
बाजुरा– नेपाली काँग्रेसको तर्फबाट बाजुरा जिल्लाबाट प्रतिनिधी सभा सदस्यका उम्मेद्वार बद्री पाण्डेले नेपाली काँग्रेस बोलेर मात्र समय खेर फाल्ने पाटी नभएकोले गरेर देखाउने पाटी भएको ठोकुवा गरेका छन् । नेपाली काँग्रेस बाजुराको आयोजनामा भैरहेको चुनावी घर दैलो अभियाँन कार्यक्रमको सम्बोधन गर्दै पाणडेले यस्तो बताएका हुन् ।

मंगलबार त्रिवेणी नगरपालिकाका वडा ६ किम्नी लगायतका बिभिन्न वडाहरुमा चुनावी घर दैलो कायक्रममा बोल्दै नेता पाण्डेले बाजुरा जिल्लाले बिगतका निर्वाचनमा प्रतिनिधी सभामा पठाएका संसदहरुले पाटीको मात्र प्रचार गरेर समय बर्वाद गरेको जिकिर गरेका छन् । बाजुरा जिल्लाबाट निर्वाचित भएर संबिधान निर्माण गर्न पठाएका संबिधान सभा सदस्य उद्योगमन्त्री हुँदा आर्थिक भ्रष्ट्राचार गरी ६ महिनामा पद मुक्त भएको इतिहास बाजुरा जिल्लाले नभुलेको स्मरण गराएका छन्।
नेता पाण्डेले गाँउघरका सोझा साझा जनताहरुलाई झुटको खेती रोपेर झुट्टा आसवासन दिदै केही नेताहरुले भोट किन बेच गर्ने प्रबृति रहेकोले बाजुरा जिल्लाका मतदाताहरुले सजग रहनुपनेर्मा जोड दिएका छन् । पटक पटकका निर्वाचनमा बिजयी गराएर प्रत्यक्ष रुपमा प्रतिनिधी सभा र प्रदेश सभामा पठाएका नेताहरुले केवल जिल्लाको किासको चिन्तन नदिएर ब्यक्तिबादी चिन्तन लिएकोले बाजुरेली जनतालइ मंसिर ४ गते प्रत्यक्ष निर्वाचित बिकासबादी ब्यक्तिलाई चुन्ने समय आएको बताएका छन् ।
आफु बाजुरा जिल्लाबाट जनप्रतिनिधीको रुपमा निर्वार्चित नभएर समानुपातिक तर्फबाट मात्र प्रतिनिधित्व गर्दै जिल्लाको बिकासका सवालहरु संसदमा उठााउदै आएको बताउदै पाणडेले प्रत्यक्ष निर्वाचित संसदले उठाएका कुुराहरु मान्य हुने भएकोले जिल्लाको बिकासका सवालमा आफुले केही गर्न नसके पनि अब बाजुरेली जनताले मंसिर ४ गते रुख चिन्हमा मतदान गरी आफुलाई प्रतिनिधी सभामा निर्वाचित गरे पछि बाजुराको िबकासका सवालमा कानँही कतै कसुर नराख्ने दावी गरेका छन् ।
नेता पाणडेले भने केही एमालेका कार्यकर्ता तथा नेताहरुले बृद्ध भत्ता ५ हजार बनाउछौ कर्ण थापा र बद्री पाण्डे बिच बहस गरौ कस्ले जिल्लाको निमित्त कति काम गर्यो भनेर टिका टिप्पणी गरि रहदा प्रत्यक्ष निर्वाचित ब्यक्तीले के गर्यो संसदमा जिल्लाको राजनितिको मात्र कुरा उठाए जिल्लाको बिकासका सवालहरु कहिल्यै उठाएन तर संसदमा सममानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने बद्री पाण्डेले खुलेर बाजुराको बिकासका सवालहको आवाज उठाएको सवैलाइ अवगत नै छ ।
घर दैलो भेटघाट अभियानमा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे, पुर्व भुमि सुधार तथा सहायक मन्त्री जनकराज गीरी, नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति पदम बडुवाल, प्रदेश सभा क्षत्र न. २ का उम्मेद्वार पदम शाही, प्रतिनिधी सभा समानुपातिक सदस्यका उम्मेद्वार महा नेपाली, प्रदेश सभा का समानुपातिक उम्मेद्वार जुना दानी लगायतका नेताहरुको घरदैलो अभियानमा सहभागीता रहेको छ । त्रिवेणी नगरपालिकाका सबै वडाहरुको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरी बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाँउपालिका हुँदै गौमुल गाँउपालिका सम्म पुग्ने हाम्रा सहकर्मी प्रेम रौलेले जानकारी दिएका छन ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर