
बाजुरा- जिल्लाको सदरमुकाम मार्तडीमा गठबन्धन बाजुराकोे बृहत मोटरसाइकल र्याली संगै कोण सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस निकट नेता कार्यकर्ता र पाँच दलिय गठबन्धनमा आवद्ध नेताकार्यकर्ताहरुले मोटरसाइकल र्याली गर्दै मार्तडी बजार परिक्रमा गरेका हुन् । चुनावी प्रचारप्रसारमा घरदैलो अभियान संगसंगै आज गठबन्धन बाजुराले जिल्लाको अछाम र बाजुराको सिमाना इक्णीबाट सुरु गरिएको बाईक र्याली बुढिगंगा नगरपालिका हुदै सदरमुकाम मार्तडीमा ल्याइएको हो ।नेपाली काँग्रेसले करिब दुईसय भन्दा बढि बाईक जिल्ला सदरमुकाम मार्तडीमा ल्याई लोकतान्त्रिक चोकमा कोण सभा गरिएको हो । बाजुरामा गठबन्धनको सुनिचित जित भएको संकेत गर्दै चुनावको मौन अवधि अगावै बृहत मोटरसाइकल ¥याली निकालिएको नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापाले जानकारी दिएका छन् ।

सयौ बाईक माथी युवाहरुको जमात र नेपाली काँग्रेसको झण्डा फर्फराउदै सदरमुकाम मार्तडीमा केन्द्रित भई प्रत्येक चोक चोकमा छिर्दै बाईंक ¥याली सम्पन गरेको हो ।अछाम र बाजुराको सिमाना बाट प्राराम्भ गरिएको बाईक ¥याली बडिमालिका नगरपालिकाको अनाई सम्म घुमाएर लोकतान्त्रिक चोकमा २ सय भन्दा बढि बाईक तैनाथ गरिएका हुन । देशमा गठबन्धनको पक्षमा जनमत भएकाले बाजुरामा पनी गठबन्धनको जित निसित भएको भन्दै सयौ बाईक जिल्ला सदरमुकाम मार्तडीमा उतारिएको नेपाली कांग्रेस बाजुराले जनाएको छ । जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा उक्त कोण सभा कार्यक्रमलाई पाँच दलिय गठबन्धनमा आवद्ध दलका नेता कार्यकर्ताहरु र भातृ संघका विद्यार्थी नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांस नेता कार्यकर्ताहरु देशलाई दुर्घटनाबाट बचाउनका लागी गठबन्धनलाई जिताउन आवस्यक रहेको बताएका थिए ।
यतिमात्र होइन कार्यक्रममा बोल्ने वक्ताहरुले दुई तिहाईको बहुमतका साथ सत्तामा पुर्याउदा पनि केपी ओली नेतृत्वको सरकार र तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीली दुई दुई पटक संसदको हत्या गरेको हुँदा आगामी मंसिर चार गते प्रतिगमकारी,अलोकतान्त्रिक ,असम्बैधानिक,स्वैच्छाकारी कदम चाल्नेहरुमा प्रगास्त गर्ने बेला आएको दावी गरेका थिए । नेताहरुको अहंकारको अन्त्य हुने दिन आउन अव केहि दिन मात्र बाकी रहेको बताएका हुन् । आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताले स्वतन्त्र मतदान गर्न पाउनुपर्नेमा जोड दिएका थिए ।
बिगतका निर्वाचनमा जस्तै बुट कब्जा गरेर जनताको मतदान गर्ने अधिकारलाई कुण्ठित गर्न खोजेमा अर्थात पाँच दलिय गठबन्धन भित्रको एउटा पनि कार्यकर्ता असुरक्षित भएमा सिङ्गो नेकपा एमालेका सिङ्गो कार्यकर्ता असुरक्षित हुने चेतावनी समेत दिएका थिए । बाजुरेली जनताले मतदान गरेर संसदमा पठाएकाहरुले जनताको अभिमतको कदर नगरेको र जनताका अपेक्षा, जनभावना अनुसारको काम गर्न नसकेको र व्यक्तिवादी प्रवृति हावी हुँदै गएकोले अवसरवादीहरुलाई फेरी जिताएर पठाउन आवस्यक नभएको उल्लेख गरेका थिए । यतिबेला बाजुरा जिल्लाको समग्र बिकास र परिवर्तनका लागी, समृद्ध बाजुरा सुखी बाजुरेली बासीको अभिभारा पुरा गर्न सक्ने गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आहावान समेत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने नेकपा एकिकृत समाजबादी र माओबादी केन्द्रका नेताहरुले प्रदेश क मा आफुहरुले केही टुङ्गो लाग्न नसकेमा मित्रवत प्रतिसपर्धा गरेपनि प्रतिनिधि सभा र प्रदेश सभा ख मा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश (ख ) को तल्लो क्षेत्रमा गरिएको बाईक ¥यालीको कोण सभामा बोल्दै नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक बहादुर थापाले बाजुरामा गठबन्धनको जित निसित भएकाले सबैले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको छ । संविधान र लोकतन्त्रको रक्षा गर्ने गठबन्धन भएको बताउदै आसन्न मंसिर ४ गते नेपाली काँग्रेसको चिन्ह रुखमा मतदान गर्न अनुरोध गरेका छन् ।
त्यस्तै सोही कोण सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष खेमराज साँउदले नेकपा एमालेका कार्यकर्ताले नेकपा माओवादी गठबन्धनको पक्षमा नरहेको अफबाह फैलाएको बताउदै गठबन्धनका उम्मेदार बद्री पाण्डे र प्रदेश ख का उम्मेदवार पदम बहादुर शाहीलाई मतदान गरी विजय गराउन आग्रह गरेका छन् । त्यस्तै कोण सभालाई सम्बोधन गर्दैै काँग्रेस महाधिवेश प्रतिनिधी योगेन्द्र रावलले बाजुरामा गठबन्धको विजयी निक्षित भएको बताएका छन् ।
उहाँले कण बहादुर थापा र लाल बहादुर थापाले २०७९ को स्थानिय निर्वाचनमा बुथ कव्जा गरे जस्तो यसपालिको निर्वाचनमा बुथ कव्जा गर्ने आशा नगर्न आग्रह गर्नुका साथै बाजुरामा अव गठबन्धनलाई हराउने एमालेको ताकत नभएको बताउनु भयो ।त्यस्तै कोण सभालाई समापन गर्दै काँग्रेस महाधिवेशन प्रतिनिधी गुरुदेब केसीले नेकपाका उम्मेदवार कण थापा र लाल थापाले जंगली पारा नदेखाउन आग्रह गरे । यदी यो पटक पनी जंगली पाराले चुनाव जित्ने आट गर्नुभएको छ भने आजैबाट दिमागबाट हटाउनु पर्ने बताए । स्वच्छ प्रतिशपर्धामा चुनाव लड्नुहोस यदी होइन भने यसपाली गठबन्धनले सारा ताकत लगाउने उनको भनाई छ । कोण सभा कार्यक्रमको संचालन भने प्रदेश (ख) सचिव चक्र जोशीले गरेका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर