• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

गठबन्धनको संयूक्त चुनावी आमसभा सम्पन्न,कार्यक्रममा बोल्दै कस्ले के भने त ?

खप्तड मालिका न्युज November 9, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा – आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निवाचनलाई लक्षित गर्दै मंगलबार गौमुल गाँउपालिकाको घटमुनामा आयोजित चुनावी आमसभा कार्यक्रम सम्पन्न भएको छ । मंगलवार एक औपचारिक कार्यक्रमका बिच गौमुल गाँउकार्य समितिका सभापति राज बहादुर धामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार कांग्रेस सहमहामन्त्रि समेत रहनुभएका बद्रि प्रशाद पाण्डेको प्रमुख आथित्यमा चुनावी आमसभा कार्यक्रम संचालन भएको थियो ।

चुनावी आमसभा कार्यक्रमलाई समबोधन गर्ने क्रममा कसले के भन्यो त ?

 

सिङ्गो बाजुरेली जनताको आवाज लिएर संसदमा जानेछु सहमहामन्त्रि ः पाण्डे 

कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका तथा पाँच दलिय गठबन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्यका साझा उम्मेद्वार बद्री पाण्डेले सिङ्गो बाजुरेली जनताको जनआवाज संसदमा जाने कुरामा बिश्वस्त रहन आग्रह गरेका थिए । बाजुराको बिकास र परिवर्तनका लागी आफ्नो उम्मेदवारी रहेका बताए। पाण्डेले आफुले चुनाव जितेर प्रतिनिधि सभामा गैसकेपछी बाजुरेली जनताले अमुल्य मतदान गरेर संसदमा पठाइसके पश्चात बाजुराको अभिभाकत्वको भुमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिएका थिए । पाण्डले जनप्रतिनिधि नै जनताको सेवक अर्थात अभिभावक हुने हँदा यस अघि चुनाव जितेर संसदमा पुगेकाहरु जनताका अभिभावकहरुले जनता भन्दा पार्टी मुखी बन्नुका साथै जनताका समस्याहरुका बिषयमा बोल्नुको सातो पार्टी जोगाउने र संगठन बनाउने संदर्भमै पाँच बर्ष बिताएका बाजुरेली जनताले भुल्न नहुने बताएका हुन् । कार्यक्रममा मात्र हाइन यु अघि पनि पाण्डेले जिललाका बिभिन्न ठाँउमा घरदैलोका क्रममा चुनावी अकोण सभा अर्थात आम सभालाई सम्बोधन गर्दै ७७ औँ स्थानमा रहेको बाजुरा अव क्रमिक रुपमा उकालो लाग्ने बताउदै आएका छन् ।

बाजुरेली जनताका समस्याहरुको पहिचान गरी बाजुराका साझा आवश्यकता पुरा हुने गरी आफु निर्वाचित भएमा सिङ्गो बाजुरेली जनताको आवाजलाई संसदमा पुयार्उने र बाजुराको पुर्वाधार बिकासमा, बाजुराको गरिवी निवारण, भोकमरीको अन्त्य, युवाहरुलाई स्वरोजगार बनाउन बाजुरामै गुणस्तरिय शिक्षा प्रदान जिल्लामै सुबिधा सम्पन्न अस्पताल जिल्लानका सवै ठाँउमा बिद्युत र संचारको पहँच बाह्रैमास सडक संचालन गर्नका लागी प्रतिनिधिसभाको हैसियतले आफु कतव्य निष्ठ भएर लाग्ने पवाण्ड प्रतिवद्धता छ । संसदमा मन्त्रि परिषदमा होस् की जुनसुकै ठाँउबाट होस बाजुरा जिल्लालाई अन्य जिल्ला बराबरीमा ल्याउनका लागी स्रोत साधन र बजेट खोसेर ल्याउने उनको दावी छ । अव बाजुरा बिकास उन्मुख जिल्ला बन्ने दावी गर्नुहुँदै बाजुराको बिकास समृद्धि र बाजुरेली जनहरुको जिवनस्तर सुधार गर्ने कुरामा काँही कतै कसुर नराख्ने पाण्डेकोे भनाई छ ।बर्तमान समयका आवश्यकता पुरा गर्ने खालको बजेट बाजुराका लागी भित्र्याउने पनि पाण्डेले जनतालाई बतानउदै आएका छन् । आफु राजनितिज्ञले आफ्ना लागी मात्र नभई देश र जनताका लागी काम गर्छ भन्ने सन्देश छर्न सफल भएको दावी पाण्डे गर्छन् । राजनिति सुध्रियो भने देश सुध्रिने र देश सुध्रियो भने मात्र जनताको अनहारमा हषर््ा छर्न सकिन्छ भन्ने आफ्नो राजनितिको मुख्य एजेण्डा रहेकाले आफलाई मतदान गर्न पाण्डले मतदातालाइ गर्दै पाण्डे जनताको घरदैलोमा यतिवेला सरिक छन् ।

गठबन्धन एमालेको प्रतिगमनका बिरुद्ध हो निवर्तमान सभापति ः पण्डित 

यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाजुराका निवर्तमान सभापति काविराज पण्डितले यो गठबन्धन नेकपा एमलेको प्रतिगमनका बिरुद्ध भएको बताए। सभापति पण्डितले संविधानको रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको बताएका थिए । नेता पण्डितले नेकपा एमालेले पटक पटक संसद बिगटन गरी संविधान कुल्चन खोजेकोले यो गठबन्धन संविधनको रक्षाका लागि भएको मतदातालाई अवगत गराउनुका साथै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

निवर्तमान सभापति पण्डित।। एमालेले जनतालाई भोट माग्न लाज मान्नुपर्ने हो नेताः नेपाली 

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधी सभा समानुपातिक गठबन्धनका साझा उम्मेद्वार महा नेपालीले बिगतमा बाजुरा जिल्लाबाट विजयी बनाएर पठाएका संसदहरुले भ्रष्ट्राचार गरी बाजुरेली जनताको अगाडी नाक देखाउने वातावरण समेत नरहेकोले अव एक पटक बाजुरेली जनताका आसा अनी भरोषाका केन्द्र बिन्दु बद्री पाण्डेलाई मतदान गर्न अनुरोध गरेका थिए । नेता नेपालीले २०७४ सालको निर्वाचन पश्चात दुई तिहाइको बहुमतको सरकारले ह्वाइटबडी काण्ड, बालुवाटार जग्गा, ७० करोड काण्ड लगायतका काण्डै काण्ड खडा गरेकोले एमालेले नेपाली जनताको अगाडी आएर भोट माग्ने नैतिक्ता समेत नरहेको जिकिर गरेका थिए ।

केपी ओलीका झोलेहरुको डण्ठे प्रबृतिबाट तर्सिन हुँदैन ः संयोजक वुढा

यस्तै कार्यक्रलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दिपेन्द्र वुढा (दिपक) ले नेकपा एमाले अहंकार र भ्रष्ट्राचारको पाटी भएको आरोप लगाएका थिए । अव नेकपा एमालेले जनता सामु नाक नदेखाउने वातावरण नरहेको बताउदै उनले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनमा केपी ओलीका झोलेहरुको डण्ठे प्रबृतिबाट नतर्सिएर ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरेका थिए। । नेता बुढाले बिगतका दिनहरुमा नेकपा एमालेले जालझेल, बुद कब्जा जस्ता गर्न खोज्यो भने पाँच दलिय गठबन्धनमा १० बर्षिय जनयूद्धमा बन्दुक र ग्रिनेट निर्माण गर्ने माओवादी साथमा रहेकोले ढुँगाको चोट दिनेलाई इटाको जवाफ दिन नेकपा माओवादी केन्द्र तयार रहेको ठोकुवा गरे । उनले नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीका सम्पुर्ण कार्यकर्ता तथा गौमुल बासीहरुले सुनौलो भबिष्य निर्माण गर्न पाँच दलिय गठबन्धनबाट साझा उम्मेदवार बद्री पाण्डे जस्तो युवा मुखी ब्यक्तीलाई रुख चिन्हमा छाप लगाएर बिजयी गराउन अनुरोध समेत गरेका थिए ।

केपी कम्पिनिलाई हटाउन गठबन्धनका उम्मेदवारलाई मतदान गर्न नेतृ शाहको आग्रह

यस्तै चुनावी आमसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रबाट पाँच दलिय साझा गठबन्धनबाट प्रदेश समानुपातिक उम्मेद्वार कोमल कुमारी शाहले संविधानका दोहालन गर्न खोज्ने अराजक केपी कम्पनीलाई जनताहरुले मतदान गर्न अफ्ट्यारो मान्नु पर्ने बताएकी थिइन् । नेपाली जनताहरुका मौलिक अधिकारहरु सुनिश्चित गर्न १० बर्षिय जन आन्दोलन पछि नेपाली जनताले संधियता पाएको उनले बताएकी छन । नेतृ शाहले बाजुरा जिल्लाबाट पाँच दलिय गठबन्धनको तर्फबाट प्रदेश तथा प्रतिनिधी सभा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरुलाई मतदान गर्न आबाहन उनले गरिन् ।

को को सहभागि थिए त कार्यक्रमा

गौमुल गाँउकार्यसमिति सभापति तथा पाँच दलिय गठबन्धनका पालिका संयोजक राज बहादुर धामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चुनावी आम सभाको सम्बोधन कार्यक्रममा नेपाली काग्रेसका सहमहामन्त्री एबम् नेपाली पाँच दलिय गठबन्धनबाट काँग्रेसको तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेद्वार बद्री पाण्डे प्रमुख अतिथी रहनु भएको थियो । चुनावी आमसभामा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य बिद्या तिमल्सेना, नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभा (ख) का उम्मेद्वार पदम बहादुर शाही, नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति रामरसिंह रावल, नेपाली काँग्रेस जिल्ला कार्य समिति निवर्तमान सभापति कविराज पण्डित, नेपाली कँग्रेसबाट प्रतिनिधी सभा समानुपातिक तर्फ गठबन्धनका साझा उम्मेद्वार महा नेपाली, नेकापा माओवादी केन्द्र जिल्ला संयोजक दिलिप बुढा (दिपक), नेकपा माओवादी केन्द्र शुदुरपश्चिम प्रदेश संयोजक दीपक डि.सी., नेकपा माओवादी केन्द्रकी पाँच दलिय गठबन्धनबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वार कोमल कुमारी शाह, नेपाली काँग्रेस जिल्ला कार्य समिति पुर्व सभापति मान बहादुर रावल, नेपाली कँँग्रेसका नेता चक्र शाह र एकिकृत समाजवादी पाटी जिल्ला कमिटी सदस्य लाल बहादुर रोकाया लगायतका नेताहरुको उपस्थिति रहेको थियो । यतिवेला जिल्ला स्थित राजनिति दल प्रचार प्रसारमै व्यस्त रहेका छन् । नेताहरु आफ्नो राजनिति र्एजेण्डा लिएर जनताको घरदैलामा गएर गुहार गरिरहेका छन् । यसैबिच नेपाली कांग्रेस बाजुराको चुनावी प्रचार प्रसार टोलि त्रिवेणी नगरपालिका र खप्तड छडेदह गाँउपालिकामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । हिजो गौमुलमा आयोजित चुनावी आमसभामा सहभागि भएर प्रचार प्रसार टोलि बडिमालिका नगरपालिकामा घरदैलो गरिरहेको छ फर्किएको छ । बुधवार मार्तडीमा पनि बृहत चुनावी सभा हुदैँछ ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑