• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

नेविसंघ बाजुरा क्याम्पस द्वारा शहिद दिवसको अवसरपारी क्याम्पस सरसफाई

खप्तड मालिका न्युज January 30, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

मिन बहादुर खड्का बाजुरा-नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितीले बाजुरा क्याम्पसमा सरसफाई गरेको छ । सोमबार शहिद दिवसको अवसरमा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुको सहभागीतामा क्याम्पस परिसर सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रम पश्चात् एक औपचारिक कार्यक्रमका बिच शहिद दिवस मनाएकाे छ । चार जना शहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै चारै जना शहिदहरुको फोटोमा माल्यापण गरी नेविसंघ बाजुरा क्याम्पस इकाई समितिले शहिद दिवस मनाएको नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समिति बाजुराले जनाएको छ । नेविसंघ बाजुरा क्याम्पस इकाई समितिका सदस्य बल बहादुर बोहराको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिती नेविसंघ बाजुराका जिल्ला अध्यक्ष जनक बहादुर थापा रहेका थिए । कार्यक्रममा क्याम्पसमा अध्ययनरत नेविसंघमा आवद्ध विद्यार्थीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती नेविसंघ जिल्ला अध्यक्ष जनक थापाले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहिदहरु प्रति श्रदा सुमन व्यक्त गर्दै सहिदहरुको योगदानलाई कहिले भुल्न नहुने बताएका छन् ।नेविसंघले बिद्यार्थीकाे हक हितका लागी मात्र नभई अनियमिता, अत्याचार, भष्टचार, दराचार, कु्ररुति, कुसंस्कानरका लागी समेत आफ्ना आवाजहरु बुलन्द गर्दै आएको हुँदा शहिदहरुले देखाएको बाटोमा हिड्नुपर्नेमा थापाले जोड दिएका छन् । आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदले गरेको बलिदानको प्रतिफल रहेको बताउदैँ शहिदहरुको सपना समाकार गर्न सवैले हातेमालो गर्नुपर्ने बताए । शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदहरुको सपना साकार गर्नु सरह हुने थापको भनाई छ । शहीदको बलिदानलाई उच्च सम्मान गर्दै उनीहरूको सपना साकार पर्न सकेमा मात्र सहिदहरुको कदर हुने र सहिदहरुप्रतिको सम्मान रहिरहने उनले बताए ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ। साेही अवसरमा बाजुरा क्ययाम्हीपस इकाइ  समितिले पनि सरसपाइ संगै शहिद दिवस मनाएकाे हाे ।  माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑