• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

कांग्रेस बाजुरा जनताका गुनासा सुन्न निरन्तर जनताको घरदैलोमै त्रीबेणी ४ मा घरदैलो कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज October 22, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर चार गते हुँदै छ । यतिवेला निर्वाचन नजिकिए संगै विभिन्न ठाउँहरुमा पार्टीका चुनावी रणनीतिक गोष्ठीहरु संचालन राजनीति दलहरूले गरिरहेका छन् । यसै बिच नेपाली कांग्रेस बाजुराले पनि आफ्नो चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारहरुले केहि दिन अगाडि नै चुनावी घरदैलो अभियान सुरु गरेका थिए । उम्मेदवारहरु निरन्तर जनताको गुनासो सुन्न जनताकै घरदैलोमै सरिक रहेका छन् ।

बडिमालिका नगरपालिकाबाट सुरु गरेको घरदैलो कार्यक्रममा नेताहरूको चुनावी प्रचार प्रसार टोली खप्तड छेडेदह गाउँपालिका देखी त्रीवेणी नगरपालिका हुँदै यतिबेला बुढिगंगा नगरपालिका पुगेको छ । छेडेदह गाउँपालिका हुँदै बिहिवार त्रीवेणी नगरपालिका पुगेको चुनावी प्रचार प्रसार टोलीले शुक्रबार त्रीवेणी नगरपालिकाको वडा न ४ मा चुनावी घरदैलो अभियान सप्पन्न गरेको छ । हिजो एक औपचारिक कार्यक्रम बिच चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । औपचारिक कार्यक्रमका बिच सुरु भएको चुनावी घरदैलो कार्यक्रम वडा न . ४ का वडा सभापति नर बहादुर साउदको अध्यक्षतामा सम्पन्न भएको थियो । सभापति साउदको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम् संगठन बिभाग प्रमुख एवम् नेपाली कांग्रेसको तर्फबाट प्रदेश ख का उम्मेदवार पदम शाही रहेका थिए ।

कार्यक्रममा त्रीवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा, नगर उपप्रमुख कमला जोशी नेउपाने, नेकपा माओवादी केन्द्र प्रदेश ख का इन्चार्ज दान बहादुर खड्का , नेपाली कांग्रेस प्रदेश ख का उपसभापति दिल बहादुर बुढा , पुर्व जिल्ला कार्य समिति सदस्य धन बहादुर रावत, अधिकांस जिल्ला कार्यसमितिका पधातिकारी, नेपाली कांग्रेस त्रीवेणी नगरपालिकाका सभापति , निवर्तमान सभापति, अन्य कार्यसमितिका पधातिकारी, प्रत्येक वडा पालिकाका कार्यसमिति पधातिकारीहरु , नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघका विद्यार्थी नेता अनील सिह , लगायतको सहभागिता रहेको छ । बिहिवार सोही नगरपालिकाको वडा न . १ र २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो । शुक्रबार बिहान वडा न . ३ मा घरदैलो कार्यक्रम सम्पन्न गरी दिउँसो वडा न . ४ मा एक औपचारिक कार्यक्रम गरेको नेपाली कांग्रेस निवर्तमान जिल्ला कार्यसमिति सदस्य धन बहादुर रावतले जानकारी दिएका छन् । सनिवार बुढिगंगा नगरपालिकामा चुनावी घरदैलो कार्यक्रम सुरु गरिने पनि बताइएको छ ।
बाजुरा जिल्लाको बिकास, समृद्ध बाजुरा सुखी बाजुरेली वासी बनाउन र सिङ्गो देशलाई समृद्धिको सतमार्गमा दोहोर्‍याउनका लागी गठबन्धन सरकारको आवश्यक रहेको कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले जोड दिएका थिए । प्रतिगामी शक्तिहरुलाई प्रगास्त गरी देशलाई परिवर्तनको बाटोमा हिड्याउनका लागी गठबन्धनका उम्मेदवार जिताउन आवश्यक रहेको वक्ताहरुको भनाई रहेको थियोे । गठबन्धन गर्नु रहर नभैई बाध्यता भएको बताउदै नेताहरूले गठबन्धन दलहरू प्रति आस्थावान कुनै पनि नेता कार्यकर्ताले नहिच्किचाइकन गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत नेताहरूले अपिल गरेका थिए ।

कतिपय कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी मंसिर चार मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गणतन्त्रवादी र राजतन्त्रवादीहरु बिच भिडन्त हुने बताएका थिए । वक्ताहरूले गठबन्धनका विरुद्ध नेकपा एमाले संग तालमेल गरेका राजनीति दलहरूको समुह राजावादी रहेको आरोप समेत लगाएका थिए ।

कांग्रेसकाे किल्ला मानिने त्रीवेणी नगरपालिका गठबन्धनका उम्मेदवारलाई जिताउनका लागी प्रतिबद्ध रहेको कार्यक्रममा बोल्दै त्रीवेणी नगरपालिकाकी उपप्रमुख कमला जोशी नेउपानेले बताएकी छन् । यस्तै कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि एवम् त्रीवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले त्रीवेणी नगरपालिकाको तर्फबाट गठबन्धनका उम्मेदवारलाई भरपुर साथ रहने बिश्वास दिलाएका छन् । अहिलेको आवस्यकता भनेको गठबन्धनका उम्मेदवार जिताउनु रहेको हुँदा स्थानीय निर्वाचनमा जसरी आफुलाइ मतदान गरेर बिजयी गराएर जसरी आगामी मंसिर चारमा हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल समेत गरेका छन् । गठबन्धनलाई थप बलियो बनाउने कुरामा सवै एकिबद्ध हुनुपर्नेमा जोड दिदै नगर प्रमुख थापाले गठबन्धन टुक्रयाउने कसैले नगर्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवारहरुले यतिवेला घरदैलो अभियानमा जनताका जनगुनासाहरु र सुझावहरु संकलन गर्नुका साथै वर्तमान समयमा गठबन्धनको औचित्य , गठबन्धनलाई मतदान किन गर्ने लगायत बिषयमा मतदातहरुलाई घरदैलोमै पुगेर सुझाइरहेको छ । घरदैलोमा पुगेर जनताका समस्याहरु पहिचान हुने र जनताका सुझाव संकलन गर्ने उदेश्यका साथ घरदैलो अभियान थालिएको र सोही क्रममा आफ्नो गृह पालिकामा पुगेको प्रदेश सभा ख का उम्मेदवार पदम शाहीले बताएका छन् । जनताका सुझाव संकलन गरेर जनताको सुझावका आधारमा सिङ्गो जिल्लाको बिकास र समृद्धि आफ्नो आगामी राजनीति एजेन्डा अगाडि बढाउने तयारी आफुहरुको रहेको नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा समानुपातिकका उम्मेदवार पुर्व संविधान सभा सदस्य महा नेपालीले बताए । चुनावी घरदैलो अभियानका क्रममा मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया आएको पनि नेता नेपालीको भनाई छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑