
बाजुरा- नेपाली काँग्रेसका केन्द्रिय सह(महामन्त्री बद्री प्रशाद पाण्डे प्रतिनिधि सभाका लागि बाजुरा बाट पाँच दलिय गठबन्धनका साझा उमेदवार बनेका छन ।

पाँच दलिय गठबन्धले युवा नेता पाण्डेलाई प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उमेदवार बनाएको हो ।नेपाली काँग्रेस बाट प्रतिनिधित्व गर्ने नेता पाण्डेलाई पाँच दलिय गठबन्धनले बलियो उमेदवार बनाएको छ ।जिल्लाबाट नेपाली काँग्रेसमा संघको टिकटका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस भएको थियो भने लामो समयको संघर्ष पछि पाँच दलिय गठबन्धनले पाण्डेलाइ संघको उमेदवार बनाएको बताइएको छ ।
प्रदेश सभाका लागि प्रदेश ९क० मा नेकपा माओवादीका कर्ण विक र प्रदेश ९ख० मा नेपाली काँग्रेसका पदम बहादुर शाहीले टिकट पाएका छन ।नेपाली काँग्रेसका नेता महा नेपालीले प्रतिनिधि सभाको समानुपातिक तर्फबा टिकट पाएका छन भने महिला नेत्रि जुना कुमारी दानीलाई प्रदेश सभाको समानुपातिक बाट टिकट पाएकि छन ।
यता नेपाली काँग्रेसका निवर्तमान सभापति कविराज पण्डितलाई भने पछाडी धकेलेको छ । २०७४ सालको संघिय निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उमेदवार बनेका पण्डित पराजित भएका थिए ।त्यस्तै बाजुरा क्षेत्र ९क० मा पनि २०७४ सालको निर्वाचनमा घाइते भएका जनकराज गीरीलाई पछार्दै पाँच दलिय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका साझा उम्मेद्वार कर्ण बहादुर बि।क। केशवलाई टिकट दिइएको छ ।पार्टी भित्रकै सक्षम नेतृत्वलार्ए पाखा लगाएर कमजोर जनमत भएको पार्टी माओवादीलाई टिकट दिइएको प्रति भने केही कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । कतिपयले केन्द्रिय नेतृत्वले गरेको यो निर्णय नमान्ने समेत धारणा व्यक्त गरेका छन् । महाधिवेशन प्रतिनिधि युवा नेता योगेन्द्र रावल र नेतृ रिता शाही शाहले आफ्नो सामनिक संजाल फेसवुकमा लेख्दै स्वतन्त्र उम्मेदवारी दिनुपर्ने धारणा अघि सारेका छन् । आफ्नो संगठन बलियो बनाउन लाग्नु भन्दा हरुको संगठन लागेको भन्दै अधिकांस नेता कार्यकर्ताहरुले गुनासो गरेका छन् । उता २०७४ सालको निर्वाचनबाट बाजुरा क्षेत्र ९ख० मा पदम शाहीलाई भने पुनः दोहो¥याएको छ ।
लामो समय देखि नेपाली कांग्रेसको नेतृत्व गर्दै राजनितिमा तलिन नेता पाण्डे बाजुरेली युवाहरुका ढुकढुकी बाजुरा कांग्रेसका बलियो आधार, बाजुरली जनताका राजाई, वर्तमान आवश्यकता हुन भन्दै उनको प्रससा समेत उजका मिर्थकहरुले गरेका छन् । यतिमात्र होइन बाजुरेली जनताको जिवन स्तरमा सुधार ल्याउन सक्ने एक मात्र नेतृत्वका रुपमा बाजुरेली जनताले नेता पाण्डेलाई लिने गरेका छन् । पाण्डेले संघको टिकट पाएपछी बाजुरेली कांग्रेसहरुले उनको समर्थनमा सामाजिक संजाल मार्फत खुसि व्यक्त गरेका छन् । यस अघिका तिक्ततालाई भुलेर अव पार्टी जिताउन पर्नेमा नेता कार्यकर्ताहरुले जोड दिएका छन् ।
यस अघि जे जस्तो असहमति र असन्तुष्टी भएता पनि अव आफ्नो अर्काको नभनी सवैलाई पार्टी नितायन आग्रह अधिकांस नेता कार्यकर्ताहरुले आग्रह गरेका छन् । टिकट पाउनुभन्दा पुर्व भने सामाजिक संजालमा संघका लागी बलियो उम्मेदवार रहेका पुर्व पार्टी सभापति कविराज पण्डित र सहमहामन्त्रि बद्रि पाण्डेको बिषयमा फरक मत राख्ने गरेको भएतापनि यतिवेला भने सवै एकिबद्ध हुनुपर्नेमा अधिकांसको जोड छ ।
कांग्रेस एकताबद्ध हुन नसकेमा पप्रतिपक्ष संग प्रतिसपधौ गर्न फलामे चिउरा चपाउनु जस्तै हुने धारणा व्उक्त गर्दै कांग्रेस एकिवद्ध भएर अगाडी बढ्नुको अर्को बिकल्प नरहेको बिद्यार्थी नेता नेपाल बिद्यार्थी संघका जिल्ला सदस्य बडिमालिका क्याम्पस फालासैन स्ववियु सभापति टपेश रावलले बताएका छन् । यतिवेला नेकपा एमालेको तर्फबाट संघमा स्थायि कमिटी सदस्य कर्ण बहादुर थापा र सहमहामन्त्रि बद्रि प्रशाद पाण्डे बिचको प्रतिसपर्धा निकै रोचक हुने देखिएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर