• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

गठबन्धनले राजनिति स्थिरता दिने र देशलाई समृद्धिको यात्रामा डोर्‍याउने छ – नेता पाण्डे (भिडियो सहित)

खप्तड मालिका न्युज November 2, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा– नेपाली कांग्रेसको तर्फबाट अर्थात गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस केन्द्रिय सहमहामन्त्रि बद्रि प्रशाद पाण्डेले गठबन्धनले राजनिति स्थिरता दिने र देशलाई बिकास र समृद्धिको यात्रामा डोर्‍याउने बताएका छन् ।नेपाली कांग्रेसको चुनावी प्रचार प्रसारका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् । बिगतका नेकपा एमालेले चालेको प्रतिगमनकारी अलोकतान्त्रिक असंवैधानि र स्वइक्षाकारी कदमका बिरुद्ध रहेको बताएका छन् ।

साथै नेता पाण्डेले अहिलेको गठबन्धन सरकारले केपी ओलिको अहमकार, दम्भ र अधिनायकबादी प्रवृतिलाई ठेगाना लगाउने पनि ठोकुवा गरेका छन् । चुनावी घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसको बिरासतका रुपमा रहेको त्रिवेणी पुगेका पाण्डेले भने “केपी ओलिले संबिधानलाई कुल्चिनुभयो, अरुलाई व्यवास्था गर्नुभयो, निषेध गर्नुभयो, एक्लै हिड्न खोज्नुभयो, मनपरी गर्नुभयो, नेपाली जनताको हित विपरीत कु कार्य गरेर आफ्नो पद र सत्ता जोगाउने कुरामा मात्र अग्रसर हुनुभयो,सोही कदमहरुका बिरुद्ध अहिलेको गठबन्धन बनेको हो” ।

निर्वाचन जित्न अर्थात एमालेलाई पाखा लगाउनका लागी मात्र अहिलेको गठबन्धन नभएको बताउदै पाण्डेले गठबन्धनलाई सदृद व्यवस्थित र परिणाममुखी गठबन्धन बनाउने सन्कल्प आफुहरुको रहेको उल्लेख गरेका हुन् । गठबन्धनालाई लामो समय सम्म टिकाई राख्ने योजना गठबन्धनमा आवद्ध सवै दलको रहेको उनको भनाई छ ।गठबन्धन सरकारले भ्रष्टाचार र दुराचारको अन्त्य गरी देशमा सुशासन कायम गर्ने रहेको पनि पाण्डेले बताएका छन् । यतिमात्र होइन उनले लामो समय पछिको त्याग तपस्या र बलिदानबाट प्राप्त संबिधानको पटकपटक हत्या गरी लोक्तन्त्रलाई नै कमजोर बनाउन केपी ओली नेतृत्वको सरकार लागेपछी संविधान जोगाउन र लोकतन्त्रको रक्षा गर्न सवै लोकतन्त्र प्रेमी सक्तिहरु एक ठाँउमा उभिन बाध्य भएको बताए । सहमहामन्त्रि पाण्डेले गठबन्धन र राजनिति स्थिरताका लागी, बिकासका लागी, र समृद्ध नेपाल सुखी नेपालीको अभिलासा पुरा गर्नका लागी गठबन्धन बनेको पनि स्पष्ट पारेका छन् ।

पाण्डले नेपाली कांग्रेस यतिवेला गठबन्धनमा रहेको बताउदै बाजुरामा तिन वटा दल एक ठाँउमा उभिएको बताए । राजनिति सुधार मार्फत समाज रुपान्तरण गर्ने संकल्पका साथ राजनितिमा तलिन् पाण्डेले समाजको बिकास र समृद्धिका लागी दलहरु मिल्न आवश्यक रहेको औल्याउदै देशको हित र बिकासका लागी नेपाली कांग्रेस जो संग पनि सहकार्य गर्न तयार हुने अवगत गराए । संबिधान र लोकमतन्त्रको रक्षा नै गठबन्धनको औचित्य रहेको पाण्डेले मतदातालाई अवगत गराएका छन् ।कुनै एकै दलले मात्र बिकास गर्छु भनेर घुर्की लगाउनु उतित बिषय नहुने पनि पाण्डेको भनाई छ । यतिमात्र हाइन नेकपा एमाले प्रति लक्षित गर्दै पाण्डले अव प्रदेशमा एमालेको सरकार बन्छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । यतिमात्र हाइन पाण्डेल केन्द्रमा र प्रदेश दुवै ठाँउमा गठबन्धनको सरकार बन्ने दावी गरे । केन्द र प्रदेशमा गठबन्धनको सरकार भइसके पश्चात केन्द्र प्रदेश र स्थानिय तह मार्फत आगामी पाँच बर्षको कार्यकाल समृद्धि र बिकासको कार्यकालका रुपमा स्थापित गर्ने बताएका छन् ।

बितेको पाँच बर्षिय कार्यकालमा नेकपा एमालेको सरकार हुँदा स्थानिय तहका जनप्रतितिधिले सोचे अनुसारको काम गर्ने वातावरण नमिलेको बताए । केन्द्रको सरकारले स्थानिय तहका जनप्रतिनिधिका सवै अधिकारलाई कुन्ठित गर्न खोजेको धारण व्यक्त गरे । अव गठबन्धनको सरकार बन्यो भने ७६१ वटा सरकारलाई एकै साथसंचालन गर्नेकुरामा जोड दिदै हिजो केन्द्र र प्रदेशमा एमालेको सरकार हुँदा स्थानिय तहमा नेपाली कांग्रेसका जनप्रतिनिधिले भोगेजस्तो पिडा भोग्नु नपर्ने समेत उल्लेख गरे ।पाण्डेले थप्दै भने तिन तहको सरकाले देश बनाउने, समृद्धि प्राप्त गर्ने, “गरिवी निवारण गर्ने राजनिति स्थिरता कायम गर्ने, सुशासन कायम गर्ने, देशमै रोजगारीको सिर्जना गर्ने भष्टचार र दुराचारको अन्त्य गर्नेसंकल्प लिएको छ त्यसरकारण हामीले गठबन्धन गरेका हौँ अव गठबन्धनको सरकार बन्छ र देशलाई बिकास र अर्गगामी परिवर्तनको दिशामा हामी लैजान्छौँ । तिनवटै तहका सरकारलाई हामिमिलेर अगाडी बढ्छौँ एमालेले जस्तो मनपरी, भष्टचार दुराचार गठबन्धनको सरकारले गर्ने छैन” ।

 

नेता पाण्डेले नेकपा एमाले संगको गठबन्धन प्रतिगमनकारी गठबन्धन रहेको आरोप समेत लगाएका छन् । उनले नेकपा एमाले गणतन्त्र बिरोधी अर्थात राजबादीहरुसंग गठबन्धन गर्न बाध्य भएको समेत अवगत गराएका थिए । पाण्डले ७७ औँ स्थानमा रहेको बाजुरा अव क्रमिक रुपमा उकालो लाग्ने छ भन्ने कुरामा बिश्वस्त रहन पनि मतदातालाई आग्रह गरे । बाजुरेली जनताका समस्याहरुको पहिचान गरी बाजुराका साझा आवश्यकता पुरा हुने गरी आफु निर्वाचित भएमा सिङ्गो बाजुरेली जनताको आवाजलाई संसदमा पुयार्उने र बाजुराको पुर्वाधार बिकासमा, बाजुराको गरिवी निवारण, भोकमरीको अन्त्य, युवाहरुलाई स्वरोजगार बनाउन बाजुरामै गुणस्तरिय शिक्षा प्रदान, जिल्लामै सुबिधा सम्पन्न अस्पताल जिल्लाका सवै ठाँउमा बिद्युत र संचारको पहँच, बाह्रैमास सडक संचालन गर्नका लागी प्रतिनिधिसभाको हैसियतले आफु कतव्य निष्ठ भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

संसदमा मन्त्रि परिषदमा होस् की जुनसुकै ठाँउबाट होस बाजुरा जिल्लालाई अन्य जिल्ला बराबरीमा ल्याउनका लागी स्रोत साधन र बजेट खोसेर ल्याउने समेत उनले दावी गरे । अव बाजुरा बिकास उन्मुख जिल्ला बन्ने दावी गर्दै बाजुराको बिकास समृद्धि र बाजुरेली जनहरुको जिवनस्तर सुधार गर्ने कुरामा काँही कतै कसुर नराख्ने बताएका हुन् ।बर्तमान समयका आवश्यकता पुरा गर्ने खालको बजेट बाजुराका लागी भित्र्याउने पनि नेता पाण्डेको भनाई छ । यतिवेला पहिलोपटक आफु प्रत्यक्षबाट चुनाव लड्न तयार भएको हुँदा बाजुरेली जनताले आफुलाई मतदान गर्ने र सम्पु्र्ण गठबन्धनका उम्मेदवारलाई मतदान गर्नेछन भन्ने बिश्वास आफ्नो रहेको बताएका छन् ।

यस अघि आफु जिल्लामा कम केन्द्रित भएको र पार्टीकै लागी बढी काम गरेको स्वभाविक भएका स्विकार गर्दै आफु निरन्तर राजनिति सुदृढिकरण र राजनितिलाई मुल्य मान्यतामको बाटोमा हिडाउने अभियानमै व्यस्त रहेको प्रष्ट पारे । आफु राजनितिज्ञले आफ्ना लागी मात्र नभई देश र जनताका लागी काम गर्छ भन्ने सन्देश छर्न सफल भएको दावी गरे । राजनिति सुध्रियो भने देश सुध्रिने र देश सुध्रियो भने मात्र जनताको अनहारमा  हर्ष छर्न सकिन्छ भन्ने आफ्नो राजनितिको मुख्य एजेण्डा रहेको समेत पाण्डले उल्लेख गरे ।राजनिति सुधार गरेर देश सुधार गर्ने र देशको सधार मार्फत जनतालाई खुसि पार्ने आफ्नो संकल्प रहेको पनि नेता पाण्डेृको भनाई छ ।

राजनिति भनैकै सेवा हो भन्ने कुरामा जोड दिदै पाण्डेले आफु पदका लागी, भष्टचार गरेर पैशा कमाउनका लागी राजनितिमा नलागेको समेत अवगत गराए । पाण्डेल अन्ततः फेरी थप्दै भने “जनताको मायाले जनताले चुनेर कुनै दिन मन्त्रि बनुला सांसद कनुला ठुलो पदमा जाउला तर भष्टचारको टिको लागेछ भने राजनितिबाटै सन्यास लिनेछु । निर्वाचनमै हो उम्मेदवार चुन्न भनेकोे एमालेका साथिहरुलाई पनि भन्न चाहानछु तपाईको उम्मेदवार भन्दा म कमजोर देखिन्छु भने मलाई कदापी नछान्नुहोला असक्षम उम्मेदवार छान्नुभयो भने अझै हामी पछाडी धकेलिनेछौँ”। नेता पाण्डेले आफुले निर्वाचन जितेपछी सिङ्गो बाजुराको जनप्रतिनिधि भएर काम गर्ने बताउदै आफु बाजुरेली जनताको मन जित्न सफल भएको बताए । यतिवेला नेपाली कांग्रेसको मात्र नभई जिल्ला स्थित अन्य राजनिति दलको पनि साथ सहयोग आफुलाई रहने अपेक्षा व्यक्त गरेका छन् ।पाण्डे यितवेला प्रत्यक्षा चुनाव लड्रडै छन् । यो उनको पहिलो अनुभव हो र प्रत्यक्षा तर्फ नयाँ अनुहार पनि हुन् । यतिवेला बाजुराले नेतृत्व पिरवतर्न चाहेको छ । उसो त पाण्डे बाजुरेली जनहरूको यस अघिका रोजाइ पनि हुन् ।
बाँकी भिडियाे बाट 

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑