
बाजुरा – जिल्लाका बिभिन्न सडक खण्डमा जिल्ला प्रशासन कार्यालय बाजुराले तोकेको भन्दा बढि भाडा असुल गर्ने जिप व्यावसायिहरुबाट प्रहरीले भाडा फिर्ता गराउदै आएको पाइएको छ । प्रशासनले तोकेको नयाँ भाडादर बिपरित भाडा असुल गर्ने गरेको सुचनाका आधारमा प्रहरीले जिप व्यावसायिहरुबाट यात्रुहरुलाई भाडा फिर्ता गराउदै आएको हो । यसैसबच बिहिवार जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा गाडी भाडादर दोब्बर असुली गर्दा प्रहरीले भाडा फिर्ता गराको छ ।

कोल्टी देखी धुलाचौर सम्म भाडादर जिल्ला प्रशासन कार्यालय तोकेको भन्दा दोब्बर असुली गर्दा धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लको टोलीले भाडा फिर्ता गराएको ईलाका प्रहरी कार्यालय धुलाचौरले जनाएको छ । बिहिवार बिहान २८ गते बिहान भे १ ज १८५ बन्दबढी गाडी चालक धर्म भट्टराई र गाडी साहु सेर बहादुर रावतले रु ४०० भाडा मनोमानि असुल गरेपछी ईलाका प्रहरी कार्यालय धुलाचौरले नियन्त्रणमा लिएर भाडा फिर्ता गराएको बताइएको छ ।
कोल्टी देखि धुलाचौर सडक खण्ड १७ किलोमीटर छ । जिल्ला प्रशासन कार्यालयले कच्ची सडकमा भाडादर प्रति किलोमीटर १२ रुपैया टोकेको छ । प्रति किलोमिटर रु १२ का दरले कोल्टी देखि धुलाचौर सम्मको भाडा २०४ रुपैयाँ हुन्छ । तर जिप व्यावसायिले भने यो बिपरित भाडा अझै असुल गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले तोकेको भन्दा विपरीत भाडा असुल गर्नेलाई धुलाचौर स्थायी प्रहरी चौकी कडा रूपमा लागिपरेको धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लले छन् ।
जिल्लाका विभिन्न सडक खण्डहरुमा चल्ने सवारी साधानहरुले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको र यात्रुहरुलाई टिकट समेत नदिने गरेको जनगुनासोपछी यहि पौष १९ गते व्यवसायी र राजनीतिकि दलका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा भाडादर कायम गर्न बसेको बैठकले नयाँ भाडादर निर्धारण गरेको थियो । एक सुचना जारी गर्दै निर्धारण गरेको भाडादर सवैले कायम गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो । प्रशासनले यो श्वागत योग्य निर्णय गरेको समेत धेरै जसोले बताएका थिए । व्यवसायी समेत भाडादर कायम गर्न सहमत भएको जिल्ला प्रशासा कार्यालय बाजुराले जनाएको थियो । तर लुकिछिपी भने फेरीपनि व्यवसायीहरुले मनोमानी भाडा असुल्न छोडेका छैनन् । प्रहरीले भने थप सक्रियता बढाएको देखिन्छ । यस्ता कार्य गर्ने जिप व्यावसायिहरुबाट प्रहरीले भाडा फिर्ता गराउदै आएको जिल्ला प्रहरी र्कायालय बाजुराले जनाएको छ ।
यस्तो छ नयाँ निर्धारण गरिएको भाडादर


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर