
मिन बहादुर खड्का बाजुरा – नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्रि समेत रहेका प्रतिनिधि सभा सदस्य बद्रि प्रशाद पाण्डेले केपी ओलिले ध्वस्त पार्न खोजेको संविधान र लोकतन्त्रलाई गठबन्धनले उद्धार गरेको बताउनुभयो। बुढिनन्दा नगरपालिकाकाे कोल्टीमा आयोजित गठबन्धको धनयबाद सभालाई सम्बोधन गर्नुहुँदै पाण्डेले यस्तो बताउनु भएको हो । जसको नेतृत्व नेपाली कांग्रेसले गरेको पाण्डेको भनाई छ ।

बिगत पाँच बर्षमा केपी ओली नेतृव्को सरकार हुँदा सरकारको नेतृत्व गन व्यक्ति नै प्रतिगमनको बाटोमा लागेपछी देश अस्थिरता तर्फ धकेलिएको बिचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “आफु सरकारमा हुँदा केपी ओलिले कसैको कुरा सनेनन्। पार्टी भित्रकै व्यक्तिको कुरा सुनेनन् र बिशाल पार्टी एमाले बिभाजन भयो । संचार जगतलाई बनदेज गरे । दुई दुई पटक संसदको हत्या गरे । जनताको बलिदानबाट प्राप्त संबिधालाई नै कुल्चिए । सम्बिधान भन्दा माथी हने कुचेष्टा गरे । आफ्नो व्यक्तिगत स्वार्थका लागी लोकतन्त्रको मुल मर्म बिपरित कदम चाल्न पनि पछि हटेनन्।” केपी ओलिको अमकारका बिरुद्ध सम्बिधान र लोकतन्त्रको रक्षाका लागी गठबन्धन भयो । गठबन्धले राजनिति स्थिरता दिने बिश्वास समेत व्यक्त गर्नुभयो।
केपी ओलिको अहमतालाई निर्वाचनले पाखा लगाएको पसिन पाण्डेले उल्लेख गर्नुभयो ।बिकासका लागी एकिबद्धता आवश्यक हुने बताउनुहँदै स्थानिय सरकार संग काम गरेर अगाडी बढ्ने बताउनु भएको छ। बिगतमा केन्द्रमा एमालेको सरकार हुँदा स्थानिय सरकारमा नेपाली कांग्रेसले जितेको पालिकाका प्रमुख उपप्रमुखहरुले सहज ढंगले गर्न नपाएको बताउँनुहुदै अव गठबन्धनको सरकार भइरहदा त्यो परिस्थति नदोहोरिने बताउनु भयो । केन्द्रमा र प्रदेशमा गठबन्धनको सरकार बन्ने हुँदा आफुहरुले स्थानिय सरकाहरु संग केन्द्र प्रदेश रस्थानिय सरकार सहकार्य गरेर अगाडी बढ्न सकेकमा मात्र बाजुराको बिकासमा टेवा पुग्ने पाण्डेको भनाई थियो ।
जिल्लाको त्रिवेणी नगरपालिकामा घटेको अप्रिय घटनाका बिषयमा बोल्दै साँसद पाण्डेले त्यँहा घटना घट्नुको पछाडी मुख्य योजनाकारहरु रहेको भन्दै उक्त घटनाको सत्य तथ्य छानविन गराई परिवारलाई उचित क्षेतीपुर्तीको व्यवस्था मिलाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मृतकहरु दुवै जना प्रति श्रादानजली व्यक्त गर्नुहँदै मृतकहरुलाई न्याय दिलाउने कुरामा काँही कतै कसुर नराख्ने बताउनुभयो।
उक्त घटनालाई लिएर बद्री पाण्डले चुनाव जित्नका लागी मान्छे मार्न लगाएको आरोप सैय बिषय नभएको हुँदा घटनाको सत्य तथ्य छानविनको पक्षमा आफु सुरुवाती देखि पहल गर्दै आएको पाण्डेको भनाई छ । आगामी निर्वाचनलाई स्वच्छ निष्पक्ष, र भयरहित वातावारणमा सम्पन्न गराउने तिर केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । आफुलाई अमुल्य मतदान गरेर बिजयी गराउने मतदातालाई धन्यबाद दिनुहुँदै नेता पाण्डेले युवाहरुलाई स्वरोजगार बनाउनका लागी आफु काक्ही कतै कसुर नराख्ने बताउनुभयो । मतदातालाई धन्यबाढ दिन कोल्टी पुगेका पाण्डेले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै राजनिति बिकासका लागी गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधि सभा भित्र अवसरका लागी मात्र नगएको बताउनुहँदै उहाँले जनताले दिएको अमुल्य मतको सधै कदर गर्ने र। जिल्लाको समग्र बिकासका लागी संसदमा सिङ्गो बाजुराको आवाजलाई बुलन्द गर्ने बताउनुभयो ।
संसदमा आफुले बोलेको आवजलाई यदि सरकारले सनेन भने थप रचनात्मक ढङ्गको बाटोबाट अगाडी बढ्ने बताउनुभयो । अवको पाँच बर्षमा जिल्लालाई बिकास उन्मुख जिल्लाका रुपमा अगाडी बढाउने आफु सधै प्रयत्न गर्ने बताउनुभयो । आफु जिल्लाको बिकास र परिवर्तनका लागी राजनितिमा तलिन रहेको बताउनुहुँदै जिल्लाको बिकासका लागी आफु सधै तत्पर रहने धारणा व्यक्त गर्नुभयो। बिगत पाँच बर्षको कार्यकाल भन्दा आफ्नो कार्यकाललाई उपलव्धिमुलक बनाउने स्पष्ट पार्नुभयो । आफ्नो कार्यकादमा जनबिरोधि कार्य काँही कतै नगर्ने बताउनुहँदै जनताले लिएको परिक्षामा दिष्टिक्सन ल्याएर पास हुने र जनताको मन जित्ने आफ्नो संकल्प रहेको बताउनुभयो ।
उहाँले बाजुराले अव बिकासको गति लिनेछ भन्ने कसुराका बिश्वस्त रहन आग्रह गर्नुभयो ।बिकास भनेको जनातको सुख रहेको बताउनुहुँदै जनताका अपेक्षा अनुसारको काम गर्न सक्नुनै साँचो अर्थमा नेतृत्व रहेको बताउनुभयो । बिकास निर्माणले जनताका साझा आवश्यकताहरु परिपुर्ती हुन सकेनन् भने उक्त बिकास निर्माणलाई बिकास मान्न नसकिने पाण्डेको भनाई छ । जनप्रतिनिधि सवैको साझा हुने हाँदा कुनै सिमित व्यक्तिका आवश्यकताहरुको पहिचान गरि सो अनुसारको बिकास निर्माणलाई प्रसय दिने हो भने ति बिकास निर्माणका कार्यहरुले समदायका साझा आवस्यकताहरु पुरा नहुने बताउनुभयो ।
साथै नेता पाण्डेले बिकास निर्माण् भावी पुस्ताले पनि समझिन लायक हुनुपर्ने बताउनुहुँदै दिगो बिकासमा जोड दिनुभयो । पिछडीएको बाजुरा जिल्लालाई अन्य जिल्लाको बरावरिमा ल्याउन जिल्लाबाट निर्वाचित भएर गएको तिनै जना साँससदहरु बिच आपसी सहकार्य गरेर अगाडी बढ्ने बिश्वास दिलाउनुभयो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर