
मिन बहादुर खड्का बाजुरा – नेपाल बिद्यार्थी संघ बाजुराले जिल्लाका टेलिफोन तथा इन्टरनेट सेवा एक हप्ता यता अवरुद्ध भएको भएपनि सरोकारवाला निकाय मौन रहेको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । निरन्तर एक हप्ता सम्म जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा सुस्त हुँदा जिल्लाको जनजिवननै अस्तव्यस्त भएको स्थितिमा पनि सरोकारवाला निकायको टेलिफोन तथा इन्टरनेट सेवा दुर्त गतिमा संचालनका निमित्त कुनै पहल कदमी नभएको भन्दै प्रु बिज्ञप्ती मार्फत जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण गराएको हो ।

केही दिन अगाडी नेपाल बिद्यार्थी संद्धको जिल्ला अध्यक्षमा मनोनित भएका युवा बिद्यार्थी नेता जनक थापाले जिल्ला प्रशासन कार्यालयमै पुगेर जिल्ला प्रशासन कार्यालय बाजुराको बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका हुन् । निरन्तर रुपमा संचारको सुबिधाबाट बन्चित जिल्ला बासिले झेल्दै आएको समस्या समाधानमा सरोकारवाला निकायकोे च्रम लापरवाही रोकी यथा सिघ्र जिल्लामा अबरुद्ध टेलिफोन तथा इन्टरनेट सेवामा संचालन गरी जिल्ला बासिको समस्या समाधान गर्न नेविसंघ जिल्ला अध्यक्ष जनक थापा द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
पिछडिएको अनि पछाडी पारिएको दर्गम अनि बिकट बाजुरा जिल्ला बिकासका दृष्टीकोणले पनि अन्य जिल्लाको तुलनामा पछाडी रहेको त्यसैमा अहिलेको बिज्ञान र प्रबिधिको युगमा पनि अधिकांस जिल्ला वासिहरु संचारको पहँचबाट अझै टाढा हुनु दुखःद बिषय रहेको नेपाल बिद्यार्थी संघ बाजुराका अध्यक्ष जनक बहादुर थापाले बताएका छन् । राष्टियता लोकतन्त्र र समाजबाद र बिद्यार्थी एकतालाई आफ्नो मुल मन्त्र ठान्दै नेविसंघले बिद्यार्थीको शैक्षिक हक हितका लागी मात्र नभई मानव अधिकार स्तन्त्रता, अन्याय अत्याचार, अनियमितता, भष्टाचार, दुराचार, कुरुती कुसस्कार र समग्र देशको बिकासका निमित्त आफ्नो आवाज बुलन्द गर्दै आएको हुँदा जिल्ला वासिले संचार सेवाबाट बन्चित हुनुपरेको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत सम्वन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अध्यक्ष थापाको भनाई छ ।
एक हप्ता यता निरन्तर इन्टरनेट सेवा छिनमै आउने र छिनमै जाने हुँदा जिल्लाको जनजिवननै अस्तव्यस्त बनेको छ । जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका काम काज समेत इन्टरनेत सेवामा सुस्त भएपछी थप्प बनेका छन् । अतिआवश्यक कामहरु समेत इन्टरनेत सेवा अवरुद्ध हुँदा सेवा प्रभावित भएको छ । एक ठाँउबाट अर्को ठाँउमा खवर आदान प्रदान गर्नए समेत समस्या छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा बिशेष गरी संचार क्षेत्र बढी प्रभाबित बनेको छ । जसका कारण अतिआवश्यक सेवा लिनका लागी सरकारी वा गैर सरकारी कार्यालय पुगेका सेवाग्राचहले रित्तो हात फर्किनु परेको छ ।
त्यसै पनि जिल्लाका अधिकांस ठाँउमा इन्टरनेतको समस्या छ । नेट चलाउनु त टाढाको कुरा हो फोन मात्रै गर्नका लागी रुखु चड्नुपर्ने, डाडापाखा धाउनुपर्ने बाध्यता जिल्ला कयौँ बस्तिहरुमा छ ।। जिल्ला सदरमुकाम मै समेत बिद्युत, संचार, र यातायातमा अनियमितता छ ।सदरमुकामकमा पनि बर्षभर ६ महिना मात्र नियमित रुपमा यातायात संचालन हुन्छन् । बिद्युतमा समेत अनियमिता अझै छ । तर जिल्लामा यि यावदसमस्याहरु जिल्ला बमसिहरुले भोग्दै आएको भएतापनि सम्वन्धित सरोकारवाला निकाय भने मौन देखिन्छन् ।
यस्तो छ ध्यानाकर्षण पत्र हेर्नुहोस्


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर