
मिन बहादुर खड्का बाजुरा- आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बाजुराबाट प्रदेश सभा समानुपातिक सदस्यकी उम्मेदवार जुना दानीले महिला शसक्तिकरणका लागी आफ्नो उम्मेदवारी रहेको बताएकी छन् । संचारकर्मीले तपाइको उम्मेदवारी किन र के का लागी भन्ने प्रश्नको जनवाफ दिँदै नेतृ दानिले यस्तो बताएकी हुन ।

जवाफमा दानिले भनिन् बाजुरा जस्तो दुर्गम अनि बिकट जिल्लाका उनाकन्धरामा कयौँ महिला दिदिबहिनीहरु महिला हिंसाको सिकार हुन बाध्य अझै छन् । कयौँ महिला दिदिबहिनाका आवाजहरु अझै राज्यको पहँचमा पुग्न सकेका छैनन् । कयौँ बाजुराकी महिला दिदिबहिनिहरु अहिलेको युगमा पनि आफ्नो घर धन्दा र चुलोचौकोमै व्यस्त छन् । बाजुरको सन्दर्भ केलाउन हो भने महिलाहरु नेतृत्वमा निकै पछाडी छन् ।उहाँहरुलाई नेतृत्व भनेको के हो आत्मनिर्भता के हो । व्यावसाय के हो । भन्ने कुरा थाहा छैन। यो पुरतनबादी सोच बिचार भएको समाजमा कष्टकर जिवन यनपन गर्न बाध्य कयौँ महिला दिदिबहिनीहरु छन् । ति महिला दिदिबहिनिहरुको क्षमता बिकास् उहाँहरुलाई कसरी आत्मनिर्भएर बनाउन सकिन्छ ।
उहाँहरुलाई कसरि व्यावसायिक बनाउन सकिन्छ भन्ने नै मेरो प्रमुख एजेन्डा रहनेछ । म यि महिला दिदिबहिनिहरुले भोग्दै आएका पिडा र सामाजिक मुद्धाहरुकाबिषयमा हिजोका दिन देखि नै वकालत गर्दै आएकी छु । महिलाहरुको आवाजलाई बुलन्द्ध गर्ने कुरामा कांही कतै कसुर राखेको छैन् अव पनि राख्ने छैन् ।संबिधानमा महिलाहरु हक अधिकार सनिश्चितता र महिला शसक्तिकरण र पुतिसतात्मक सोच बिचारबाट ग्रसित नेपाली समाजबाट महिलाहरुलाई राज्यको मुल प्रवाहिकरणमा ल्याउनका लागी गरेका थुप्रेै प्रयासहरु र संवैधानिक व्यवस्था राज्यले गरेपनि कायौनयनमा भने फितलो भएको उनले बताएकी छन् ।
अझ बाजुराका अधिकांस ठाँउका महिलाहरुमा त राज्यले महिलाहरुका लागि गरेको संवैधानिक व्यवस्था महिला अधिकार के हो भन्ने बिषयमा जानजकारी नभएका कारण नै महिलाहरु हिँसा सहन बाध्य भएको उनले बताइन् । महिलाहरुलाई शसक्तिकरणका लागी जनचेतना मुलक कार्यक्रमहरु समुदाय स्तरमै गर्नुपर्ने आवश्यक रहेको हुँदा आफुले जितेपछी त्यो व्यवस्था गर्ने बताएकी छन् । यतिमात्र होइन महिलाहरु मात्र नभई समुदायमा् रहेका अनाथ टुहुरा साहारा बिहिन् हिँसा बालबालिकाहरुको हक अधिकार सनिश्चितताका लागी आफु लागी पर्ने पनि नेतृ दानीले बताएकी छन् ।
नेतृ दानीले छोटो समियको प्रचार प्रसार समय भएका कारण धैरैलाई भेट्न अवसर नपाएपनि एक पटक फेरी पनि महिला शसक्ति नेतृ दानीले अन्तत भनिन् मैले निष्ठा र नैतिक्ताको राजनिति गर्नेछु । हिजोका दिनहरुमा पनि गर्दै आइरहेकी छु । बाजुराको सामाजिक बिकास् महिला शसक्तिकरण, लैङ्गिगक समानता समावज रुपान्तरणका लाग्री यस अघि पनि लड्डै आएकी छु फेरी पनि म लड्ने छु । सुख सुबिधा, पद र प्रतिष्ठाका लागी आफु राजनितिमा नलागेको पनि उनको भनाई छ । राजनितिबाटै समाज सेवा गर्ने आफ्नो सन्कल्प रहेको पनि दानीले बताइन् । आफ्नो जित नै बाजुरेली महिलाहरुको जित, मुक्ति अनि परिवर्तको जित हुने र आफुले जितेपछी सिङ्गो बाजुरेली आवाजविहिन महिलाहरुका आवाजलाई संसदसम्म पुर्याउने पनि नेतृ दानीको दावी छ ।
यतिमात्र होइन नेतृ दानीले आफ्नो जित नै महिला आन्दोलनको जित हुने दावी गर्दै आफुलाई मतदान गरेर बिजयी गराएपनि नगरेपनि बाजुरेली आवाजबिहिन् हिँसा पिडित बालबालिकाहरु संगै बाजुराा जिल्लाको समग्र बिकास र परिवर्तनका लागी कांही कतै कसुर नराख्ने पनि उनले प्रतिवद्धता जनाएकी छन् ।
समग्र बाजुराको सामाजिक विकास, महिला सशक्तिकरण र लैगिक समानता महिलाहरुको मुक्ति सामाजिक न्यायका लागी आफु लड्डै आएको पनि नेतेृ दानीको भनाई छ ।समाजमा रहेका हिंसा पीडित, घरबार विहीन महिला तथा बालबालिकाहरुको सेवामा आफु बिगतका दिनहरुमा पनि समर्पित रहहेका बताउदै महिला भएकै का्रण हिँसा सहनबाध्उय महिलाहरुको हक हितका लागी बिशेया वकालत हिजो देखी नै गर्दै आएको फेरी शसक्त भएर लाग्ने पनि उनको भनाई छ ।अशिक्षा र चेतनाकै अभावमा हिँसा सहेर बस्न बाध्य महिलाहरुको जिवनस्तर ा बदल्न, बस्ती बस्तिमा पुगेर महिला मुक्तिको आवाज उठाउदै आएको समेतउनले बताएकी छन् त्यसकारण आगामी प्रतिनिधि सभार प्रदेश सभानिर्वाचनमा आफुलाई प्रदेश सभा समानुपातिकमा अमुल्य मतदान गर्न बाजुरेलीस् बासिलाई अनुरोध समेत गरेकी छन् ।
अहिले सम्म पनि राज्यको नजरमा पर्न नसकेको पिछडिएको र पछाडी पारिएका दुर्गम अनि बिकट बाजुरामा जन्मकी एक महिला जो केन्द्रिय राजनिति सम्म पुग्न सफल छन् । बाजुरा जस्तो अबिकसित चेतनाको न्युन स्तर महिला प्रतिको समाजको दृष्कोण्लाई चिर्दै महिलाहरुको काम चुलो चौकोमा काम गर्ने होइन महिलाले पनि नेतृत्व गर्न सक्छन्, पुरुष सरह समाज रुपान्तरण र बिकासमा योगदान पुर्याउन सकछन् भन्ने एक उद्धारण हुन नेतृ दानी । आफ्नो बैबाहिक जिवनलाई राजनितिमा वेतित गरेर निरन्तर महिलाहरुको हक हित र सिङ्गो बाजुरा जिल्लाको भाग्य र भविष्य उज्वल बनाउने सक्ल्पका साथ राजनितिमा सक्रिय नेतृ दानी बाजुरा जिल्लामा राम्रो छवी बनाउन सफल भएकी छन् ।
उतिन जिल्ला भित्र मात्र मात्र नभई जिलला बाहिर पनि आफ्नो पहिचान बनाएकी महिला नेतृ हुन्। जो राजनितिबाटै सुमाज सेवा र समाज रुपानतरण र परिवर्तनका लागी निरन्तर संघर्षरत छन् । नेतृ दानी सिङ्गगो बाजुरेली आवाजबिहिन, महिलाहरुको आवाज हुन् । हिँसा पिडित बालबालिकाहरुको अभिभावक हुन् । दानी बाजुरा जिल्लामा महिलाहरुकोे पनि पुरुष सरह क्षमता हुन्छ भन्ने कुराको सन्देश दिन सफल समेतभएकी छन् । दानी यस अघि महिला संघकी केन्द्रिय सदस्य समेत रहेकी थिइन् । नेपाली कांग्रेसको ७ औँ जिल्ला अधिवेशनबाट दानी महासमिति सदस्य समेत भएकी हुन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर