• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

निर्वाचनको मुखैमा एमाले त्रिवेणीमा ठुलो धक्का नगर कमिटी उपाध्यक्ष एडी कांग्रेसमा प्रवेश

खप्तड मालिका न्युज October 31, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा- त्रिवेणी नगरपालिका नगर कमिटी उपाध्यक्ष बिनोद एडी नेपाली कांग्रेसमा प्रवेश भएका छन् । यस अघि नेकपा एमालेमा रही नगर कमिटी उपाध्यक्षको जिम्मेवारी समेत समालिसकेका एडी निर्वाचनको मुखैमा पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका हुन् । नेपाली कांग्रेसले चालेको चुनावी घरदैलो अभियानका क्रममा उहाँले पार्टी परित्याग गरेर कांग्रेसमा सुमाहित हुनुभएको हो । लामो समय देखि नेकपा एमालेको संगठन निर्माण् पार्टी सदृढिकरणमा योगदान पुर्याएका नेता एडी कांग्रेस प्रवेश भएपछी नेकपा एमालेलाई निर्वाचनको मुखैमा ठुलो धक्का पग्ने देखिन्छ ।

नेपाली कांग्रेसको बिरासतका रुपमा रहेको सो नग्रपालिकामा यतिवेलमा एमाले परित्याग गरी कांग्रेसमा समाहित हुनेको जनलहर छाएको छ । उसो त निर्वाचनको पुर्वसन्ध्यामा एक राजनिति दलको नेता सहित कार्यकर्ताहरु अर्को दल प्रवेश गर्ने गरेको पाइन्छ । कांही कांग्रेस परित्याग गरी एमाले प्रवेश त कांही एमाले परित्याग गरि कांग्रेस प्रवेश गर्ने क्रम यतिवेला चलिरहेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिए सँगै नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेको जनलहर सुरु भएको छ । यसैबिच नेपाली काँग्रेसले सुरु गरेको चुनाव लक्षित घरदैलो अभियान कार्यक्रममा जिल्ल्लाको त्रिवेणी नगरपालिका–९ का गजेन्द्र थापा लगाएतका व्यक्तिहरुले नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको पनि नेपाली कांग्रेसको एक श्रोतले जानकारी दिएको छ । थापा लामो समय देखि नेकपा एमालेको सक्रिय कार्यकर्ता भएर काम गर्दै आएका थिए । नव प्रवेशी थापा र एडी लगाएतका व्यक्तिहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री तथा आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा सदस्य उमेदवार बद्री प्रशाद पाण्डेले फुलमाला सहित अविर लगाएर स्वागत गरेका छन ।

नेकपा एमालेले पटक पटक संसद बिगठन गरी संबिधान माथी नै ठाडो प्रहार गरेकोले नेपाली काँग्रेसले संविधानको रक्षा गरेको सावित भएको भन्दै बाजुरा जिल्लामा पनि नेकपा एमलेले केही गर्न नसक्ने भन्दै एमाले परित्याग गरेको नव प्रवेशीहरूको भनाई छ ।
नेपाली काँग्रेस बाजुराले घरदैलो अभियन कार्यक्रम सुरु गरेसँगै नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको जनलहर बढेको हो । आइतवारबाट जिल्लाको बडिमालिका नगरपालिका ६ कोर्धबाट चुनावी घरदैलो अभियान सुरु गरि त्रिवेणी नगरपालिका पुगेको नेपाली काँग्रेस बाजुराले जनाएको छ । आज त्रिवेणी नगरपालिकाको वडा न. ७ का बिभिन्न ठाँउहरुमा घरदैलो अभियान सम्पन्न गरेको कांग्रेस नेताहरुले बताएका छन् । भोलि बिहानबाट सो नगरपालिकाको वडा न. ६ मा घरदैलो अभियान सुरु गर्ने पनि नेपाली कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।
Open photo
आसन्न मंसिर चार गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । यतिबेला जिल्लास्थित सम्पुर्ण दलका नेताहरू आफ्नो चुनावी घरदैलो अभियानमै व्यस्त देखिन्छन् ।विभिन्न ठाउँमा चुनावी अन्तरक्रिया कार्यक्रम गोष्ठी ,आमसभा घरदैलो लगायतका कार्यक्रमहरु ठाउँठाउँमा संचालन भैरहेका छन् ।देशभर चुनावी प्रचार प्रसारलाई राजनीति दलहरूले तिब्रता दिएका छन् । उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा आफ्ना राजनीति एजेन्डा लिएर मत मागिरहेका छन् । कसरी मतदातालाई आफ्नो पक्षमा पार्ने र चुनाव कसरी जित्ने भन्ने चिन्ता र चासो नेताहरूमा छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑