
बाजुरा – दुर्गम गाँउमै स्वास्थ्यकर्मीको टोली पुगेर सेवा दिएपछी स्थानिय खुसी भएका छन् । जिल्लाको हिमाली गाउँपालिका–६ को धुलाचौरमा एक दिने आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको थियो । सो आयुर्वेद स्वास्थ्य शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको टिम गाउँपालिकामै पुगि स्थानीयको स्वास्थ्य चेक जाँच गरि औषधी समेत बितरण गरपछी स्थानिय खुसी भएका हुन् ।

बुधवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजना र हिमाली गाउँपालिकाको समन्वयमा १ दिने आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको हिमाली गाउँपालिकाको कार्यालयले जनकारी दिएको छ । शिविरमा बातरोग, स्त्रीरोग,अम्लपित्त, पायल्स, मधुमेह, बालरोग, चर्मरोग लगायतका बिरामीहरुको उपचार गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका अनुसार उक्त शिविरमा ३ सय ६४ बढि स्थानीयले सेवा लिएको बताइएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर