
मिन बहादुर खड्का बाजुरा –कुटपीट पछि उपचारका लागी लैजादै गर्दा बाटोमै ज्यान गुमाएका नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेता अयडीलाई कुटिपट गर्ने समुहलाई प्रहरीले पक्राउ गर्न सकेकाे छैन । जिल्लाको त्रिवेणी नगरपालिका –७ मा गत मंसिर चार गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ता विच दोहोरो झडपमा घाइते भएका नेता अयडीलाइ उपचारका लागि अछामकाे बयलपाटा अस्पतालमा लिदै गर्दा बिच बाटाेमै उनकाे निधन भएको थियो । अयडीकाे निधन भएकाे १० दिन बितिसकेकाे छ । तर दाेषी भने दइ जना बाहेकका अन्य हालसम्म पनि फरार छन् । विद्यार्थी नेता चेतन अयडीको ९ दिन पछि हिजो अन्तिम दाह संस्कार गरिएको छ । हत्यारा पक्राउ नगरेसम्म शव नबुझ्ने अडानमा रहेका आफन्तले हिजाे अर्थात साेमवार शव बुझेपछी हिजो नै दाहसंस्कार गरिएको हो ।

अयडीलाई स्थानिय कांग्रेस कार्यकर्ताले मंसिर ४ गते साँझ कुटीपिट गरेका थिए। कुटपटि पश्चात उपचारका लागी बयालगडा अस्पताल अछाम लिँदै गर्दा बीच बाटोमै प्राण त्यागेका थिए। पोष्टमार्टम गरिएपनि शव बुझ्न आफन्तले मानेका थिएनन् । प्रहरी प्रशासनले पक्राउको ग्यारेन्टी र कारवाही प्रक्रिया अघि बढाइ सकेको र क्षेतिपूर्तिका लागि निर्णायक पहल सुरु गरेपछि आफन्तले शव बुझेर दाहसंस्कार गरिएको छ । सोही दिनको बुथ केन्द्रमा भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको भने आफन्तले यस अघि नै दाहसंस्कार गरिसकेका छन् । चेतन अयडीको हत्याको आशंकामा आफन्तका तर्फबाट २२ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा किटानी उजुरी दिएका छन् । उजुरी दिएका मध्ये २ जना पक्राउ परेका छन् । भने बाँकीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
शवको दाहसंस्कार गरेपनि नेकपा हत्यारा पक्राउ र कब्जा गरिएका १६ वटा बुथको पुन मतदान नगराएसम्म आफ्नो चरणवद्ध आन्दोलन भने जारी राख्ने नेकपा एमालेले जनाएको छ । प्रहरीले दोषिलाई पक्राउ गर्न नसकेको सुमेत अनेरास्वयु बाजुराले आरोप लगाउदै आएको छ । सत्ताको आडमा रहेर प्रहरीले हत्यारालाई पक्राउ गर्न नसकेका र उल्टै प्रहरी सुंरक्षणमा लागेको जिकिर एमाले निकट नेता कार्यकर्ता र एमाले भातृसंघ अनेरास्युको बिद्यार्थी नेताहरुको छ । सत्ता र शक्तिको आडमा रहेर दोषिलाई कारबाही नगरेको भन्दै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुका बिरुद्ध नारवाजी गर्दै राजनिमा दिनुपर्ने माग सहित आनदोलन जारी रहेको छ । उल्टै न्याको लागी शान्तिपुर्ण तरिकाले आन्दोलनमा उत्रिएका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको आरोप समेत एमालेको छ । केही दिन अघि सुरक्षा निकायका प्रमुखहरु माथि नै आक्रमणका प्रयास समेत भएको थियो ।
यो बिषयमा प्रहरीले के कसरी अनुसन्धान लाई अगाडी बढाइरहेको छ ? दोषिलाई पक्राउ गर्नका लागी के कस्तो पहल भइरहेको छ ? भन्ने बिषयमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सुर्य बहादुर थापालाई सोध्दा प्रहरीले दोषिलाई पक्राउ गर्नका लागी तदारुप्ताका साथ अगाडी बढिरहेको बताएका छन् । थापाले प्रहरीले सक्रियताका साथ अनुसन्धनलाई अगाडी बढाइएको बताए । दोषिलाई जतिसक्दो छिटो पक्राउ गर्नका लागी प्रहरी रातदिन खटिरहेको प्रहरी प्रमुख डिएसपी थापाको भनाई छ । थापाले प्रहरीले दोर्षिलाई पक्राउ गरी कानुन कटघेरामा उभ्याउने कुरामा काँही कतै कसुर नराख्ने बताए । कुनै राजनिति दलको दवावमा हत्यारा पक्राउ गर्न नखोजेको भन्ने कुरा आफुहरुलाई आरोप मात्र लगाउन खोजेको उनले बताए ।
उनले भने “प्रहरीले जसरी पनि हतयारालाई प्रहरीले जसरी पनि पक्राउ गर्छ । प्रहरी कसैको दवावमा हत्यारालाई लुकाउने छिपाउने भन्ने हुुँदैन। प्रहरी निरन्तर अनुुसन्धानका क्रममा छ । दुई जनालाई पक्राउ गरिसकेका छौँ । अन्यलाई पनि जतिसक्दो छिटो हामी पक्राचउ गर्नेछौँ । यसमा प्रहरीले काँही कतै कसुर राख्दैन । हत्यारालाई भनेको समयमै पक्राउ गर्न सकिने भन्ने हुँदैन आफ्नो समयअनुकुल प्रहरीले पक्राउ गरिदियोस भन्ने ठान्नु स्वभाविक हो तर पक्राउ गर्न ढिलो चाडो हुन्छ नै कुनैपनि हालतमा हत्यारा उम्किन पाउने छैनन्। हामी एक दिन अवश्य पक्राउ गर्नेछौँ । यो ठुलो अपराध हो” । यति मात्र हाइन प्रहरी प्रमुख थापाले हत्यामा संलग्न व्यक्ति कोही कसैले भेटेमा गोप्य रुपमा प्रहरीलाई खबर गरेर सहयोगगर्न पनि आग्रह गरेका छन् । उनले प्रहरीले हत्यारा पक्राउमा सक्रियता नबढाएका भनि लगाएको आरोपका बिषयमा बोल्दै यो आफुहरुलाई आरोप मात्र लगाएका बताएका छन् ।प्रहरी कसैको दवावमा नरहेको पनि उनको भनाई छ । प्रहरीले हतयारालाई पक्राउ गर्नेछ भन्ने कुरामा बिश्वस्त रहन पनि आग्रह गरेका छन् । प्रहरीले कुनै पनि हालतमा हतयारालाई उम्किन नदिने र प्रक्राउ गर्ने उनले प्रतिव्यक्त गरेका छन् । प्रहरी प्रमुख थापाले यस्ताे बताएतापनि चेतनकाे निधन भएकाे १० दिन बितिसक्दा पनि २ जना बाहेकलाई पक्राउ गर्न सकेकाे छैन । चेतनलाई कुटपिट गर्नेमा संलग्न २२ जनाकाे नाममा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकाे छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर