• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा भुकम्पले गरेको क्षती बिवरण संकलन गर्ने टोली घटना स्थलमा अझै पुगेन

खप्तड मालिका न्युज January 27, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा- भुकम्पले क्षती गरेको ४ दिन बितिसक्दापनी क्षती बिवरण संकलन गर्ने टोली घटना स्थलमा अझै नपुगेको पिडितहरुले गुनासो गरेका छन् । जिल्लाभर भुकम्पले भौतिक एव्म मानविय क्षति भएको छ । भुकम्पका कारण हिमाली गाँउपालिकामा रहेको हाते कागज उद्योगमा पनि क्षती भएको छ ।

मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको थियो । सोही भुकम्पका कारण बिगत ७ बर्ष यता हिमालि गाँउपालिका वडा न. २ ठुलाकोटका का स्थानिय सुर्जपती बुढा र भरिलाल बुढाले संचालन गर्दै आएका नेपाली होते कागज उद्योगको एक मा क्षेती भएको स्थानिय जिवन बुढाले जानकारी दिएका छन् । अहिलेसम्म त्यहाँ प्रहरीको टोली समेत नपुगेको उनले बताए । घरदेखि आधा घण्टा हिडेर पुगिने उक्त हाते कागज उद्योगमा हिजो अस्ति हिँउ परेका कारण जान नसकिएको र आज चार दिनपछी मात्र गएर हेर्दा भवन भत्किएर पुर्ण रुपमा क्षेती भएको उनको भनाई छ ।

उक्त भवन भत्किदा करिव ५ देखी ६ लाख बराबरको क्षेती भएको तर क्षेती बिवरण संकलन गर्ने भने टोली त्यहाँ सम्म नपुगेरै फर्किएको बताएका छन् । भवन भत्किएपछी मेसिन समेत च्यापिएको उनले बताए । क्षतीको बिवरण संकलनका लागी त्यहाँसम्म पुगेको टोली वडा न. १ र ३ सम्म मात्र पुगेको उनको भनाई छ । यता यो बिषयमा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रजिअ पुष्कर खड्कालाई बुझ्दा क्षतिको बिवरण संकलनका लागी त्यहाँ प्रहरीको टोली खटाएको बताएका छन् । तर उक्त कागज उद्योग बारे भने बिवरण नआएको उनले बताए । टोली बिवरण संकलनकै क्रममा भएकाले प्रहरी प्रमुख सुर्य बहादुर थापालाई सो ठाँउको बिवरण संकलन गर्न निर्देशन दिइसकेको  पनि प्रजिअ खड्काको भनाई  छ । सो गाँउपालिकाका अन्य ठाँउको बिवरण भने आइसकेको उनले बताएका छन् ।

भुकम्प  जाँदा हाल सम्मको बिबरण अनुसार ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन्। भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन्। भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडिमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी गराए। बडिमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकोमा बसेका छन्।

भुकम्पका कारण गौमुल गाउँपालिका वडा नम्वर २ कि ३२ वर्षिया जमुना रोकायाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भयो भने गौमुल गाउँपालिकाकै वडा नम्वर १ का ३५ वर्षका राजदल बोहरा, बडीमालिका नगरपालिका २ कि ४५ वर्षिया चन्दा महत र हिमाली गाउँपालिकाकी सरिता नेपाली घाईते भईन भने गौमुलमा ३५ वटा पशुचौपाया मरेका छन् । प्रजिअ खड्का सहितको टोलि बुधवार नै गौमुल गाँउपालिकामा पुगेर मृतकका जेठाजुको हातमा नगद रु २५ हजार राहात हस्तान्त्रण प्रजिअ खड्काले गरेका थिए ।जिल्ला भर ५ ओटा सरकारी भवनमा आँसिक र अन्य ७ ओटा भवनमा सामान्य क्षेती भएको छ। भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पु¥याएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

जसका कारण भुकुम्प पिडितहरु थप समस्यामा परेका छन् । बाजुराका ९ मध्ये ८ वटा पालिकाका सयौँ घरपरिवार भूकम्पबाट प्रभावित छन्, हिउँदको चिसो समय भएकाले पिडितहरु थप समस्यामा परेका छन् । घरभित्र बस्न नसकिने भएपछी अव कहाँ गएर बस्ने भन्ने चिन्तामा धसकम्प पिडितहरु छन् उनिहरुले आवशयक राहात र उद्धाररको माग गरिरहेका छन्तर राहात बितरण र उद्धार त टाढाको कुरा हो अहिले सम्म क्षेतीको एकिन बिवरण समेत आउन सकेको छैन । सवै ठाँउको क्षेतीको बिवरण संकलन गरिसके पश्चिात पुनः बिपद व्यवस्थापन समितिको बैठक बसि कहाँ कसलाई कति क्षेतीपुर्ती दिने भन्ने बिषयमा छलफल गरिने प्रजिअ खड्काले बताएका छन् । क्षेतीका आधारमा राहात बितरण गरिने पनि उनले बताएका छन् ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑