
धनगढी कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएका खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन्। जितसँगै कर्णाली प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। हिजो पहिलो दिनको उद्घाटन खेल रात परेपछि रोकिएकोमा आज खेलाईएको खेलमा कर्णाली प्रदेश विजयी भएको छ।

लगातारको वर्षाले धनगढी रंगशाला हिलाम्मे भएपछि मैदान परिर्वतन गर्दै फाप्ला मैदानमा भएको खेलमा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेश रातोलाई सडनडेथमा ५–४ ले हरायो। कर्णाली प्रदेशले फाईनल प्रवेशका लागि अब प्रदेश नम्बर १ र बागमती प्रदेश बीचको खेलको विजेतासँग खेल्नेछ।
आज नै भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई हराएको छ। लुम्बिनीले मधेश प्रदेशलाई ४–२ गोल अन्तरले हराएको हो। जितसँगै लुम्बिनी प्रदेश पनि सेमिफाइनल पुगेको छ। फाइनल पुग्नका लागि लुम्बिनी प्रदेशले गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश निलो बीच हुने खेलको विजेतासँग खेल्नेछ। प्रतियोगिता अन्तर्गत भोली सोमबार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश निलो बीच खेल हुनेछ।
पिएफए स्पोट्स क्लब अत्तरियाको आयोजनामा भईरहेको प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर