• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मधेशमा गठबन्धनको सिट बाँडफाँट जसपालाई आधा, बाँकी अरुलाई

खप्तड मालिका न्युज September 30, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुईवटा दलको दाबी छ र आपसमा सम्वाद गरेर सल्टाउने समझदारी भएको छ ।

प्रदेशसभाको सिट बाँडफाँटका लागि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले क्षेत्रगत प्रस्ताव ल्याएका छन् । त्यसमा छलफल चलिरहेको एक सदस्यले बताए । अहिलेसम्मको छलफल हेर्दा देशभरमा मोटामोटी आधा सिट कांग्रेसले लिएर बाँकी अरु दलले बाँड्ने जस्तो देखिएको छ । मधेश प्रदेशमा भने आधा सिट जनता समाजवादी पार्टी ९जसपाले पाउने र बाँकी अरु दलले बाँड्ने देखिएको छ ।

मधेश प्रदेशको ८ जिल्लामा हरेक जिल्लामा ४ अर्थात कुल ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । कार्यदलका एक सदस्यका अनुसार बारा क्षेत्र नम्बर १ कांग्रेसले पाउने भएको छ भने २ र ३ जसपाले लिनेछ । बारा ४ एकीकृत समाजवादीले पाउने छ । तनहुँ १ वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छाडेका एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसानका लागि कांग्रेसले यो क्षेत्र छाडेको हो । पर्सा १ र २ जसपाको भागमा पर्ने निश्चितजस्तै छ । कांग्रेसले ४ पाएको छ । पर्सा ३ मा भने कांग्रेस र जसपा दुबैको दाबी छ ।

रौतहट १ एकीकृत समाजवादीले लिने छ । यहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार बन्ने निश्चितजस्तै छ । रौतहट २ र ४ कांग्रेसले लिने भएको छ । रौतहट ३ मा सुरुमा माओवादी केन्द्रको दाबी थियो । तर अब जसपाले लिने सम्भावना बढेको कार्यदलका एक सदस्य बताउँछन् । सर्लाही १ जसपाले लिएको छ भने २ पनि उसले पाउने सम्भावना छ । यद्यपि यो क्षेत्रमा माओवादी केन्द्रको पनि दाबी छ । सर्लाही–३ माओवादीले लिने छ भने ४ कांग्रेसको भागमा परेको छ ।

महोत्तरीको १ माओवादी २, कांग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ र ४ जसपाले लिने लगभग सहमति जुटेको कार्यदलका एक सदस्य बताउँछन् । धनुषाको १ माओवादीले पाउने छ भने ४ कांग्रेसले । जसपाले २ र ३ मा दाबी गरेको छ । २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रको पनि दाबी छ । सिरहा १ कांग्रेसले लिनेछ भने ४ मा जसपाको दावी छ । सिरहाकै निर्वाचन क्षेत्र नम्बर २ र ३ मा जसपासँगै अरु दलको पनि दाबी छ । कार्यदलका एक सदस्य भन्छन्, ‘सिरहा २ बारे कांग्रेस र जसपाबीच र ३ मा जसपा र माओवादीबीच सहमति खोज्ने समझदारी भएको छ ।’

सप्तरी क्षेत्र नम्बर १ जसपा र ४ कांग्रेसले लिने सहमति भएको छ । २ जसपा अध्यक्ष उपेन्द्र यादवको क्षेत्र हो । यहाँ कांग्रेसले पनि दाबी गरेको छ भने क्षेत्र नम्बर ३ मा कांग्रेस र जसपा दुबैको दाबी छ । एक नेता भन्छन्, ‘सप्तरीको ४ क्षेत्रमध्ये कांग्रेसले २ र जसपाले २ लिने सम्भावना छ ।’

यसरी हेर्दा मधेश प्रदेशका ३२ मध्ये १४र१५ सिट जसपाले पाउनेछ भने बाँकी १६र१७ सिट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाउनेछन् । यसमा माओवादीको ३ र एकीकृत समाजवादीको २ सिट निश्चित भएको छ भने अरु कांग्रेसले पाउने देखिएको कार्यदलका सदस्यहरु बताउँछन् । प्रतिनिधिसभामा आधा सिट पाएको जसपाले प्रदेशमा पनि त्यही हाराहारी पाउने देखिएको छ । कार्यदलका एक सदस्यका अनुसार प्रदेशसभाको ६४ सिटमध्ये ३०र३२ सिट जसपाले पाउने सम्भावना छ भने बाँकी अरु दलहरुले लिने छन् । कांग्रेसले २१र२२, एकीकृत समाजवादीले ८ र माओवादी केन्द्रले जम्मा ४ सिट पाउने सक्ने भन्दै कार्यदलका एक सदस्य भन्छन्, ‘अहिले हामी छलफलमै भएकाले एकाध सिट तलमाथि र साटफेर हुनसक्छ ।’

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑