• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

नेपाल विद्यार्थी संघ बाजुराको अध्यक्षमा थापा मनोनित

खप्तड मालिका न्युज January 16, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा-नेपाल विद्यार्थी संघ बाजुराको अध्यक्षमा जनक बहादुर थापा मनोनीत भएका छन् । नेपाल विद्यार्थी संघको अधिबेशन आगामी चैतमा हुँदैछ । यस अघि नेपाल विद्यार्थी संघ बाजुराको कार्यवाहक अध्यक्षका रुपमा काम गर्दै आएका थापा पुनः अध्यक्षमा मनोनीत भएका हुन् । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले थापालाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाली कांग्रेस जिल्ला कार्य समितिको सिफारिस पश्चात नै थापालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ ।

नेपाली कांग्रेस बाजुराका अनुसार थापालाई गत पुष १८ गते बसेको जिल्ला कार्य समितिको बैठकले नेपाल विद्यार्थी संघ बाजुराको अध्यक्षको पद रिक्त रहेको भन्दै थापालाई अध्यक्षमा मनोनीत गर्न अनुरोध सहित नेपाल विद्यार्थी संघ केन्द्रिय समितिलाई पत्रचार गरेको थियो । कांग्रेस जिल्ला कार्य समितिको प्राप्त पत्र अनुसार थापालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यालयले जनाएको छ । नेपाल विद्यार्थी संघको बिधान २०२७ को छैटौं संसोधन २०७५ बमोजिम तिन महिना भित्र अधिबेशन सम्पन्न गर्न अनुरोध सहित अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ । बिगत लामो समय देखी नेपाल विद्यार्थी संघको राजनीतिमा तलिन थापालाई अध्यक्षमा मनोनीत गरे संगै जिल्ला अधिवेशन सप्पन्न गर्न पनि भनिएको छ ।

बिगत लामो समय देखी नेपाल विद्यार्थी संघमा आवद्ध रही विद्यार्थीको हक अधिकारका निमित्त, देशको राजनीति घटनाक्रममा भएका अनियमितता अन्याय,अत्तेचार,भ्रष्टाचार, दुराचार,समाजमा व्याप्त कुरुती कुसंस्कारका विरुद्ध आफ्नो आवाज बुलन्द गर्दै आएका युवा विद्यार्थी नेता थापालाई उनको नेपाल विद्यार्थी संघ प्रतीको योगदानलाई कदर गर्दै अध्यक्षका लागी जिल्लाबाट सिफारिस गरिएको कांग्रेस जिल्ला कार्य समितिले जनाएको छ । आफुलाई दिइएको जिम्मेवारी सफलता पुर्वक बहन गर्ने थापाले बताएका छन् । केन्द्रिय कार्यालयले तोकेको समय अवधीमा जिल्ला अधिवेशन सम्पन्न गराउने पनि थापाको भनाई छ ।

समयको माग र आधुनिक समयको गतिशिलता लाई मध्यनजर गर्दै सामाजिक रुपान्तरण जनताको हक अधिकार सुनिश्चित गर्न र आवाज बिहिनको आवाज बुलन्द पार्नको लागी आफु राजनीतिमा लागेको थापाले बताए । आफ्नो अध्ययन र पारिवारिक समस्यालाई थाती राखेर भएपनि एकजना विद्वान् ब्यतिले भन्नु भयो तिमि राजनिति गर्छौ भने खुल्ला फिल्डमा आउँ भन्ने एक जना विद्वानको भनाईलाई आधार मान्दै खुलेर बिध्यार्थी राजनिमा लगेको थापाले बताए । विद्यार्थी राजनीतिमै हुँदा पनि कारण बस कहिलेकाही पराजित भएको भएपनि कसैलाइ प्रतिसोध साधन र विमति प्रकट गर्न भने राजनीतिमा नलागेको उनको भनाई छ । समाजको गरिबि , अशिक्षा , अन्धबिस्वास , जस्ता कुराको अन्त्य गर्न र नितान्त रुपमा राजनीतिका माध्यमबाट जनसेवा गर्ने उदेश्यले राजनीतिमा होमिएको थापाले बताएका छन् ।

को हुन् त ? जिल्ला अध्यक्षमा मनोनीत थापा यो पनि पुरै पढ्नुस है त

बिद्यालयमा पढ्दा कक्षा ७ मा हुँदै सामाजिक विषय पढ्दै गर्दा राजनीतिमा उत्साहित भैई राजनीति गर्ने सोच बनाई विद्यार्थी राजनीति यात्रा सुभारम्भ गरेका थापाले सर्वप्रथम २०६३ मा नेबिसंघको सदस्यता लिएका थिए। ७ कक्षाबाटै राजनी गर्ने अठोट लिएका थापाको २०६३ बाट नेपाल विद्यार्थी संघको राजनीति यात्रा प्रारम्भ भएको थियो । त्यसपछि थापा २०६४ मा नेबिसंघ मालिका नमुना मावि मार्तडीका इकाई अध्यक्ष बनेका थापा २०७० मा नेबिसंघ बाजुरा जिल्ला उपाध्यक्ष बन्न सफल भए । नेपाल विद्यार्थी संघको निरन्तर नेतृत्व गर्दै आएका थापा नेपाली काँग्रेस बडिमालिका वडा कार्यसमिति सभापति समेत बनेका थिए । यस्तै नेपाली काँग्रेस बाजुरा छैठौ जिल्ला अधिवेशनबाट थापा अधिवेशन प्रतिनिधि समेत बनेका उनी नेपाल बिद्यार्थी संघ ११औँ महाधिवेशन मा जिल्ला बाटा प्रतिनिधि बनेका थिए । २०७५ मा आएर थापा फेरी नेबिसंघ बाजुरा जिल्ला अध्यक्ष बनेका थिए। यसरी निरन्तर नेपाल विद्यार्थी संघकै राजनीतिमा तलिन थापा यस अघि नेपाल विद्यार्थी संघ बाजुराको कार्यवाहक जिल्ला अध्यक्ष थिए । पुनः थापालाई नै जिल्ला अधिवेशन सम्पन्न गराउन अनुरोध सहित जिल्ला अध्यक्षमा मनोनीत भएका छन् । जुझारु,सक्षम, निडर र प्रखर वक्ता युवा विद्यार्थी नेता थापाको राजनीतिमा यि एक पछी अर्को सफलता हुन् ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑