
बाजुरा –जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराले भुकम्प पिडित परिवारलाई राहात बितरण गरेको छ । मंगलबार दिउसो जिल्लाको हिमालि गाँउपालिकाको बिछ्या केन्द्र बिन्द् वनाएर ५ दशमलव ९ रेक्टरको भुकम्प गएको थियो । सोही भुकम्पबाट पिडित बडीमालिका नगरपालिकाका १३ परिवारहरुको घरमै पुगेर जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराले शनिबार राहात बितरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार भुकम्पबाट प्रभावित बनेका र घर जोखिममा रहेका उक्त नगरपालिकाका वडा नम्बर २,७ र ९ का पिडित परिवारलाई त्रिपाल,कम्पल लगायतका राहत सामग्री वितरण गरिएको बताइएको छ । भुकम्पबाट भएको क्षतीको अनुगमन गरी उनीहरुलाई तत्काल उक्त सामग्री वितरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी बाजुराले उक्त सामग्री भुकम्प पिडित परिवारलाई वितरण गरेको जिल्ला प्रशासन कार्यालय बाजुरालेृ जनाएको छ ।
भुकम्पबाट पिडित बनेका परिवारलाई प्रति परिवारलाई एक÷एक वटा त्रिपाल,कम्मल र म्याट्रेस दिएको पैजिअ पुष्कर खड्काले बताएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर