
मिन बहादुर खड्का बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न . ३ का पुडाबाउलाका ३२ बर्षिया युवक संकर मिजार दलित भएकै कारण कुटिएका छन् । मिजारलाई उनकै समुदायका दुइ जना युवकले जातीय बिभेद गर्दै निर्घात कुटपिट गरेको पाइएको छ । मिजारलाई कुटपिट गर्नेहरू सोही ठाउँका स्थानीय हिरेन्द्र रावत र पारस रावत रहेका छन् । निज दुवै जनाले मिजारलाई अपशब्द प्रयोग गर्दै मिती २०७९ साल ८ महिना २३ गते दिउँसो ३ बजेतिर कुटपिट गरेका हुन् ।

सो दिन सो गाउँको सामुदायिक बनमा घास फुकुवा गरिएको थियो । उनकी श्रीमती घास काट्न जङ्गल गएकी थिइन् । श्रीमतीले घास ल्याउन जङ्गल बोलाएपछी घास ल्याउका लागी बाटोमा हिडिरहेको बेला गाउँकै एक पसलमा पुग्दा कुटपिट गर्ने हिरेन्द्र रावत र पारस रावतको मिजार संग सामान्य भनाभन भएको थियो । सामान्य भनाभनको स्थितिलाई लिएर दुई जना मिलेर मिजारलाई निर्घात रुपमा ज्यान मार्ने उदेश्यले कुटपिट गरेको पीडित परिवारको आरोप छ । कुटपिट गर्ने दुवैजनाले डुम शब्द प्रयोग गर्दै मिजार माथी निर्घात कुटपिट गरेको पनि पीडित पक्षको पारिवारिक श्रोतले जनाएको छ । निर्घात कुटपिट पछि गम्भीर घाइते भएका मिजारको अहिले धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
अहिले घाइतेको उपचार भैरहेको हुँदा घाइतेको स्वास्थमा सुधार आए लगत्तै कानुनी प्रक्रियामा जाने परिवार निकट श्रोतले बताएको छ । सार्वजनिक रुपमा जातिय बिभेद गर्दै निर्मम पुर्वक कुटपिट गर्ने दुवैजना विरुद्ध जातिय छुवाछूत विरुद्धको कसुरमा जाहेरी दिने तयारी भैरहेको पनि बताइएको छ ।
घटना के कति कारणले भएको हो भनी त्यहाँका स्त्थानियलाई बुुुझ्दा कुटपिट गर्ने समुह र कुटाइ पाएका मिजारले मधिरा सेवन गरेर आपसमा दोहोरो भनाभन भएपश्चात् रावतले मिजारलाई निर्घात कुटपिट गरेको त्यहाँका स्थानीयले बताएका छन् । मिजार र कुटपिट गर्ने समुह बीच पहिलै देखी दुश्मनी रहेको पनि एक श्रोतले बताएको छ । यता कुटपिट गर्ने दुवै जनालाई बुुुझ्न खोज्दा फोन सम्पर्क हुन सकेको छैन । दलित भएका कारण जहिले त्यो समुदायका उपल्लो जातिका व्यक्तिहरुले अपहेलना गर्दै आएको त्यहाँका दलित अगुवाहरुको भनाई छ । सो दलित समुदायलाई ल्वार बाडो, भुल बाडो डुम बाडो त्यहाँका अन्य समुदायका व्यक्तिले भन्दै आएको पाइएको छ । पहिले देेेेखी नै यि शब्दहरु प्रयोग हुुँदैआएको एक विद्यार्थी उमेेेश सुनारले बताए ।
दलित भएकै कारण कुटपिट गर्ने दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने एक जना युवा विद्यार्थी सुमित सुनारले बताए । दलित भएकै कारण कुटिएका मिजारलाई न्याय दिलाउनका लागी कानुनी प्रक्रियामा जाने उनको भनाई छ । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै त्यहाँका स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी , लगायतलाई उक्त घटनाको सत्य तथ्य छानबिन गराई दोषीलाई कानुनी कारबाही गराउन माग समेत गरेका छन् । अहिले उक्त घटनाको सामाजिक संजालमा समेत कडा आलोचना भैरहेको छ ।
दलित अधिकारकर्मीहरुले यो घटना प्रति खेद समेत प्रकट गरेका छन् । यो घटना प्रति घोर आपत्ती समेत जनाइरहेका छन् । दोषीलाई कानुनी कट्घेरामा उभ्याउन सवैले सक्दो सहयोग गर्न अपिल समेत गरिरहेका छन् । सानो ठुलो जातको नाममा दलित भएकै कारण कुटिनुपर्ने कहिसम्म ? मानबले मानवलाई अमानवीय व्यवाहार गर्न कहिले सम्म छोड्छन यि प्रश्नहरु यत्रतत्र उठिरहेको अवस्था छ । जिल्लामा जातीय बिभेदका घटनाहरु निरन्तर घटिरहेका छन् । जिल्लाको त्रीवेणी नगरपालिकामा रहेको नाटेश्वरी मन्दिर प्रवेश गरेको भन्दै एक दलित समुदायका व्यक्ति माथी अभद्र व्यवाहार गर्दै सार्वजनिक रुपमा जातीय बिभेद गरेको घटना सेलाउन नपाउदै यो जिल्ला भरको एक अर्को उद्घारणिय घटना हो ।
यो भन्दा अगाडि यस्ता थुप्रै घटनाहरु जिल्लामा घटिरहेका छन् । दिनानुदिन दलित समुदाय माथि यि घटनाहरु दिहोरिरहेका छन् । सिङ्गो दलित समुदाय माथि यि घटनाहरु दिन प्रतीदिन दोहोरीदै जानुको पछाडि नेपाल सरकारले छुवाछूतको अन्त्य गर्नका निमित्त गरिएको संबैधानिक व्यवस्था केवल कागजको पानामा सिमित भएको पुष्टि हुन्छ । बरु यस्ता घटनाहरु घटाउने प्रमुख दोषीलाई संरक्षण गर्नका लागी सिङ्गो राज्य नै लागिपरेको देखिन्छ । अहिलेको एक्काइसौं सताब्दीमा आइपुग्दा पनि दलित समुदाय माथि हुने थिचोमिचो दमन, शोषण, लगायतका घटनाहरुमा कमी आउन सकेको छैन ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर