
नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलनको घोषणा गरेका छन्। टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको विरोधमा नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेताहरूले आन्दोलन घोषणा गरेका हुन्। आज ठमेलस्थित यात्री होटलमा बसेको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ।

पार्टीभित्र टिकटलगायतमा समान अवसर र दुख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग असन्तुष्ट पक्षको छ। नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरूराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बगजाईं लगायतले छलफल गरी टिकट वितरणमा गुटका आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने भन्दै खबरदारी गर्न लागेका छन्।
असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने उनीहरूको भनाइ छ। उनीहरूले चियापानका लागि भने शेखर कोइराला र कोइराला पक्षबाट जितेका पदाधिकारीलाई पनि बोलाउने निर्णय गरेका छन्।
‘असोज १४ गतेसम्म पनि समानुपातिक उम्मेदवार सूचीमा संशोधन गरेर शेखर(गगन पक्षका नेताहरूलाई पनि स्थान दिइएन भने बागी पछि प्रत्यक्षमा उम्मेदवारी दिने लगायत विषयमा छलफल हुन्छ,’ एक नेताले भने। समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर(गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर