
मिन बहादुर खड्का बाजुरा – पौरखि बिकास सञ्चार सहकारी संस्था लिमिटेडद्वारा संचालित बाजुरामा रहेको रेडियो पांैरखी आजबाट ११ औँ वर्षमा प्रवेश गरेको छ । बाजुराका बडीमालिका नगरपालिका – ८ मार्तडीबाट प्रशारण भइरहेको रेडियो पौरखी ९० दशमदव ४ मेगाहर्जले सफलतापूर्वक १० वर्ष पूरा गरेर ११ औं वर्षमा प्रवेश गरेको हो ।
२०६९ साल असोज १३ गतेकोे दिनदेखि परीक्षण प्रशारण थालेको रेडियो पौंरखीले नागरिकका हरेक क्षेत्रको विषयमा आवाज उठाउँदै आएको छ । बिहान ५ बजेदेखि रातको १० बजेसम्म १७ घण्टा प्रसारण हुँदै आएको रेडियोले समुदायमा भएका गतिविधिलाई नजिकबाट नियाल्दै आफ्ना सेवा प्रशारण गर्दै आएको छ । आफ्नो स्थापना दिवसको अवसरमा आज बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
स्थापनाका १० वर्ष पुरा गरेको अवसरमा रेडियोले आफ्नो स्थापना दिवस मनाएको हो । स्थानीय दिवसको अवसरमा विरामीलाई फलफूल वितरण, कर्मचारीलाई सम्मान र औपचारिक कार्यक्रम गरि मनाएको स्टेशन म्यानेजर रामबहादुर दानीले बताएका छन् ।विहान बाजुरा जिल्ला अस्पतालमा उपचारार्थ विरामीलाई फलफूल वितरण गरेको छ । सञ्चालक समिति अध्यक्ष रामचन्द्र यादव, बडीमालिका ४ का अध्यक्ष अर्जुन नाथ सहीतको उपस्थितिमा विरामीलाई फलफूल वितरण गरेको हो । त्यसैगरी दिउसो एक औपचारिक कार्यक्रम गरेर बडिमालिकाको सभाहलमा कार्यक्रम गरिएको थियो ।

स्थापना दिवसकै अवसरमा रेडियो स्थापना कालदेखि कार्यरत कर्मचारी र हाल काम गरिरहेका कर्मचारीलाई बिगतका दिनहरुमारेडियोको स्तउन्नतिका लागीपुर्याएको योगदान गर्दै सम्मान र हौसला स्वरुप सम्मान गरिएको रेडियो सञ्चालक समिति अध्यक्ष रामचन्द्र यादवले बताए। १८ घण्टा सञ्चालनमा रहेको रेडियो पौरखीले आफ्नो १० वर्षे यात्राको समीक्षा र शुभकामना आदान प्रदान समेत गरेको छ । बाजुराली जनताको आवाज बोल्न रेडियोले खेलेको भूमिका उच्च रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन रेडियाका स्टेशन म्यानेजर रामबहादुर दानीले गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख तुल्सीराम रोकाया प्रमुख अतिथि रहेको कार्यक्रममा बडीमालिका नगरपालिकाका पूर्व प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, प्रमुख प्रशाकीय अधिकृृत रंगमल विक र पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रकाश सिंहलाई समेत सम्मान गरेको छ ।।कार्यक्रममा बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापा, नेकपा एमाले नेता तुलाराम जैशी, काँग्रेस नगर सभापति गोपाल कार्की, बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, ८ नम्बर वडाका अध्यक्ष चन्द्र थापा, पत्रकार प्रकाश सिंह सहीतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले रेडियो पौरखीको थप सफल्ताको शुधकामना व्यक्त गर्दै आगामी दिनहरुमा समुदायको बिश्वमासिलो पात्र बन्ने अठोटका साथ अगाडी बढ्न सुझाव दिएका थिए । सवैको साझा आवाज बन्न सकेमा मात्र सवैको बिश्वास जित्न नसकिने बताउृनुहुँदै कार्यक्रममा बोल्ने प्रमुख अथिति बिशिष्ट अथिति अथिति लmगायतले सत्य सचना र समाचार समप्रेशन गर्नुपर्ने कुरामा जोड दिएका थिए । कसैको व्यक्तिगत आवेग र राजनिति प्रतिसोधको भावना राखेर कसैलाई माथि उठाउने गरी र कसैको चरित्र हत्या हुने गरि समाचार समप्रेशन गर्ने संचार माध्यम हास् की संचारकर्मी हो त्यो समुदायको बिश्वासको पात्र बन्न नसक्ने बक्ताहरुको भनाई रहेको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर