले देखि नै रोक्ने प्रयास  

उसो डाक्टर देवकोटालाई बाजुरा ल्याउने की नल्याउने भन्ने कुरामा सुरु देखी नै मतभेद चलेकै हो । सुरुमा बाजुरा आउनका लागी तयारी अवस्थामा रहेका डाक्टर देवकोटालाई राजनीतिकरण गरेर रोक्ने प्रयास भैरहेको भन्ने समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएको थियो । डाक्टर देवकोटालाई रोक्न जिल्ला अस्पतालमा कार्यरत प्रमुख डाक्टर मिलन नै सक्रिय देखिएको आरोप समेत डाक्टर जोशीलाई लगाइएको थियो । डाक्टर जोशीले आफ्ना नातेदार रहेका बझाङबाट निर्वाचित एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीमार्फत देवकोटालाई रोक्न दबाब दिएको र दक्ष तथा आफू भन्दा वरिष्ठ चिकित्सक आउँदा आफ्नो हालीमुहाली नहुने भन्दै उनी रोक्न सक्रिय भएका आरोप उनि माथि लगाइएको थियो ।

अस्पताल प्रशासन के भन्छ त ?

यो बिषयमा जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समितिलाई बुझ्दा फोन सम्पर्क हुन सकेको छैन । केही छिन् अगाडी बुझ्दा जिपिएस डाक्टर आउने की नआउने केही एकिन जानकारी नभएको बताउने अस्पताल बाजुराका सुचना अधिकारी नेर्पा गिरीले केही छिन पछि आफै फोन गरेर आउने तयारीमा रहेको प्रतिक्रिया दिएका छन् । डाक्टर देवकोटा पुनः जिल्लामा आएपनि उनी लामो बिदामा बसेका छन् । जिल्लामा सेवा प्रभावित भएको छ ।

जिल्लामा कांग्रेसको पहलमा एमडिजिपी डाक्टर आएको भन्ने कांग्रेस नेताहरु के  भन्छन् त  ?  

गत मंसिरमा जिल्लाको बडिमालिका नगरपालिका वडा न । ८ का निवर्तमान वडा अध्यक्ष सुदुरपश्चिम प्रदेश सूचना तथा संचार प्रचार प्रसार बिभाग सदस्य समेत रहेका युवा नेता रावलले बाजुरामा जीपीएसम्म डाक्टर आवस्यक भएपनि डाक्टर ल्याउन नसकेको बाजुरा वासिल गुनासो गर्दै आएको बताउदै १५ दिन भित्र जिल्ला अस्पताल बाजुरामा जीपीएसम्म डाक्टर जसरी पनि ल्याउने घोषणा गरेका थिए ।१५ दिन भित्र बाजुरामा एमडिजिपी डाक्टर ल्याउने घोषणा गरेका निवर्तमान अध्यक्ष रावल सफल पनि भएका थिए । एमडिजिपी डाक्टर नपाएका बाजुरा बासीले बाजुरा बाट कांग्रेसका उम्मेदवार बिजयी भएपछि एमडिजिपी डाक्टरबाट सेवा लिन पाएको रावलले दावी गरेका थिए । जिल्ला बासीले अस्पतालमा एमडिजिपी डाक्टरको आवश्यकता महसुस गरिरहदा पनि जिल्लाबाट निर्वाचित भै प्रदेश तथा प्रतिनिधिसभाका सांसद बनेका जनप्रतिनिधिहरुले जिल्ला अस्पतालमा जीपीएसम्म डाक्टर ल्याउन नसकेको र जनताको नगुनासोलाई सम्बोधन गर्न नसकेको आरोप समेत बाजुरा बासीले लगाउँदै आएका थिए ।

यस अघि बाजुराले नपाएको जीपीएसम्म डाक्टर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले जिति सकेपछि प्रदेश सभा ख का सदस्य पदम शाही र प्रतिनिधि सभा सदस्य बद्री प्रसाद पाण्डे निवर्तमान पार्टी सभापति बिराज पण्डित लगायतको अथक प्रयास पछि जिल्ला अस्पतालमा एमडिजिपी डाक्टर प्रेरित देवकोटा आइपुगेको एक कांग्रेस नेताले दावी थियो । केही दिन अगाडि जिल्ला वासलाई सेवा सुबिधा चाहिएको भन्दै बडिमालिका नगरपालिका वडा न । ८ का निवर्तमान अध्यक्ष रावलले जिल्लामा एमडिजिपी डाक्टर ल्याउने कुरामा कसैले आनाकानी गरेको खण्डमा बा जुरेली युवाहरू जस्तोसुकै मुल्य चुकाउन पनि बाध्य हुने युवा नेता रावलले चेतावनी समेत दिएका थिए । यतिमात्र होइने नेता रावलले अन्ततः युवाहरू थप आन्दोलनका चरणहरू अघि बढाउन बाध्य हुने सामाजिक संजाल मार्फत बताएका थिए ।

कांग्रेसको पहलमा आएका एमडिजिपी डाक्टर ११ दिनमै किन फर्किए त ?

कांग्रेसको पहलमा जिल्लामा एमडिजिपी डाक्टर जिल्लामा करिव ११ दिन मात्र बसेपछि कांग्रेस नेताहरुलाई सोध्दा बिदामा बसेका कारण आउने तयारी भइरहेको प्रतिक्रिया दिएका छन् । डाक्टर देवकोटा पुनः आउने तयारी भएपनि उनलाई ल्याउनुकी नल्याउने मतभेद पछि नै जिल्ला आउन लागेको हुन सक्ने एक श्रोतले बताएको छ । यो राजनीति खिचातानीका बिच जिल्ला बासीले प्रभावकारी सेवा नपाउने देखिन्छ ।

यस अघि डाक्टर देवकोटाले भने दुर्गम जिल्ला बाटो घाटाको कारण देखाउँदै आनाकानी गरिरहेको डाक्टर देवकोटालाई नै आरोप लगाइएको थियो । तर वास्तविकता बुझ्दा डाक्टर देवकोटाको कुनै दोष नभई उनलाई जिल्ला आउनेबारे नोकर खोजिएको हा भन्ने खुलेको छ । डाक्टर देवकोटा जिल्ला आउन लागेदेखि हाल सम्मको घटनाक्रमलाई केलाउँदा भित्रभित्रै राजनीतिकरण गरेर उनलाई जिल्लामा आउन पहिलै सहज वातावरण नभएको र जिल्ला पुगिसकेपछि जिल्लामा वस्ने सहज वातावरण नभएको देखिन्छ ।

जिल्लामा एमडिजिपी डाक्टर नहुँदा जटिल रोगका बिरामीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता छ । तर अस्पताल प्रशासन र जिल्ला स्थित राजनीति दलहरु भने राजनीतिकरण गर्नमै व्यस्त देखिन्छन् । बा जुरेली जनताका समस्या समाधानका बिषयमा पनि खुल् याम रुपमा राजनीति गर्दै आएको सर्वसाधारणले आरोप लगाइरहेका छन् । जटिल रोगका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता अझै हटेको छैन । अस्पताल लैजादै गर्दा समयमा उपचार नहुँदा अकालमै जिल्ला बासीले ज्यान गुमाइरहेका छन् ।जिल्लामा चार बर्ष यता मात्रै ९ जना गर्भवती महिलाको उपचारको अभावमा ज्यान गएको पाइन्छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑