• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा गठबन्धनबाट प्रदेश सभा क्षत्र न. १ को उम्मेदवारका लागी अन्यौल कायमै

खप्तड मालिका न्युज November 1, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्रका बाजुरा – जिल्लामा गठबन्धनको प्रदेश सभा १ मा अझै टुङगो लाग्न सकेको छैन। निवार्चन आउन अव १९ दिन मात्र बांकी छन् । तर बाजुरामा भने प्रदेशसभा क्षेत्र न १ मा अन्यौल कायमै रहेको छ । प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्र न. २  का लागी गठबनधनका साझा उम्मेदवारलाई गठबन्धनमा आवद्ध दलहरुले मत मागिरहेका छन् । तर प्रदेश सभा १ मा भने नेकपा एसका नरेश शाही र माओवादी केन्द्रका केशव वि.क गरी दुई वटा उम्मेदवार रहेका छन् । केन्द्रबाट जसलाई टिकट दियो सोही उम्मेदवारलाई स्विकार गर्ने पक्षमा नेपाली कांग्रेस छ ।

आफ्नो दलको नताले टिकट पाउनुपर्ने माग नेकपा एसको र माओवादीको नेता कार्यकर्ताहरुको छ । निर्वाचन नजिकिदै गएपनि अन्यौल अझै कायमै छ । केन्द्रको निर्णयलाई दलहरुले कुररे बसिरहेका छन् । केन्द्रले कसलाई उम्मेदवार बनाउने हो भन्ने कुनै अत्तोपत्तो छैन । केन्द्रले कहिले सम्म निर्णय गरिसक्छ त्या पनि निश्चित छैन । नेकपा एसर माओबादी केन्द्र आफ्आफ्नै अडानमा रहेका छन् भने बढी अन्यौलमा नेपाली कांग्रेस छ । कुन उम्मेदवारलाई मत माग्ने कुनै ठोष निर्णयमा कांग्रेस पुग्न सकेको छैन ।

उसो त जनमतका आधारमा नेकपा माओबादी केन्द्रको उम्मेदवारलाई स्विकार्नु नै नेपाली कांग्रेसका लागी फाइदाजनक हुने कतिपयको बुझाई छ। यसमो भन्दैमा एकिकृत समाजबादीका केन्द्रय सदस्य नरेश शाही कमजोर हुन भन्न सकिने अवस्था पनि छैन ।तर समाजबादी संग जनमत भने निकै कमजोर छ । उसो त यि दुवै जना उम्मेदवार राम्रो छवी बनाउन सफल सक्षम युवा जुझारु नेता नै हुन् । जनमतका आधारमा माओवादीको उम्मेदवारलाई स्विकार गर्नु फाइदाजनक देखिएतापनि केन्द्रले नरेश शाहीलाईउम्मेदवार बनाएमा शाहीलाई नै स्विकार्नुपर्ने बाध्यात्माक परिश्थितिमा नेपाली कांग्रेस छ ।

यो उम्मेदवारलाई मात्र स्विकार गछौँ भन्ने अडान भने कांग्रेसले लिएको अवस्था छैन । उसो त नेपाली कांग्रेसले गठबन्धनका कारण पार्टी भित्रै रहेर लामो त्याग तपस्या र योगदान गरेका व्यक्तिहरु गुमाउनु पर्यो तर अनततः गठबकन्धन भित्र नै तिक्तता पैदा हुने देखिन्छ । दुई वटा उम्मेदवार मध्य एउटालाई उम्मेदवार बनाएपनि जिल्लामा मतदाताले सो कुरा स्विकारर्दैनन् की भन्ने अर्को अनयौल गठबन्धनमा छ ।

प्रदेश क्षत्र न. १ मा यि दुईदल एक उम्मेदवारले अर्कोलाई स्विकार गर्ने  स्थितिमा छैनन् । यसकारण पनि दलहरु बिच अन्ततः असन्तुष्टी बढ्ने देखिन्छ । अरुलाई साथमा लिएर आफ्नो नेतृत्व गुमाएको कांग्रेसलाई अन्ततः गठबन्धनकै साथ नमिल्ने त होइन भन्ने चासोको बिषय बनेको छ ।  यतिमात्र हाेइन अव यि उम्मेदवारहरूले केन्द्रले गरेको निर्णय मान्लान्र की नमानलान् केन्द्रले अर्को दलको नेतालाई उम्मेदवार बनायो भने गठबन्धनलाइ सहयोग गर्लान्की नगर्लान् यो पनि गठबन्धन दलको चासोको बिषाय बन्न पुगेको छ । यो बिषायमा उम्मेदवारहरूलाई सोध्न खोज्दा टेलिफोन सम्पर्क हुनसकेको छैन ।

निर्वाचनको पुव संध्यामा आफ्नो संगठनलाई कमजोर बनाउने गरी अकार्को संगठन बलियो बनाउन लागेको आरोप समेत कांग्रेस निकट नेता कार्यकर्ताहरुले नै लगाएका थिए । एकातिर पार्टी भित्रकै एक पक्षको अर्को पक्ष प्रतिको असन्टुष्टी र अर्को तिर गठबन्धनका कारण पार्टी भित्रको नेतृत्व गुमाउदा कांग्रेस निकट नेता कार्यकर्ताहरु आक्रोसित समेत बनेका थिए ।
तर गठबन्धन बर्तमान आवश्यकता भएका ठहर गर्दै निर्वाचन नजिकिदै गर्दा सवै नेता कार्यकर्ताहरु एक ढिक्का भएको कांग्रेस बाजुराको दावी छ । पार्टी भित्रको असन्टुष्टी, असमझदारी, असहमति, र गठबनधन प्रतिको तिक्तता साम्मे भएर आफुहरु एकताबद्ध भएर निर्वाचन केन्द्रित भएको पार्टी सभापति रामसिंह रावलले बताएका छन् ।

बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेस प्रमुख दुई मुख्य राजनिति दल कडा प्रतिसपर्धिका रुपमा रहेका छन् । हाल सम्म भएको निर्वाचनहरुको नतिजा केलाउँदा नतिजा कहिले एमालेको पोल्थोमा जित त कहिले नेपाली कांग्रेसको पोल्थोमा जित हात पार्दै आएको छ । निरनतर एउटै दलले चुनाव जिनत्न भने यि दुवै दल सफल भएका छैनन् ।

प्रजातन्त्रको पुर्नरबाहली पछि भएका चुनावमा काँग्रेस एमालेले नै बाजुरामा जितेको इतिहास छ। २०४८, २०५६, २०७४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए। भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए। एक पटक जितेर संसद बनेका थापा मन्त्री बनेका थिए। भने पाण्डे दुई पटक सांसद बनेर त्यो अवसर पाएका छैनन्।तत्कालीन स्थानीय निकाय निर्वाचन २०४८ मा काँग्रेसले बहुमत गाविस जितेपनि २०५४ मा एमालेले जितेको थियो। २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नौ मध्ये छ मा काँग्रेस र तीनमा एमालेले जितेको थियो। तर २०७९ मा आइपुग्दा भने ठिक उल्टो भएको छ। बाजुराका नौ स्थानीय तह मध्ये ६ पालिका एमालेले जितेको छ।

स्थानीय तह निर्वाचन २०७९ को वडा तहको जनमत केलाउदा समाजवादी पार्टी निकै कमजोर अर्थात बाजुरामा चौथो पार्टीका रुपमा रहेको छ । नौ वटा पालिका र ६९ वटा वडा मध्ये कुनैमा पनि समाजवादीले जित हासिल गर्नसकेको छैन। माओवादीले भने ४ वटा वडामा आफ्नो जित निकालेको छ।निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ। काँग्रेस एमाले पछि दोस्रो दल बनेको छ। काँग्रेसले २४ हजार ४ सय ५७ मत पाएको छ। बाजुरामा एमालेले २७ हजार ६५५ मत ल्याएको छ।स्थानिय निर्वाचनमा गठबन्धन हुँदा पनि पहिलो बनेको एमालेले संघ र प्रदेश सभाको निर्वाचन पनि जित्ने दाबी गरिरहेको छ। बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्र तर्फका उम्मेदवारहरुले ५ सय ८४ मत प्राप्त गरेका थिए। यो पटक बाजुरामा ८३५६७ जना मतदाता छन्।

को को बिच हुँदै छ बाजुरामा रोचक प्रतिसपर्धा ?यतिवेला बाजुरामा प्रतिनिधि सभामा नेपाली कांग्रेस अर्थात गठबन्धनको तर्फबाट केन्द्रिय सहमहामन्त्रि बद्रि प्रशाद पाण्डे नेकपा एमालेको तर्फबाट स्थायि कमिटी सदस्य कर्ण बहादुर थापा र पाण्डे बाहेक जनतापार्टीबाट रामबहादुर शाही, राप्रपाबाट जंगकुमार गिरी र स्वतन्त्रबाट टेक बडुवाल उम्मेदवार रहेका छन् । तर निकै नै रोचक प्रतिसपर्धा चने थापा र पाण्डे बिच हुने देखिएको छ। जिल्ला आफ्नो राम्रो छवी बनाउन सफल राजनितिमा केन्द्रसम्म राम्रो प्रभाव पार्न सक्ने दुवै जना बलियो उम्मेदवार हुन् । स्थानिय निर्वाचनमा गठबन्धन हुँदा पनि पहिलो बनेको एमालेले संघ र प्रदेश सभाको निर्वाचन पनि जित्ने दाबी गरिरहेको छ । स्थानिय निर्वाचनमा पार्टी भित्रकै आन्तरिक बिबादका कारण पार्टी पराजित भएपनि संघ र प्रदेशको निर्वाचनमा सवै असहमति, असमझदारी र असन्तुष्टीहरुलाई त्यागेर नेपाली कांग्रेस एकिबद्ध भइसकेको हँदा नेपाली कांग्रेसनै चुनाव जित्ने कांग्रेसको दावी छ । उसो त अहिले नेपाली कांग्रेसलाई चुनाव जित्न सहज छ । कांग्रेसयतिवेला पाँचदलिय गठबन्धनको साथ लिएर निर्वाचनमा होमिएको छ ।

गठबन्धनमा आवद्ध दलहरुले पनि नेता पाण्डेलाई साझा उम्मेदवारका रुपमा स्विकार गरेको छ । तर एमालेका थापा भने एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । यसकारण पनि निर्वाचन जित्न आफुहरुलाई सहज हुने कांग्रेसको एक श्रोतको दावी छ । २०७४ सालमा बाम गठबन्धनका कारण पार्टी पराजित भएपनि अहिले त्यही परिश्थिति नडोहोरिने पनि कांग्रेस नेताहरुको भनाई छ । तर स्थानिय निर्वाचनको मत केलाउने हो भने नेकपा एमाले नै अगाडी छ । स्थानिय निर्वाचनको मतलाई नै आधार मानेर निर्वाचनमा एमाले बिजयी हुने नेकपा एमालेले दावी गर्दै आइरहेको छ । उसो त प्रत्यक निर्वाचन नयाँ नै हुन्छ र हरेक निर्वाचनमा नतिजा पनि फरक नै देखा पर्ने गर्दछ । त्यसकारण नेकपा एमालेलाई भने जस्तै निर्वाचन जित्न सहजभने छैन ।
पाँच दलिय गठबन्धनका बिच एक्लै लडेर थापालाई जित निकाल्न सोचे जस्तै सजिलो पक्कै पनि छैन । उसो त थापा यस अघि पनि जनताबाट प्रत्यक्ष निर्वाचन लडेर निर्वाचित भइसकेका छन् । यसपटक गरी चार पटक थापा चुनाव लड्दै छन् । २०७० मा भएको दोस्रो संबिधान सभाको निर्वाचन पश्चात थापा उद्योग मन्त्रि समेत बनेका थिए । तर ६ महिनामै थापा मन्त्रिबाट बरखास्त भएका थिए । जसको कारण बाजुरेली जनताले थाहा पाउन सकेका छैनन् । पार्टी भित्रैको आनतरिक बिबादका कारण आफु मन्त्रिबाट बरखास्त भएको थापाले बताउदै आइरहेका छन् । तर यता सहमहामन्त्रि पाण्डेको भने यो पहिलो अनुभव हो । पाण्डे पहिलो पटक प्रत्यक्ष चुवावमा होमिएका छन् । पार्टी राजनितिमा भने पाण्डेको लामो अनुभव छ। प्रत्यक्ष जनताबाट निर्वाचित भएर संसदमा नपुगेपनि पार्टीबाटै संबिधान सभा सदस्य राष्ट्रिय सभासदस्य समेत भइसकेका छन् । यतिवेला निर्वाचनको मुखैमा नेता पाण्डे र थापा बिचको प्रतिसपर्धालाई मुख्यतया हेरिएको छ ।

आसन्न मंसिर चार गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । यतिबेला जिल्लास्थित सम्पुर्ण दलका नेताहरू आफ्नो चुनावी घरदैलो अभियानमै व्यस्त देखिन्छन् ।विभिन्न ठाउँमा चुनावी अन्तरक्रिया कार्यक्रम गोष्ठी ,आमसभा घरदैलो लगायतका कार्यक्रमहरु ठाउँठाउँमा संचालन भैरहेका छन् ।देशभर चुनावी प्रचार प्रसारलाई राजनीति दलहरूले तिब्रता दिएका छन् । उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा आफ्ना राजनीति एजेन्डा लिएर मत मागिरहेका छन् । कसरी मतदातालाई आफ्नो पक्षमा पार्ने र चुनाव कसरी जित्ने भन्ने चिन्ता र चासो नेताहरूमा छ । बाजुरामा पनि विभिन्न राजनीति दलहरूले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।यता नेकपा एमाले बाजुराले पनि चुनावी घरदैलो अभियानमै व्यस्तथ रहेको छ । एमालले पनि चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑