
बाजुरा – जिल्लाको बडिमालिका नगरपालिका वडा न . ८ का निवर्तमान वडा अध्यक्ष प्रकाश रावलले अवको १५ दिन भित्र बाजुरामा एमडिजिपी डाक्टर आइपुग्ने बताएका छन् । सुदुरपश्चिम् प्रदेश सूचना तथा संचार प्रचार प्रसार बिभाग सदस्य समेत रहेका युवा नेता रावलले बाजुरामा एमडिजीपी डाक्टर नहुदा जतिल रोगका बिरामीहरु जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउदै अवको १५ दिन भित्र जिल्ला अस्पताल बाजुरामा एमडिजीपी डाक्टर आफ्नो पहलमा ल्याउने तयारी भैरहेको बताएका हुन् ।

उनले सामाजिक संजाल मार्फत यस्तो बताएका छन् । बिगत पाँच बर्ष देखी संघ र प्रदेशमा नेकपा एमालेको सरकार हुँदा जिल्लामा एमडिजीपी डाक्टर ल्याउन नसकेको आरोप समेत लगाएका छन् । यतिमात्र होइन नेता रावलले पाँच बर्षको अबधिमा जिल्ला बासिले जिल्ला अस्पताल बाजुरामा एमडिजिपी डाक्टर नहुदा भोग्नुपरेको समस्याको परिणाम २०७९ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले प्रष्ट पारेको समेत बताएका छन् । जिल्ला बासिले अस्पतालमा एमडिजिपी डाक्टरको आवस्यकता महसुस गरिरहदा पनि जिल्लाबाट निर्वाचित भैई प्रदेश तथा प्रतिनिधिसभाका सांसद बनेका जनप्रतिनिधिहरुले जिल्ला अस्पतालमा एमडिजीपी डाक्टर ल्याउन नसकेको र जनताको जनगुनासोलाई सम्बोधन गर्न नसकेको लेखेका छन् ।
पाँच बर्ष सम्म बाजुराले नपाएको एमडिजीपी डाक्टर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले जितिसकेपछि प्रदेस सभा (ख) का सदस्य पदम शाही र प्रतिनिधि सभा सदस्य बद्री प्रसाद पाण्डे निवर्तमान पार्टी सभापति कबिराज पण्डित लगायतको अथक प्रयास पछि जिल्ला अस्पतालमा एमडिजिपी डाक्टर प्रेरित देबकोटा आउने तयारी पुरा भएको बताए । तर डाक्टर देवकोटाले भने दुगर्म जिल्ला बाटो घाटोका कारण देखाउँदै आनाकानी गरिरहेको उनले बताए । केहि दिन अगाडि बाजुरा आउनका लागी तयारी अवस्थामा रहेका डाक्टर देवकोटालाई राजनीतिकारण गरेर रोक्ने प्रयास भैरहेको भन्ने समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएको थियो ।
तर रावलले भने एमडिजीपी डाक्टर देवकोटा बाजुरा दुर्गम अनि बिकट भएका कारण आनाकानी गरिरहेको बताए । रावलले आफुले डाक्टर देवकोटालाई बाजुरा आउन आह्वान समेत गरेको बताएका छन् । डाक्टर देवकोटालाई आउने की नआउने तत्काल जवाफ दिन भनेको पनि नेता रावलले बताए । यदि डाक्टर देवकोटाले आउन नमानेको खण्डमा अर्को डाक्टर ल्याउनका लागी समेत निर्वाचित सांसद र जिल्लाका शीर्ष तहका नेताहरू संग आफुले टेलिफोन सम्बाद गरेको रावलको भनाई छ ।
उनले सामाजिक संजालमा लेख्दै भनेका छन् । उहाँ बाजुरा आउने हो भने यथाशीघ्र जिल्लामा आउन हुन अनुरोध गरिन्छ । यदि नआउने र खाली आश्वासन मात्र हो भने हामी तत्काल १५ दिनमा अर्को एमडिजीपी डाक्टरका लागी पहल गर्छौं । जिल्ला वासिलाई सेवा सुबिधा चाहिएको भन्दै निवर्तमान अध्यक्ष रावलले जिल्लामा एमडिजिपी डाक्टर ल्याउने कुरामा कसैले आनाकानी गरेको खण्डमा बाजुरेली युवाहरू जस्तोसुकै मुल्य चुकाउन पनि बाध्य हुने युवा नेता रावलले चेतावनी समेत दिएका छन् । यतिमात्र होइने नेता रावलले अन्ततः युवाहरू थप आन्दोलनका चरणहरु अघि बढाउन बाध्य हुने बताएका छन् ।
यस्तो छ उनले लेखेको फेसवुक स्टाटस

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर