
मिन बहादुर खड्का बाजुरा – जिल्लाको त्रीवेणी नगरपालिका वडा न . ९ ताम्सुमा रहेको भिजन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । एक लागी सवै सवैका लागी एक भन्ने मुल नराका साथ भिजन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको स्थापना गरिएको उक्त सहकारी सस्था लिमिटेडको बार्षिक साधारणसभा सभा शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सप्पन्न भएको हो ।

गरीवी न्यूनीकरण लागी समुदायमा रहेका न्यून आर्थिक हैसियत भएका गरिव बिपन्न अर्थात निम्न बर्गका व्यक्तिहरुका लागी ऋण प्रदान गर्दै आएको छ । सस्थाबाट प्राप्त गरेको ऋणबट आफुले चाहेको व्यावसाय संचालन गर्दै आएको पनि भिजन बचत तथा ऋण सहकारी सस्था लिमिटेडले जनाएको छ ।
१८ बसन्त पार गरी १९ बर्ष पार गरेको अवसर पारी यस सस्थाले बार्षिक रूपमा गरेको प्रगति बिवरण र हाल सम्म भए गरेका प्रगति विवरण प्रस्तुत र सस्थालाई अझ बढी प्रबिधीयुक्त बनाउन आगामी दिनमा गर्नुपर्ने प्रयासहरु लगायतका बिषयमा समिक्षा समेत भएको सस्थाका शेर सदस्य मदन थापाले जानकारी दिएका छन् ।
उनका अनुसार आर्थिक बर्ष २०७८/७९ मा ८७५ जना शेर सदस्यलाई कुल एक करोड ४५ लाख ३९ हजार ७७ कुल लगानी गरेको बताइएको छ । गत बर्षको साधारण सभामा सस्थाका शेर सदस्यको संख्या १ बर्षमा ८०० भन्दा बढी बनाउने लक्ष लिएको थियो । सस्थाले लिएको लक्ष पुरा गरी थप ७५ जना शेर सदस्य थप्न सफल भएको पनि शेर सदस्य थापाले बताए ।
सस्थाका अनुसार त्रीवेणी नगरपालिकाका १ देखी ९ सम्म कार्यक्षेत्र रहेको भिजन ऋण सहकारी सस्था लिमिटेड जिल्लाको त्रीवेणी नगरपालिका वडा न . ९ ताम्सु २०६१ साल फाल्गुन १ गते स्थापना भएको थियो । स्थापना कालमा ५० जना शे सदस्य मात्र रहेको उक्त सहकारी सस्थामा हाल ३७५ महिला र ४९० पुरुष गरी जम्मा ८७६ शेर सदस्य छन् । सामन्य लगानीमा स्थापना गरिएको उक्त सहकारी सस्थाको हाल सम्मको कुल आमदानी १ करोड ९४ लाख ६ हजार ५३५ रहेको छ ।
एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको बार्षिक साधारणसभा कार्यक्रम सस्थाका अध्यक्ष मन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिती त्रीवेणी नगरपालिका वडा ९ का व्डा अध्यक्ष नन्द बहादुर थापा रहेका थिए। कार्यक्रममा बिशिस्ट अथिती नेकपा एमाले प्रदेश कमिटी सदस्य दल बहादुर खत्री, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य धर्मे नेपाली, लगायत सस्थाका पधातीकारी सेवा क्षेत्र भित्रका शेर सदस्य लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन कोषाध्यक्ष दिनेश बहादुर शार्कीले गरेका हुन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर