
काठमाडौं – जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु भएको छ, भने तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका ८ रोकाया वाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ ८ का तिल धरालाको घरमा बनाउने क्रममा खाजा खादा बिरामी भई अस्पताल आएकामध्ये दीपक रोकायाको मृत्यु भएको र ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया, ३० वर्षीय पारस धराला बीरामी भएका छन् ।
बिरामीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । शनिबार दिउँसो तीन बजे चाउचाउ र सिमीको खाजामा गुन्नाइनु नामको जडीबुटी हालेर खाएको पाइएको प्रहरीले जनाएको छ । खाजा खाएपछि बिरामी भएका उनीहरूलाई उद्धार गरी प्रतिष्ठानमा पुर्याइएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर