• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

राजनीति घटनाक्रममा नेतृत्व फेरियो बाजुरा फेरिएन

badimalika khabarkinara newsmalikatodaynagarik raibarnajiknewsजिल्ला प्रशासन कार्यालय बाजुराजिल्ला प्रहरीक कार्यालयजिल्ला स्वास्थ्य कार्यालय बाजुरानेपाली काँग्रेस बाजुरा November 5, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा– बाजुराको राजनीति घटनाक्रममा नेतृत्व फेरिएपनि तर जनताको जिवनस्तर फेरिएको छैन । बाजुरामा प्रजातन्त्रको पुनर्वाहाली पछि विभिन्न दलका नेताहरू संसदमा पुगेका छन् भने कोही सांसद त कोही मन्त्री समेत बनेका छन् । बाजुराले राज्यको राजकीय पद पायो नेताहरु चुनाव जितेर सांसद बने कोही मन्त्री बने तर बाजुरा बासीको जिवन स्तरमा भने कुनै परिवर्तन आउन सकेन। नेताहरुको जिवन स्तर फेरियो होला तर नागरिकका समस्या जेनका तेन नै छन् ।

फेरी प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर चार गते हुँदै छ । यतिबेला नेताहरू चुनावी घरदैलो अभियानमा जुटेका छन् । विभिन्न राजनीति दलहरूले यतिबेला आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । आफ्नो पक्षमा कसरी मतदातालाई हात पार्ने , निर्वाचन कसरी जित्ने ? कसरी मतदाताहरुको मन जित्ने? के राजनीति एजेन्डा लिएर जनता सामु जाँदा उपयुक्त हुन्छ भन्ने चिन्ता र चासो नेताहरुमा छ । विभिन्न राजनीति दलहरू छुट्टाछुट्टै चुनावी रणनीतिक गोष्ठी र व्यापक रुपमा छलफल गरिरहेका छन् । विभिन्न ठाउँहरुमा पार्टीका चुनावी रणनीतिक गोष्ठीहरु, आम सभा संचालन भइरहेका छन् ।
जनताको घरदैलोदेखि किसानको खेतबारीसम्मै पुगेर उम्मेदवारले मतदानका लागि आग्रह गरिरहेका छन्। कार्तिकको व्यस्त समयमा मतदाता गाउँमा कम भेटिने भएपछि किसानहरुकै खेतबारीमा पुगेर नेताहरु प्रचार गरिरहेका छन्। हलो जोत्ने, धान काट्न सहयोग गर्ने, कोटो टिप्न लाग्ने लस्ता गतिविधिमा नेताहरु सक्रिय देखिन्छन् । बाजुरामा ५ जना प्रतिनिधिसभाका उम्मेदवार छन् भने प्रदेश क र ख गरेर ७ जना प्रदेश सभाका प्रतिनिधि छन्। नेकपा एमालेबाट प्रतिनिधिसभामा कर्णबहादुर थापा, प्रदेश (क) मा बल्देव रेग्मी र प्रदेश सभा (ख) मा लालबहादुर थापा उम्मेदवार छन्।

नेपाली काँग्रेसले गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रतिनिधिसभामा बद्री पाण्डेलाई उम्मेदवार बनाएको छ। भने प्रदेश निर्वाचन क्षेत्र (ख) मा पदमबहादुर शाही उम्मेदवार छन्। प्रदेश सभा (क) मा काँग्रेसले उम्मेदवार बनाएको छैन। गठबन्धनका नाममा छोडेको छ। तर त्यहाँ नेकपा माओवादी केन्द्रबाट कर्णबहादुर विक र एकीकृत समाजवादीबाट नरेश शाही उम्मेदवार छन्। ती मध्ये नेकपा एमालेबाट सामानुपातिकमा प्रतिनिधिसभाका लागि दयालबहादुर शाही, प्रदेश सभाका लागि काशी विक, नेपाली काँग्रेसबाट प्रदेश सभाका लागि जुना दानी, प्रतिनिधिसभाका लागि महा नेपाली, माओवादी केन्द्रबाट प्रदेश सभाका लागि कमलकुमारी शाह उम्मेदवार छन्। जनतापार्टीबाट रामबहादुर शाही, राप्रपाबाट जंगकुमार गिरी र स्वतन्त्रबाट टेक बडुवाल उम्मेदवार रहेका छन् ।

झुटा आश्वासन बाड्दै भोट माग्छन् तर चुनाव जितेपछि नेताहरु गाउँ फर्किदैनन के आधारमा मतदान गर्ने सर्वसाधारण बाजुरा वासीको गुनासो

यतिवेला नेताहरु घरदैलो अभियानमै व्यस्त देखिएतापनि कुनै राजनीतिक दलका समर्थकहरु वाहेक सर्वसाधारण भने त्यति उत्साहित देखिदैनन जति उत्साह र उमंग र दौडधुप नेता कार्यकर्ताहरुमा देखिन्छ । बरु सर्वसाधारण किसानहरु आफ्नै काममा व्यस्त देखिन्छन् । समृद्ध बाजुरा सुखी बाजुरेली बासिको नारा बोकेर भोट माग्न गाउँ आएका नेताहरुले झुटा आश्वासन दिने तर चुनाव जितेपछि गाउँ नफर्किने गरेको पनि बाजुरा वसिको जनगुनसो छ । उसो त केहि नगरेका पनि होइनन् तर सिङ्गो बाजुराको साझा आवश्यकता परिपुर्ति हुने गरी केहि काम भएको पाइन्न । बिकासको नाममा जनताको आँखामा छारो फाल्ने काम मात्र गरेको पनि बाजुरा बासिको आरोप छ ।

निर्वाचनको मुखैमा कतिपय सर्वसाधारण मतदाताहरु भने मत नदिने जिकिर समेत गर्छन् । जनताका जनगुनासालाई सम्बोधन नगर्ने नेताहरूलाई मतदान नगर्ने अडानमा समेत कतिपय मतदाता छन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा बाजुरामा मतदाताहरुले जनप्रतिनिधि प्रति गुनासो गर्दै आइरहेका छन् । जिल्लाका लागी जति काम गर्नुपर्ने थियो त्यति गर्न नसकेको नागरिकको गुनासो छ ।अमुल्य मतदान गरेर संसदमा पुर्याउदा पनि जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको आक्रोश व्यक्त गर्दै के आधारमा मतदान गर्ने भन्ने नागरिकको प्रश्न छ ।

यस भन्दा अगाडि भएका चुनावमा पनि अमुल्य मतदान गरेर संसदमा पठाउदा अपेक्षा अनुसारको काम नगरेपछि नेताहरू प्रतिको बिश्वास नै लाग्न छोडिसकेको जिल्लाको बडिमालिका नगरपालिका वडा न . ८ की स्थानीय सुनमती थापा बताउछिन । उनले भनिन् “चुनावका वेला गाउँ आउन्छन् र झुटा आश्वासन देखाएर भोट माग्छन् तर भनेको कुरा पुरा गर्दैनन् । खानेपानी , सिचाई , विद्युत, बाटाघाटा बनाउन्छु भनेर गएकाहरु अहिलेसम्म फर्केनन । यो भन्दा अगाडि धेरै पटक भोट पनि दियौं तर भोट दिएको अर्थ रहेन । चुनावका बेला खेतसम्मै पुग्छन् । अरु बेला नमस्कार गरे पनि फर्काउदैनन । कसलाई भोट दिएर के गर्नु” । नेताहरु जुनसुकै पार्टीको जिताएर पठाएपनि कसैले भने अनुसारको र जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको अर्का स्थानीय गोरख रावलको गुनासो छ ।

“नेताहरूलाई जितायौ कोहि सांसद बने कोहि मन्त्री बने तर जनताका लागी केहि गरेनन् ।जे गरे होलान् आफ्नै लागी गरे कसैले आफ्ना छोराछोरी बिदेश पढाउन पठाए धनगढी काठमाडौं जग्गा किने घर बनाए तर हाम्रा दुःख जस्ता थिए उस्तै छन् । कुरा जुनसुकै पार्टीको नेताले पनि ठुला गर्छन् । तर धेरै बोल्छन् काम भने सिन्को भाच्दैनन । कसलाई जिताएर के गर्नु उनले दुखेसो पोखे” ।चुनावमा सक्षम व्यक्ति जिताउनु मतदाताको दायित्व हुने हुँदा यतिबेला बाजुराको आमुल परिवर्तनका लागी काम गर्ने नेतृत्व छान्नुपर्नेमा पनि यतिवेला सर्वसाधारणको जोड छ । पार्टी भन्दा पनि सक्षम व्यक्तिलाई जिताउनु अहिलेको आवस्यकता रहेको बुढीगंगा नगरपालिका वडा न . १ का स्थानीय धिरेन्द्र थापाले बताए । पटकपटक दलका नेताहरूलाई निर्वाचित गरेर पठाउदा पनि जनताको जनमतको कदर कुनै पनि राजनीति दलको नेताले बाजुरामा गर्न नसकेको उनको आरोप छ ।

जनताको अभिभावक भएर सिङ्गो बाजुरा जिल्ला बसिको अभिभावकत्त्वको भुमिका निर्वाह गर्नुको सत्ता आफ्नो अपेक्षा अनुसारको काम गर्लान भन्ने जनताको आसा भरोसालाई उल्टै कुल्चिएको हुँदा कुनै पनि उम्मेदवार मतदान गर्ने लायक नभएको पनि उनको जिकिर छ । थापाले भने “यतिबेला चुनावको मुखैमा जनतामुखी बनेका छन् ।जनताका जनगुनासा सुन्ने बाहानामा गाउँ भित्रीएका छन् । अरु वेला गाउँमा अनुहार समेत नदेखाउनेहरु र बिगतका दिनमा गरेका बाचा पुरा गर्न नसकेकाहरु के आधारमा मत माग्दैछन ? जनता संग झुटको खेती गर्नेहरूलाई किन मतदान गर्ने ? गाउँघरमा गएर जनतामा नकारात्मक भ्रम छर्दै भोट मागिरहेका छन् ।

फेरि जितेपछि गर्ने केही होइनन्” । अहिले निर्वाचनमा होमिएका कुनै उम्मेदवारहरु जनताका काम गर्छन् भन्ने आफुलाई बिश्वास नभएको एक अर्का स्थानीय बडिमालिका वडा न .१ का राम बहादुर कार्की बताउन्छन् । कार्की भन्छन् “यिनिहरुले यस भन्दा अगाडि पनि अवसर पाएकै हुन् । बिकास यि दलका नेताहरूबाट छैन । जुनसुकै पार्टीले जितेपनि केहि गर्ने होइनन् । मन्त्री बने सांसद बने ,पार्टीको प्रमुख भुमिकामा बसे तर अहिले सम्म केहि गरेका छैनन् । बाजुरेली जनताका समस्या अथावत छन् । बाजुरेली जनताका दुःख पिडामा मलम लगाउन सक्ने नेतृत्व बाजुराले यस भन्दा अगाडि पाएको छैन” ।

बाजुरा बासिले अझै झेल्दै आएका समस्याहरु के के छन् ?
सुदूरका अन्य जिल्लाहरुको सन्दर्भमा बाजुरा आफैमा बिकट अनि दुर्गम जिल्लाका रुपमा लिने गरिन्छ । देशमा संघीयता लागु भैसक्दा पनि बाजुरा अझै राज्यको नजरमा पर्न नसकेको बाजुरेली जनताको गुनासो रहेको छ । देशकै पिछडिएको जिल्लाका रुपमा लिने गरेको बाजुरा जिल्लालाई राज्यले गर्ने सौतेनी ब्यववार अझै कमि हुन सकेको छैन । केही यस्ता दुर्गम बस्तीहरु छन जहाँका बासिन्दाहरु अझ सम्म पनि गरीबीको रेखामुनिबाट माथी उठ्न सकेका छैनन् । यहि गरवीका कारण भोकमरीको अभावमा मानिसहरु दिन गुजारीरहेका छन ।
जहाँका मानिसहरु हालसम्म पनि अशिक्षित छन । यहि अशिक्षाका कारण थुप्रै प्रकारका असमानताहरु समाजमा छन् । बाजुराको मनिसहरुको चेतना स्तर पनि न्यून छ । यहाँका मानिसहरुको जीवन स्तरमा सुधार हुन सकेको छैन । जहाँका मानिसहरुको आयस्तर निकै न्यून रहेको छ। आम्दानीको श्रोतहरु प्रशस्त भएको भएतापनि तिनीहरु सहि सदुपयोग हुन सकेको छैन । यहाँका मानिसहरूले हालसम्म पनि परम्परागत जिवनशैलीलाई निरन्तरता दिदै आइरहेका छन् । यसको प्रमुख कारण पनि यहि अशिक्षा हो ।
अधिकांसा मानिसहरू ब्यरोजगार छन् । अधिकांस युवा पिडित खाडी मुलुकहरुमा पसिना बगाएर परिवार पालिरहेका छन् । यहाँका मानिसहरूको प्रमुख पेसा नै कृर्षि हो । खेतिपाती तथा पशुपालन गरेर यहाँका मानिसहले जिवनयापन गरिरहेका छन् । त्यँही कृर्षीलाई पनि आधुनिकरण गर्न सकिएको छैन । अझ सम्म पनि परम्परागत कृषि प्रणाली नै निरन्तरता दिदै आइरहेको पाईएको छ ।जुन कृषि प्रणाली जिवन निर्वाहमुखि पनि बन्न सकेको छैन । बर्ष भर दिनरात खेतबारीमा खट्ने कृर्षकहरुको उत्पादन एकदमै कम देखिन्छ । उत्पादनमा बृद्धी गर्न कुनै नयाँ उपाएको खोजी यहाँका किसानहरुले गर्न सकेको छैन ।बाजुराका स्थानियहरु व्यापार व्यवसाय तर्फ त्यति धेरै उन्मुख भएको देखिदैनन् । धेरै मानिसहरु कृर्षिमा नै आत्मनिर्भर छन् । तर आफुहरुले गर्दै आएको पेशाबाट आत्मनिर्भर समेत बन्न सकेका छैनन् ।

बर्षभर मिहिनेत गरेर उत्पादन गरेको अन्न करिव ३÷४ महिना सम्म पनि धौधौले पुग्छ त्यही पनि धेरै जग्गा जमिन हुनेहरुको मात्र । बाजुरामा गरिवी, अशिक्षा, भोकमरी, व्यरोजगारी मात्र छैन् बिकासमा पनि निकै पिछडिएको र पछाडी पारिएको छ ।यहाँ बिद्यालयहरु संचालनमा ल्याइएका छन तर गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको अवस्था छैन । चाहेको प्राबिधिक शिक्षा पढ्न का लागी जिल्ला भित्र व्यवस्था छैन । गाउँमा एचए पढाई हुने बिद्यालयहरु नभएकै कारण काठमाडौ जानु परेको खप्तड छेडेदह गाउँपालिका वडा न ५ का नरेश रावतले बताए ।जिल्ला भित्र थुप्रै अस्पतालहरु छन तर सामान्य बिरामीहरुको उपचारका लागि मात्र सिमित छन् । एउटा कुनै बिरामीको अवस्था जटिल भएमा उपचारका लागि ठूलो अस्पताल रिफर गरिन्छ । तर बिरामी अस्पताल पुग्न नपाउदै मृत्यु भैइ आधी बाटो देखि घर फर्किनु परेका धेरै घटनाहरु छन, ।
समयमै उपचारनै नपाई ज्यान गुमाउदै आएका छन् । नजिक अस्पताल नभएकै कारण आफ्ना बुवा गुमाउनु परेको जिल्लाको बुडिगंगा नगरपालिका वडा न ४ काब्रा घर भएका हिमाल उखेडा बताउन्छन् ।अहिलेको युगमा संचार बिनाको मानिसको जीवन कल्पना समेत गर्न सकिदैन तर जिल्लाका केही यस्ता बिकट बस्तिहरु छन् । जहाँ फोन गर्नकै लागी रुख र डाँडापाखा चढ्नुपर्ने, आदी समस्याहरु झेल्दै आइरहेका छन् । नेट चलाउनु त त्यहाँका स्थानियहरुका लागी सपना जस्तै हो । यो बिज्ञानको युग हो । अहिलेको युगमा संचार बिनाको मानीस र लगम बिनाको घोडा एउटै एउटै हुन । फोन गर्नकै लागि कहिले कांही त बिहान नेटवर्क नआउने हुदाँ १० बजे सम्म रोकिनु पर्ने बाध्यता रहेको बाजुराका स्थानिय बताउन्छन् । यो समस्या जिल्लाको हिमाली र खप्तड छेडेदह, लगायतका पालिकामा छ । यस्तै टुक्कि र झरोको भरमा रात कटाउनुपर्ने, परमपरागत कृषी प्रणाली, परम्परागत जिवन शैली, घण्टौ सम्मको पैदल यात्रा गर्नुपर्ने, दिन गुजार्नकै लागी बिदेशीनुपर्ने बाध्यता बाजुरा बासिले झेल्दै आएका छन् ।

सदरमुकाममा समेत ६ महिना मात्र बस संचालन् हुन्छन्
एउटा यस्तो जिल्ला जहाँ सदरमुकाममा समेत ६ महिना मात्र बस पुग्छन् । एउटा प्रमुख सडक खण्ड छ साफे मार्तडी जुन निरन्तर चार बर्ष यता अबरुद्ध हुँदै आएको छ । भौतिक एवम् मानवीय क्षेती भैसकेको छ । बर्षेनी सास्ती खेपेर पैदल यात्रा गर्नुपर्ने र दैनिक उपभोग्य बस्तुको मुल्य आकासिने गर्दछ र महङ्गगीको मार खेप्नुपर्ने बाध्यता छ । सो सडक खण्ड दिगो रुपमा संचालनका लागी कुनै पनि राजनीति दलले चासो देखाएका छैनन् । बैकल्पिक सडक दण्ड अलपत्र अवस्थामा छ । अर्काे मार्तडी कोल्टि सडक खण्डको समेत स्तरउन्नति हुन सकेको छैन ।

स्थानीय सरकारबाट पाउने नागरिकको अपेक्षा पनि अपुरै

संघीयता पछि सिँहदरबारको अधिकार नजिकैको स्थानीय सरकारबाट पाउने नागरिकको अपेक्षा पनि पुरा हुन नसकेको गुनासो बाजुरा बासिको छ । प्रदेश र संघ सरकारमा त बाजुराको अहिले सम्म पहुँच पुग्न सकेको छैन । सेवासुबिधामा नागरिकहरु बिच राजनीतिकरण कसैलाई काखा कसैलाई पाखा आर्थिक अनियमितता जनप्रतिनिधिको हैसियतले जनताका अधिकारलाई कुण्ठित गर्ने चेष्टा समेत जनप्रतिनिधिबाटै हुने गरेको नागरिक जनगुनासो छ । नजिकैको स्थानीय सरकार वडा गाउँपालिका वा नगरपालिका बाट पाउने सेवा सुबिधामा समेत राजनीतिकरण हुने गरेको  खप्तड छेडेदह गाउँपालिका वडा न . ३ का स्थानीय युवा विद्यार्थी समिर खड्का बताउन्छन् ।

स्थानीय तहबाट पाउने सेवा सुबिधाहरुमा स्थानीय तहको जनप्रतिनिधिले नै कसैलाई काखा कसैलाई पाखा गर्ने गरेको उनको आरोप छ । स्थानीय तहका जनप्रतिनिधिबाटै नाताबाद अर्थात कृतावाद, नजिक टाढा छुट्याउने गरेको पनि खड्काको भनाई छ । उनले भने “वडा बाट पाउने सेवासुबिधामा यो मेरो पार्टीको हो भनेर पार्टी हेरिन्छ। नजिकको नातेदारलाई हेर्छन् । अनि त्यो आधारमा सेवा सुबिधाबाट बन्चित नागरिकले हुनुपर्छ भने संघीयता नाममा मात्र सिमित छ । संघीयताको आभास सवै नागरिकले गर्न पाएका छैनन्” । याे एक उनकाे मात्र दुखेसाे हाइन अधिकांस नागरिककाे दुखेसाे हाे ।  यदि पाएका नै हुन् भने यसैलाई नै भन्ने त संघीयता ? जनताको घरघरमा सिंहदरबार छ भन्दै गुणगान गाएको सुन्ने गरिन्छ । राज्यको बिहान बेलुका छाक टार्न समेत मुस्किल भएका थुप्रै छन् तर यसमा साच्चिकै कसैको ध्यान केन्द्रीकृत भएको पाइन्न ।

नेतृत्व प्रतिको बाजुरा बासिको अपेक्षा के छ त ?
बाजुरा पुर्वाधार बिकासमा समेत अझै पछाडि छ ।अझ भनौं पुर्वाधार बिकासलाई मात्र जनप्रतिनिधिले प्राथामिकता दिएको पाइन्छ । न्यून चेतना स्तरमा रहेको बाजुरालाई माथी उकास्नका लागी त्यस्तो उपयुक्त रणनीतिक योजना कुनै दलका नेताहरू संग छैन । निशुल्क शिक्षा, स्वास्थ , स्वदेशमै रोजगारीको सुनिश्चितता हरेक जनप्रतिनिधिको नारा नै हुन्छ तर जनप्रतिनिधिले अघि सरेको नारा अनुसारको काम गर्न सक्दैनन् । यो त केवल मतदातालाई भ्रममा पार्ने र मतदाता लोभ्याउने सुत्र जस्तै हो ।

सिङ्गो बाजुरा जिल्लाको बिकास र परिवर्तन,बाजुरेली जनताको सुख दुःखको सारथि,बाजुरेली जनताका पिर मर्कालाई बुझ्ने, बाजुरेली जनताको जिवनस्तरमा सुधार ल्याएर बाजुरा बासिको मुहारमा हर्ष ल्याउन सक्ने, बाजुरेली जनताको जनभावनालाई कदर गर्ने, बाजुरालाई आर्थिक भौतिक, र सामाजिक तवरले बिकास गर्ने, सिङ्गो बाजुरा जिल्लाको अभिभावकत्व निर्वाह गर्ने, समृद्ध बाजुरा सुखी बाजुरा बासीको अभिलाषा पुरा गर्न सक्ने, मानव बिकास सूचकांकको ७७ औं स्थानमै रहेको बाजुरालाई अन्य जिल्ला बराबरीमा ल्याएर पिछडिएका वा पहुँचको अभावले पछाडि पारिएको दुर्गम बाजुरालाई बिकास उन्मुख जिल्लाका रूपमा अगाडि लैजान सक्ने, नेतृत्वको आवश्यक बाजुरालाई रहेको सवै बाजुरेली जनहरुको सयुक्त आवाज छ ।

दुर्गम बाजुरालाई सुगमका रुपमा स्थापित गर्नु नै बाजुराको हित र बाजुरेली जनको सुख हो । मानिसहरूको आमदानीमा बिर्धी गर्न सकेमा, समाजमा जरो गारेर बसिरहेका सामाजिक अपचलनहरु सुधार गर्न सकेमा र यहाँका मानिसहरुको परम्परागत जिवन शैलीमा सुधार गर्न सकेमा, यहाँको प्रमुख पेशाका रुपमा रहेको कृर्षिलार्ई आधुनिकरण गर्न सकेमा ,गुणस्तरीय शिक्षाको पहुँच पुर्याउन सकेमा, आधारभुत आवस्यकताको पहिचान गरी दिगो बिकासको नितिलाई अवलम्बन गर्न सकेमा मात्र जिल्लाको समग्र बिकासमा ठूलो टेवा पुग्ने नागरिकको अपेक्षा छ ।

अशिक्षा, गरिबी, व्यरोजगारी र भोकमरी जिल्ला बासीका प्रमुख समस्या नै हुन् । यता नेताहरुका राजनिति एजेण्डा मा रेल पानि जहाज ल्याउने छन् । तर खानेपानी, बिजुली, संचार, सिचाई यातायातको सुबिधाबाटै कयौं बाजुराबासी अझै पनि बञ्चित छन् । अव आउने जनप्रतिनिधिले यि कामहरु नै गरिदियोस भन्नेपनि बाजुराबासिको अपेक्षा छ । खानेपानी, सिचाई, विद्युत, सडकहरुको दिगो निर्माण अव आउने नेतृत्वले गरिदिओस भन्ने अपेक्षा खप्तड छेडेदह गाउँपालिका वडा न . ७ बुढाबाडाका स्थानीय धन बहादुर बुढाको छ । उनले यो भन्दा अगाडि पनि धेरै पटक मतदान गरिसकेका छन् । तर जे गर्छु भने त्यो काम पुरा कुनै नेताले गरिदिएनन । जनताका दुःख सुखमा साथ दिने र समाजको बिकास सवैलाई समान व्यवाहार गर्ने नेताले जितोस् भन्ने चाहाना गौमुल गाउँपालिका वडा न धनमल रोकायाको छ ।

आफ्नो अर्काको नभनी सवैलाई समान व्यवाहार गरेर बिकास निर्माण गर्ने नेतृत्व चाहिएकोमा उनको जोड छ । यो एक धनमल रोकायाको मात्र चाहाना होइन हरेक बाजुरेली जनताको आवाज अथवा भनाई हो ।“यस भन्दा अगाडिका नेतृत्वले आफ्नो गाउँ ठाउँ पार्टी अथवा आफ्नै मान्छे बनाए त्रीवेणी नगरपालिका वडा न . ५ का परु साउदले भने ” । अव यस्तो नेतृत्व बाजुरालाई चाहिएको छैन उनले थप्दै भने । “जसले हाम्रा दुःख बुझ्छ बिकास गर्छ त्यहि हाम्रो नेता हो । यस भन्दा अगाडिकाले बिकासको नाममा जनताको आखामा छारो फाल्ने काम मात्रै गरे” । यतिमात्र हाइनबाजुरामा प्रवल बिकासका सम्भावनाहरु भएकाले ति समभावनाहरुको खोजि उतखनन् गर्नुपर्नेमा बुढापाखाहरु जोड दिन्छन् ।

बाजुरामा चुनौतिहरुमा छैनन् प्रचुर सम्भावनाहरुपनि त्यति नै छन्

बाजुरा बिकट अनि दुर्गम जिल्ला भएपनि चुनौतिहरु मात्र छैनन् सम्भावनाहरु पनि उत्तिकै छ । सुदुर पहाडका जिल्लाहरु मध्ये प्राकुतिक सौन्दर्यताले बाजुरा आफैमा समृद्ध छ । स्वर्गको एक टुक्र्रा भनेर चिनिने बडिमालिका मन्दिर बाजुरामै पर्छ , यतिमात्र होइन सुन्दर खप्तड राष्टिय निकुञ्जले पनि बाजुरालाई छोएको छ । प्राकृतिक अनि धार्मिक दुष्टिकोणले पर्यटकिय सम्भावना बोकेका बुढिनन्दा ताल, छेडेदह ताल् नाटेश्वरी बडालेख मन्दिर पोरखे लेख, जेठिबौरानी डाँडा, डाँडासैन् चुल्थे, आदी बाजुराका पसिद्ध धार्मिक एवम् पर्यटकिय स्थलहरु हुन । जहाँको सौन्दयताले जो कोहिको मन लोभ्याउने गर्छ । अझ भन्ने हो भन्ने यि धार्मिक तथा पर्यटकिय सम्भावना बोकेका स्थलमा पुग्ने हो भने मान्छेले स्वर्ग पुगेको अनुभुति गर्छन् । यस्ता अलौकिक प्राकृतकि सुन्दरताले भरिपुर्ण प्राकृति सुन्दरताको खानी बाजुरा जिल्ला हो ।

जहाँ देश तथा बिदेशबाट पर्यटकहरु समेत घुम्न आउन थालेका छन् । तर पिडम्वना यि क्षत्रको प्रचार प्रसार र पर्वद्धनमा भने प्राय जसो चरम लापरवाही छ भने बाजुरको पर्यटन बिकासमा कसैले चासो देखाएका छैनन् । यि क्षेत्रहरुलाई पर्यटकिय क्षेत्रका रुपमा प्रर्वद्धन गर्न सके समग्र बाजुराको आर्थिक बिकासमा देवा पुग्ने देखिन्छ ।पछिल्लो समयमा भौतिक बिकासमा केही फड्को मारेतापनी जिल्लाको सामाजिक तथा आर्थिक बिकास अझै निकै पछाडि नै देखिन्छ ।

यस्तो छ राजनीति घटनाक्रम कहिले कसले चुनाव जित्यो ?

प्रजातन्त्रको पुर्नरबाहली पछि भएका चुनावमा काँग्रेस एमालेले नै बाजुरामा जितेको इतिहास छ । २०४८, २०५६, २०७४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए । एक पटक जितेर संसद बनेका थापा मन्त्री बनेका थिए । भने पाण्डे दुई पटक सांसद बनेर त्यो अवसर पाएका छैनन ।तत्कालीन स्थानीय निकाय निर्वाचन २०४८ मा काँग्रेसले बहुमत गाविस जितेपनि २०५४ मा एमालेले जितेको थियो। २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नौ मध्ये छ मा काँग्रेस र तीनमा एमालेले जितेको थियो। तर २०७९ मा आइपुग्दा भने ठिक उल्टो भएको छ।

बाजुराका नौ स्थानीय तह मध्ये ६ पालिका एमालेले जितेको छ। यसरी जिल्ला स्थिित राजनिति दलले हाल सम्म भएको निर्वाचनहरुको नतिजा केलाउँदा नतिजा कहिले एमालेको पोल्ठोेमा जित त कहिले नेपाली कांग्रेसको पोल्ठोमा जित हात पार्दै आएको छ ।निरन्तर एउटै दलले चुनाव जित्न भने यि दुवै दल सफल भएका छैनन् । हाल सम्मको निर्वाचनको मत परिणमा केलाउदा बाजुरामा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिस्प्रर्धिका रुपमा रहेका छन् कहिले एमाले अगाडी त कहिले कांग्रेस अगाडी हुने गरेको छ । यि दुई दल पछिको दोस्रो दलका रुपमा नेकपा माओवादी केन्द्र छ भने चौँथो दलका रुपमा नेकपा एकिकृत समाजबादी रहेको छ । जिल्ला अन्य दलको भने त्यति बर्चश्व रहेको पाइन्न उम्मेदवारी दिएतापनि ति दलहरु संग जन मत निकै कमजोर छ । तर जुन निर्वाचनमा जुनसुकै पार्टीले चुनाव जितेपनी उल्लेखनिय काम भने भएको पाइन्न जति हुनपथ्र्यो ।

यि हुन् बाजुराका उच्च पदस्थमा रहेका नेताहरू को को हुन् ?

उसो त अव बाजुरा राजनीति पहुँचमा बाजुरा पछाडि छ भनौं भने पनि राज्यको राजकीय पद पनि बाजुराले पाइसकेको छ । अरुको कुरा छोडाँै प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले पाँच बर्षको कार्यकाल लगबग सकिसकेको छ । एमाले स्थायी कमीटी सदस्य कर्ण बहादुर थापा, संविधान सभा सदस्य प्रदेश प्रमुख देवराज जोशी र सरकारका महान्याधिवक्ता खम्म बहादुर खाती, नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री बद्री पाण्डे, कबिराज पण्डित, पुर्व भुमी सुधार सहायक मन्त्री जनकराज गिरी, संविधान सभा सदस्य महा नेपाली, नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य युवा नेता नरेश शाही, माओवादी केन्द्रका नेता केशव बि . क लगायतका दर्जनौं केन्द्रिय नेताहरु बाजुरा जिल्लाले जन्माएको छ ।

यतिमात्र होइन यस्तै आफुलाई बिकासबादी चिन्तन भएको नेताको नामले परीचित गराउन चाहाने दर्जनौं नेताहरूको बर्चस्व रहेको बाजुरा जिल्ला पनि हो । र संघको चुनाव नजिकिय संगै नेताहरू भने चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन् । तर बाजुरा जिल्लाबाट केन्द्रीय स्तरको नेतृत्व गर्ने नेताहरुको आलोचना पनि उत्तिकै गर्ने गरेको पाइन्छ । उसो त बाजुरेली नेताहरूको ध्यान केवल पद र सम्मानमा मात्र सिमित छ भन्ने कुरा साँफे मार्तडी सडक खण्डले पुष्टि , राज्यको राजकीय उच्च पद समेत पाइसकेको बाजुरा बासिले समृद्धिको सास कहिले फेर्न पाउलान् ? बिकासको आवास कहिले गर्न पाउलान् ? यि यावद प्रश्नहरु प्रत्येक परिवर्तन र बिकास चाहाने बाजुरेलीको मन मस्तिष्कमा उब्जिन्छन् ।

मानव बिकास सूचकांकको ७७ औं स्थानमा रहेको बाजुरालाई अगाडि ल्याउन जिल्ला स्थित राजनीति दलको आगामी रणनीति के छ त ?

जिल्लामै गुणस्तरीय र उच्च तहको शिक्षा,निशुल्क स्वास्थ, बाजुरामै रोजगारी, कृषि तथा पर्यटन क्षेत्रको बिकास, बाजुरेली जनताको जिवनस्तरमा सुधार जिवनशैली परिवर्तंन कृर्षिमा आधुनिकिरण लगायतका प्रमुख एजेन्डा बनाएर यतिबेला दलका नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । समृद्ध बाजुरा सुखी बाजुरेली बासी नै आफ्नो राजनीतिको मुख्य एजेन्डा हो भन्दै नेताहरुले बाजुराको बिकास र परिवर्तनका लागी गरेको काम बालुवामा पानी जस्तै भएको छ । फेरि पनि यहीँ आफ्नो राजनीति एजेन्डा रहेको उम्मेदवारहरुको दावी छ ।

उम्मेदवारहरुहरुको प्रतिबद्धता के छ त ?

के भनछन् त ? कांग्रेसका केन्द्रिय सहमहामन्त्रि समेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्रि समेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाण्डले ७७ औँ स्थानमा रहेको बाजुरा अब क्रमिक रुपमा उकालो लाग्ने बताएका छन् । बाजुरेली जनताका समस्याहरुको पहिचान गरी बाजुराका साझा आवश्यकता पुरा हुने गरी आफु निर्वाचित भएमा सिङ्गो बाजुरेली जनताको आवाजलाई संसदमा पुयार्उने र बाजुराको पुर्वाधार बिकासमा, बाजुराको गरिबी निवारण, भोकमरीको अन्त्य, युवाहरुलाई स्वरोजगार बनाउन बाजुरामै गुणस्तरिय शिक्षा प्रदान जिल्लामै सुबिधा सम्पन्न अस्पताल जिल्लाका सवै ठाँउमा बिद्युत र संचारको पहुँच बाह्रैमास सडक संचालन गर्नका लागी प्रतिनिधिसभाको हैसियतले आफु कर्तब्य निष्ठ भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

संसदमा मन्त्रि परिषदमा होस् की जुनसुकै ठाँउबाट होस बाजुरा जिल्लालाई अन्य जिल्ला बराबरीमा ल्याउनका लागी स्रोत साधन र बजेट खोसेर ल्याउने समेत उनले दावी गरे । अव बाजुरा बिकास उन्मुख जिल्ला बन्ने दावी गर्दै बाजुराको बिकास समृद्धि र बाजुरेली जनहरुको जिवनस्तर सुधार गर्ने कुरामा काँही कतै कसुर नराख्ने बताएका हुन् ।बर्तमान समयका आवश्यकता पुरा गर्ने खालको बजेट बाजुराका लागी भित्र्याउने पनि नेता पाण्डेको भनाई छ ।

के भन्छन् त ? एमालेका स्थायि कमिटी सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार थापा

यस्तै नेकपा एमालेकोतर्फबाट प्रनिनिधि सभा सदस्यका उम्मेदवार कर्ण बहादुर थापाले समृद्ध बाजुरा सुखि बाजुरा बासीको अभिलासा पुरा गर्नु संकल्पका साथ अगाडी बढिरहेको बताए । बाजुरा गरिवीमा सवैभन्दा पछाडीरहेको जिल्ला भएको बताउदै बाजुरको गरिवी निवारण गर्ने, भोकमरीको अन्त्य आत्मनिर्भता बढाउन् रोजगारी सिर्जना गराउने बताएका छन् । बिकास निर्माणको हकमा सडक संजाल पहिलो प्रथामिकता दिने थापाको भनाई छ । यस भन्दा अगाडी निमार्ण कार्य सुरु भएका सडकहरुको स्तर उन्नति गररे दिगो व्यवस्थापन गर्ने, बाजुराको शैक्षिक गुणस्तर सुधार गर्ने, बाजुराका पर्यटकिय क्षत्रको बिकास गर्ने, कृर्षि पत्रको बिकास गर्ने, खानेपानी बिद्युत संचार सिचाँई बाट बन्चित बाजुरा बासीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

अव बाजुराले बिगतका दिनहरुमा जस्तै समस्या आफुले जितेपछी भोग्नुनपर्ने पनि थापाको भनाई छ । पिछडिएको र पछाडी पारिएको बाजुरा जिल्लालाई अगाडी ल्याउनका लागी आफुले निर्वाह गर्नुपर्ने भुमिकामा कांही कतै कसुर नराख्ने पनि थापाको भनाई छ । यतिमात्र होइन बाजुरालाई चिनसंग जोड्ने आफ्नो संकल्प रहेको पनि थापाले बताए । बिगतका दिनहरुमा प्रारम्भ गरेका तर पुरा हुन नसकेका अधुरा कामहरु पुरा गर्ने प्रतिव्यक्ता समेत थापाको छ । लोकतान्त्रिक मुल्य मानयताको रक्षा, देशको अग्रगामी परिवर्तन गर्ने हेतुले आफुहरु राजनितिमा तलिन रहेको बताए ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑