
धनगढी– नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार वीरबहादुर बलायरले लेखराज भट्टको जस्तो सानोतिनो मन्त्रालय आफूले नखाने घोषणा गरेका छन्। बिहीबार गोदावरी नगरपालिका–१ मा चुनावी सभालाई सम्बोधन गर्दै बलायरले यस्तो घोषणा गरेका हुन्।

उनले आफू झण्डा मात्रै हल्लाउने मन्त्रालय नलिने बताए। उनले भने, ‘लेखराज भट्ट (बलायरका प्रतिस्पर्धी) भएको मन्त्री म हुँदैन। किनकी त्यो मन्त्रालय यहाँका जनतालाई कामै लाग्दैन। मलाई मात्रै काम लाग्छ, उनलाई त आफूलाई चाहिएको थियो। मलाइ त जनताका लागि चाहिएको छ। ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएन भने म मन्त्री नै हुँदैन।’
उनले जनताले जिताएर पठाएमा आफूलाई मन्त्री बन्नबाट रोक्ने कसैको तागत नभएको दाबी गरे। यस्तै उनले प्रदेशमा प्रकाश बमलाई जिताए उनलाई पनि मन्त्री बनाउने बताए।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर