
मिन बहादुर खड्का बाजुरा – जिल्लाको बडिमालिका नगरपालिका वडा न . ८ का पुर्व वडा अध्यक्ष प्रकाश रावलले साफे मार्तडी सडक खण्ड संचालनका लागी आफ्नो व्यक्तिगत लगानीमा दुई वटा डोजर लगाउन घोषणा गरेका छन् । निवर्तमान वडा अध्यक्ष रावलले आफ्नो सामाजिक संजाल फेसवुक मार्फत घोषणा गरेका हुन् ।

एक कुसल सक्षम जुझारु ,कर्मठ निदर युवा नेता रावलले लामो समय देखि साफे मार्तडी सडक खण्ड अवरुद्ध हुँदै आएको भएपनि स्थानीय सरकार , प्रदेश संघका जनप्रतिनिधिहरुले चासो नदेखाएकोले अव आफ्नो लगानीमा सडक संचालन गर्ने बताएका छन् । सडक संचालनका लागी पटकपटक स्थानीयले नेतृत्व गर्ने जनप्रतिनिधिहरुलाई हारगुहार गर्दा पनि कसैले चासो नदेखाउनु लज्जास्पद र दु:खद बिषय रहेको पनि रावलको भनाई छ ।
अव व्यक्तिगत लगानीबाटै भएपनि तिहार अगावै सडक संचालनमा ल्याउनुपर्नेमा उक्त साफे मार्तडी सडक खण्ड बिगत चार बर्ष देखी निरन्तर अवरुद्ध हुँदै आएको छ । हरेक बर्ष बर्षातमा पैदल यात्रा गर्दै सास्ती खेपेर जिल्ला सदरमुकाम पुग्न बाध्य छन् । तर यो बर्ष भने कार्तिक लागिसक्दा पनि सडक संचालनमा आउन सकेको छैन । सदरमुकाममा मार्तडीमा दैनिक उपभोग्य बस्तुको मुल्य आकासिदै गएको छ । जनताहरु महङ्गोमा दैनिक उपभोग्य बस्तु उपभोग गर्न बाध्य छन् । तर सरोकारवाला निकायहरु र जिल्ला स्थित राजनीति दलका नेताहरू भने मौन देखिन्छन् । बरु चुनावी प्रचार प्रसारण व्यस्त छन् । एउटा सडक समेत बनाउन नसक्नेहरुलाई के आधारमा मतदान गर्ने के भनेर भोट माग्छन् नागरिकको प्रश्न छ ।
यस्तो लेखेका छन् आफ्नो सामाजिक संजालमा रावलले


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर