
बाजुरा –मंगलबार आएको भुकम्पमा परेर एक जना घाइते भएका छन् । घाइते हुनेमा गौमुल गाउँपालिका–१ अम्लिसका अन्दाजी ४५ वर्षीय रामदल बोहरा रहेका छन् ।घाइते भएका बोहराको अलिम्स स्वासथ्य चौकीमा उपचार भइरहेको छ ।

वर्षासंगै हिमपातपछि आएको भुकम्पका कारण घाईते बोहराका ५० वटा भेडा पुरिएको स्थानीय केशव बोहराले जानकारी दिएका छन् ।
अम्लिसको डोरडी भीर खसेर बोहराका २५ भेडा मरेको छन् भने २५ वटा घाइते अवस्थामा रहेका छन् । भुकम्पका कारण जिल्लाका विभिन्नठाउँमा घरहरु चकिएका छन् । भुकम्प आएपछि जिल्लामा हो–हल्ला मच्चिएको थियो ।आज दिउँसो २ बजेर ४३ मिनेटको समयमा बाजुरा केन्द्रबिन्दु भएर आएको भूम्कपका कारण बडीमालिका नगरपालिकामा तीन वटा घर,गौमुल गाउँपालिकामा एक घर गरी दर्जन बढी घर भत्किएका खवर आउन थालेका छन् वडा नम्बर– ७ सिराडीमा दर्जन घर भत्किएका हुन् ।
भुकम्पले बडीमालिका नगपालिका–७ रजातोलीका स्थानीय हरिचन्द्र पाध्याय र वडा नम्बर ९ बाउलीका विरजिते चदाराको पुरै घर भत्किएको छ ।भने सोही नगरपालिका–९ बाउलीका हर्क गुरुङ्ग घरको पछाडी पट्टीको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।भुकम्पमा परेर गौमुल गाउँपालिका–१ अम्लिसका रामदल बोहराका ५० वटा भेडा मरेका छन् । भने बोहराको टाउकोमा चोट लागेको छ ।
यसैगरी बडीमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माविको भवन समेत भत्किएको छ ।
भूकम्पपछि जिल्लाको टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर