
बाजुरा — अनेरास्ववियु केन्द्रीय सदस्य चेतनदिप अयडीको ९ दिन पछि मात्र शबको दाहसंस्कार गरिएको छ । शव खुलामंच मार्तडीमा नेकपा एमाले बाजुराद्धारा श्रदान्जली सभको आयोजना गरिएको थियो। मसिंर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन पश्चात नेपाली काँग्रेसका कार्यक्रताद्धारा हत्या गरिएका अएडीको ९ दिन पछि दाह सस्संकार गर्नका लागी लगिएको हो ।
उनको शव श्रदान्जलीका लागि खुलामंचमा राखेर केही समय पछी शव दाहसस्कारका लागि लगिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले जानकारी दिए । त्यस पश्चात दाहसंस्कार बुढीगगा नदिमा गरिने पनि उनले बताए ।

अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइृ निर्घात कुटपिट गरेको थियो । अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडिको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । बयलपाटा अस्पताल बाट पोष्टमार्टम गर्नका लागि चेतनको शव अस्पताल बाजुरामा ल्याइएको थियो ।
त्रिबेणी ७ मा दिउसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा त्रिवेणी ७ बस्ने सञ्जिब अयडिको मृत्यु भएको थियो । सञ्जिबको मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो ।सञ्जिब अयडिको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर अनेरास्वीयुका केन्द्रिय सदस्य चेतन अयडि लगायत एमाले कार्यकर्ता माथि कुटपिट गरेको थियो ।
नेकपा एमाले बाजुराले पनि चेतनको हत्यारालाइ प्रक्राउ गरि दोषि माथि कार्यवाहिको माग गर्दै मंसिर ५ गते देखी बाजुरामा आन्दोलन गरिरहेको छ । मंसिर ४ गते त्रिवेणी ७ मा नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई चेतनको घरमा पुगेर साँझ कुट्पिट गरेपछी यपचार्को क्रममा चेतनको निधन भएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर