
मिन बहादुर खड्का बाजुरा- जिल्ला प्रशासन कार्यालय बाजुाका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले मंगलवार भुकम्पका कारण जिल्लामा भएको भौतिक एवम मानविय क्षेतीको बिवरण संकलन कार्य जारीरहेको बताएका छन् । बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर मंगलबार दिउसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ रेक्टर स्केलको भुकुम्प गएको थियो । प्रजिअ खडकाले बिवरण संकलन भइसकेका ठाँउहरुरका पिडित परिवारलाई आवश्यक राहात बितरणका लागी आवश्य पहल भइरहेको बताए ।
भुकम्पका कारण क्षेती ग्रस्त परिवारका नागरिकलाई आवश्यक राहात बितरण गर्न सम्वन्धित पालिकालाई निदेर्शन दिसकेको पनि पैजिअ खड्काको भनाई छ । भुकम्पका कारण क्षेती ग्रस्त परिवारका नागरिकलाई आवश्यक राहात बितरण गर्नका लागी जिल्ला बिपद व्यवस्थापन समितिको बैठक बुधवार नै बसेर उद्धार र राहातका लागी जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालय संग सहयोग माग गरेर पिडित पविारको घरमै पुगेर राहात बितरण गरेको प्रजिअ खड्काले बताएका छन् ।

भुकम्पका कारण गौमुल गाउँपालिका वडा नम्वर २ कि ३२ वर्षिया जमुना रोकायाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भयो भने गौमुल गाउँपालिकाकै वडा नम्वर १ का ३५ वर्षका राजदल बोहरा, बडीमालिका नगरपालिका २ कि ४५ वर्षिया चन्दा महत र हिमाली गाउँपालिकाकी सरिता नेपाली घाईते भईन भने गौमुलमा ३५ वटा पशुचौपाया मरेका छन् । प्रजिअ खड्का सहितको टोलि बुधवार नै गौमुल गाँउपालिकामा पुगेर मृतकका जेठाजुको हातमा नगद रु २५ हजार राहात हस्तान्त्रण प्रजिअ खड्काले गरेका थिए । अन्य राहात सामाग्री समेत सो गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई हस्तान्तरण गरेर प्रजिअ अधिकारि फर्किएका थिए ।
बुधवार बसेको जिलला बिपद व्यवस्थापन समितिको बैठकले सहि विवरण संकलन गरिसकेपछी जिल्ला भित्रका भुकम्पबाट पिडित परिवारलाई प्रति परिवार ५० केजि चामल, २.५ केजि दाल, २ केजि नुन तेल २ लिटर र त्रिपाल र पिफर्म आवश्यक्ता अनुसार वितरण गर्ने निर्णय गरेको थियो प्रजिअ खड्काका अनुसार जिल्लाभर भुकम्पका कारण हालसम्म एक जनाको मृत्य भएको र ५ जना घाइते भएको बताइएको छ । घाइते चार जनाको स्थानिय श्वास्थ्य सस्थामा उपचार भइरहेकोो र एक जनालाई डिस्चार्ज गरिएको उनले बताए । यस्तै भुुकम्पका कारण ६० घरमा पुर्ण रुपमा क्षेती भएको छ भने ५९ घरमा आँसिक र १०३ घरमा समान्यतया क्षेती भएको छ । यति मात्र होइन जिल्लाका अधिकांस सरकारी भवनहरुमा समेत क्षेती भएको उनले बताएका छन् ।
जिल्ला भर ५ ओटा सरकारी भवनमा आँसिक र अन्य ७ ओटा भवनमा सामान्य क्षेती भएको उनको भनाई छ। जिल्लाको हिमालि गाँउपालिकाको भने क्षेतिको बिवरण अझै नआएको उनले बताए । भोलि बेलुका सम्म जिल्लाका सवै स्थनजका क्षेतीको बिबारण आइसक्ने पनि प्रजिअ खड्काले दावी गरेका छन् । जिल्लाका बिभिनन ठाँउहरुमा धुकम्पबाट पिडित परिवारहरु माघको कठ्यानग्रीदो चिसोमा खुला आकासमुनी त्रिपालको बास बसिरहेका छन् । बाजुरामा भुकुम्प गएको ३ दिन वित्न लाग्दा समेत भुकुम्प पिडितको उद्धार र क्षतिको एकिन विवरण संकलन गर्न सकिएको छैन् ।
जसका कारण भुकुम्प पिडितहरु थप समस्यामा परेका छन् । बाजुराका ९ मध्ये ८ वटा पालिकाका सयौँ घरपरिवार भूकम्पबाट प्रभावित छन्, हिउँदको चिसो समय भएकाले पिडितहरु थप समस्यामा परेका छन् । घरभित्र बस्न नसकिने भएपछी अव कहाँ गएर बस्ने भन्ने चिन्तामा धसकम्प पिडितहरु छन् उनिहरुले आवशयक राहात र उद्धाररको माग गरिरहेका छन्तर राहात बितरण र उद्धार त टाढाको कुरा हो अहिले सम्म क्षेतीको एकिन बिवरण समेत आउन सकेको छैन । सवै ठाँउको क्षेतीको बिवरण संकलन गरिसके पश्चिात पुनः बिपद व्यवस्थापन समितिको बैठक बसि कहाँ कसलाई कति क्षेतीपुर्ती दिने भन्ने बिषयमा छलफल गरिने प्रजिअ खड्काले बताएका छन् । क्षेतीका आधारमा राहात बितरण गरिने पनि उनले बताएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर