
मिन बहादुर खड्का बाजुरा – मध्यान्नको समय थियो । खाना खाएर एकछिन् आराम गरिरहेका थिए ,गाँउ घरका मान्छे । उमेरले करिव ७० बर्ष काटिसकेका झै एक बृद्ध पिठ्युँमा ऊनका कपडा बोकेर हिडिरहेको अवस्थामा भेटिनुभयो । उमेरले नातिनातिनी खेलाएर घरमै बस्नु पर्ने भैसकेको देखिनु हुन्थ्यो ।कपाल फुलीसकेका उकालो ओरालोमा लठ्ठीको साहाराले मात्र हिड्न सक्ने देखिनुहुन्थ्यो । सुरुमा देख्दा यति बुदो मान्छे कहाँबाट आएका होलान् भन्ने लाग्यो ।अनुहारमा हेर्दा निकै ठकित नै उहाँ देखिनुहुन्थ्यो ।
पिठ्युँमा उनका लुगाहरुको भारी,ठकित अनुहार , उमेरले दादापारीको घाम भैसकेका बुदेशकालमा अर्काको साहारामा बाच्ने भैसकेका झै लाग्ने उहाँको परिचय सोध्न मन लागिहाल्यो । बुझ्दै जादा त उहाँ धेरै टाढाबाट बाजुरा आइपुग्नु भएको रहेछ । शुकलाल बुढा नाम भएका उहाँको घर जुम्लाको कन्का सुन्दरी गाउँपालिका वडा न ३ धुम पर्ने रहेछ । सोध्दै जादा उमेरले ७० बर्ष काटिसकेको झै लाग्ने उहाँको उमेर ६९ बर्ष भैसकेको उहाँले बताउनुभयो । ऊँनका कपडा बेच्दै जुम्लाबाट बाजुरा आइपुगेको उहाँले बताउनुभयो । हरेक बर्ष बर्षातका महिनाहरुमा उन खरिद गरेर हिउँदमा चिसोको समय सुरु भएपछि जिल्ला भित्र र जिल्ला बहिर गएर ऊँनका कपडा बेच्दै आउनुभएको रहेछ । आफुले यसरी कपडा बेच्दै आएको करिव २५ बर्ष बितसकेको उहाँ बताउनुहुन्छ । उसो त गाउँ-गाउँमा चिसोको समय सुरु हुने बितिक्कै न्यानो लुगा बेच्नका लागी कयौं व्यापारीहरु आइपुगेका देखिन्छन् ।
तर जुम्लाका शुकलाल बुढा भने यि अन्य व्यापारी भन्दा फरक छन् ।किनकी उनी आफैले बुनेका कपडा बेच्ने गर्छन् । तर अरु व्यापारीहरु भने बजारबाट सस्तो मुल्यमा किनेर गाउँमा आएर मुनाफा गर्ने उदेश्यले लुगा बिक्री गर्न गाउँ भित्रीने गरेको पाइन्छ । बिगत २५ बर्ष देखी ऊँन खरिद गरेर आफैले कपडा बुन्ने गरेको बुढाको भनाई छ । उहाँका अनुसार स्विटर, काम्ला बर्का, दरी ओड्ने ओछ्याउने, आदी कपडाहरु पुरानै आफ्नै सीप खर्चेर बुन्नुहुन्छ । उहाँले काँही कतैबाट अहिलेसम्म तालिम पनि लिनु भएको छैन तर बिभिन्न डिजाइनका बुट्टा भरेका कपडाहरु बुन्ने गरेको उहाँले बताउनुभयो । अहिले सम्म आफ्नो श्रम र सिपको प्रचार प्रसार नभएको र कतैबाट तालिम लिन नपनएको उहाँको दुखेसो छ । कतैबाट तालिम लिन पाएको भए अझै नयाँ नयाँ डिजाइनका कपडा बनाउन्थे होला भन्ने रहर अधुरै रहेको उहाँको भनाई छ । फेरी पनि तालिम लिन पाउने उहाँका अपेक्षा अझै छदैछ । एउटा स्विटर मात्र बुन्नका लागी करिव १० दिन लाग्ने उहाँ बताउनुहुन्छ । बर्षाको अवधिभर बुनेका कपडाहरु बोकेर उहाँ चिसोको समय सुरु हुनेबित्तिकै घरबाट कपडा बिक्रि गर्न हिड्ने गरेको उहाँले बताउनुभयो । आफ्नै सिपबाट आफ्नै श्रम खर्चेर तयार पारेका ऊँनका कपडा मंसिरको १० गते घरबाट हिड्नुभएका उहाँ पुष १७ गते जिल्ला सदरमुकाम मार्तडी पुग्नुभएको रहेछ ।
घरबाट हिडेको करिव ३६ दिनपछि बाजुरा पुगेका बुढा जुम्लाबाट अछामको मंगलसैन हुँदै डडेलधुरा, दार्चुला, बैतडी बझाङ भएर जिल्ला सदरमुकाम मार्तडी पुगेको उहाँले बताउनुभयो । यसरी हरेक बर्ष आफ्नै श्रम सिप खर्चेर कपडा तयार पारेर जिल्ला भित्र अनि जिल्ला बाहिरका ठाउँ-ठाउँमा गएर बिक्रि गर्दै आएको उहाँको भनाई छ । २५ बर्ष आफैले बुनेका ऊँनका लुगा कपडा बिक्री गर्दै आफ्नो जिवीको पार्जन गर्दै आएको उहाँले बताउनुभयो । आफ्नो ३ वटा छोरा र ७ वटा छोरिहरु रहेको उहाँ बताउनुहुन्छ । १० वटा छोराछोरीको पालन पोषण देखी बिद्यालय जान खर्च चल्ने गरेको उहाँले बताउनुभयो । जिविको पार्जन मात्र नभैई कुनै बर्ष थोरै भएपनि आमदानी समेत गर्दै आएको हुँदा आफुले व्यावसायका रुपमा लिएको उहाँको भनाई छ ।
करिव १ लाख बराबरको उन खरिद गरी आफैले बुनेर तयार पारेका कपडाबाट बर्षेनी खान बस्न गाडी भाडा सवै खर्च गरेर करिव डेर देखी २ लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो। व्यापार व्यावसयमा कहिले नाफा कहिले घाटा हुने नै भयो । सधै नाफा पनि हुँदैन सधै घाटा पनि हुँदैन । कुनै बर्ष धेरै आमदानी हुन्छ त कुनै बर्ष कम आमदानी हुन्छ । छोराछोरीलाई खान लाउन र बिद्यालय पढाउन यसैबाट चलाउदै आएको छु । कहिले काहीं बचेको पैसाले अन्य कारोवारो गर्न पनि सहज हुन्छ ।खान लाउन कहिले अभाव भएको छैन । शुकलाल बुढाले भन्नुभयो । बुदेशकालमा अर्काको साहारामा बाच्ने भैसकेका शुकलाल बुढा यसरी गाउँ-गाउँमा गएर ऊँनका कपडा बेच्नुको पछाडि धेरैको मनमा अनेकौं प्रश्नहरु उब्जिन सक्छन् । यो उहाँको रहर हो वा बाध्यता हो ।
यो उहाँले खुलाउन पनि चाहानु भएन । उसो त उमेरले असल छोरा बुहारी भएमा घर्मै सुखका साथ बस्नुपर्ने हो तर यो छुट उहाँलाई छैन । किनकी उहाँ कपडा बेच्न कयौं जिल्ला घुमेर बाजुरा आइपुग्नुभयो । बुदेशकालमा बुवाआमालाई बृद्धाआश्रम पठाउने बर्तमान समयमा छोराबुहारीले सुखका साथ बसाउलान भन्नु कल्पना गर्न जस्तै हो । तर सवै छोराबुहारी यस्तो नहुन सक्छन् । त्यो त मान्छेहरुको व्यवाहारमा भर पर्छ । तर शुकलालले भने यो बाध्यता नभएको बताउनुभयो । आफुले बुनेको कपडा बेच्न पाँउदा आफुलाई खुसी महसुस हुने हुँदा दुस्ख गरेर भएपनि कपडा बेच्न आउने गरेको उहाँको भनाई छ । सुरुमा परिवार पाल्नका लागी भेरै दुःद गरेपनि अहिले भने दुःख गर्नुपर्ने बाध्यता भने नरहेको बताउनुभयो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर