
मिन बहादुर खड्का बाजुरा – जिल्लाको हिमाली गाउँपालिकामा नेपाली कांग्रेस प्रवेश गर्नेहरुको जनलहर छाएको छ । सो गाउँपालिकाको ५ बिक्षा र किउडी गरी दुई वटा गाउँ नै नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवारहरुले यतिवेला जनताका घरदैलोमा गएर जनगुनासा सुनिरहेका छन् ।जिल्लाको त्रीवेणी, बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका बडिमालिकामा आफ्नो चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ । यतिवेला गौमुल गाउँपालिकामा घरदैलो कार्यक्रम गरिरहेको छ । आज गौमुल गाउँपालिकाको घटमुनामा बृहत चुनावी आम सभा समेत हुँदैछ । कांग्रेस सहमहामन्त्री पाण्डेको प्रमुख आथित्यतामा हुने बृहत चुनावी आमसभालाई पाण्डे लगायतका पार्टीका सिर्ष नेता र गठबन्धन दलमा आवद्ध नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर चार गते हुँदैछ । निर्वाचनको पुर्वसंन्ध्यामा एक दल त्यागेरअर्को दल प्रबेश गर्ने क्रम चलिरहेको छ। नेताहरु गाँउघरमा घरदैलो अभियानमै व्यस्त देखिन्छन् । मत माग्न गाँउघर पुगेका नेताहरुप्रतिउतसाहित हुँदै मतदाताहरुले पार्टी परित्याग गर्ने , पाइनछ भने कतिपय राजनिति दलहरुले मतदातालाई बिभिन्न प्रलोभन र झुटा आशवासन देखाएर आफ्नो दल प्रबेश गराउने गरेको पनि पाइन्छ।

यसै बिच हिमाली गाउँपालिकामा नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूको जनलहर बढेको छ नेपाली कांग्रेस बाजुराको एक श्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेस बाजुराका अनुसार यतिवेला निर्वाचन नजिकिदै गर्दा जनताको नेपाली कांग्रेस प्रतिको आकर्षण बर्ढै गएको बताएइको छ । मतदाताहरुको नेपाली कांग्रेस प्रतिको उत्साहले नेपाली कांग्रेसको जित सुनिस्चित हुने पनि श्रोतको दावी छ । ठाउँठाउँमा कांग्रेस प्रवेशको जालहर चलिरहेको श्रोतले जनाएको छ ।
नेता पाण्डेकै गुह पालिका भएका कारण यतिवेला हिमालि गाँउपालिकामा राम्रो प्रभाप पार्ने बिश्वास नेपाली कांग्रेस निकट नेृता कार्यकर्ताहरुको छ । यतमात्र होइन नेता पाण्डेले प्रतिनिधि सभाको उममेदवार बनेपछी हिमालि गाँउपालिका बासी नै उतसाहित भएको नेपाली कांग्रेस एक श्रोतले दावी गरेको छ । उसो त नेता पाण्डे हिमालि गााउपालिकाका लागी मात्र नभई सिङ्गो बाजुरा बासीकै लागी आसा अनि भरोषाको केन्द्र बिन्दु युवाहरुको ढुकढुकी, बिकास र समृद्धीको नायक हुन भन्दै नेता पाण्डे प्रति मतदाताहरु उत्साहित देखिएको र घरदैलो अभियानका क्रममा मतदाताहरुले स्वही अनुसारको प्रतिक्रिया दिने गरेको पनि नेपाली कांग्रेस हिमालि गाँउपालिकाका एक नेताले बताएका छन् ।
पाण्डे संग नेकपा एमालेको तर्फबाट नेता कर्ण बहादुर थापा लड्दै छन् । पाण्डे पहिलो पटक प्रत्यक्ष तर्फबाट निर्वाचनमा होमिएका छन् । उनी प्रत्यक्ष तर्फ नयाँ अनुहार पनि हुन् । थापाको हकमा नयाँ अनुहार भएका कारण यतिबेला पाण्डेलाई बाजुरा चुन्ने अनुमान अधिकांसको छ । नेता पाण्डेको उम्मेदवारीले कांग्रेस बाजुरामा नयाँ उत्साह ल्याएको र सवै उम्मेदवारहरुको जितको सुनिश्चितता गरेको पनि नेपाली कांग्रेस निकट एक श्रोतले दावी गरेको छ । पाण्डे आफैमा पनि बलियो उम्मेदवार मानिन्छन् । यसो भन्दैमा थापालाई कमजोर मान्न सकिने ठाउँ भने छैन । तर पाण्डेको साथमा पाँच दलिय गठबन्धन पनि छ । गठबन्धनको मत इमानदारी गएमा पाण्डेको जित सुनिस्चित हुने आकलन छ तर एमालेका थापा भने एक्लै चुनावी मैदानमा छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर